Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

सहिदका कारण प्राप्त भएका उपलब्धिको सबैले रक्षा गरेर अघि बढ्नुपर्छ: मुख्यमन्त्री सिंह

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विभिन्न आन्दोलनको क्रममा बलिदानी दिएका सहिदका कारण प्राप्त भएका उपलब्धिको सबैले रक्षा गरेर अघि बढनुपर्ने बताएका छन् । 

सातौं बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय मातहतका मधेश सहिद प्रतिष्ठानले शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले देशमा संघीयतामा गएपनि धेरै जसो अधिकार प्राप्त नभएकै कारण प्रदेश सरकारले चाहेर पनि सहिद परिवारका लागि गर्नसक्ने धेरै जसो काम गर्न नसकेको बताए । 

सहिद प्रतिष्ठानको कामकाजबाट आफू पनि सन्तुष्ट नरहेको भन्दै मधेश सहिद प्रतिष्ठानलाई अधिकार सम्पन्न बनाउने बताए । उनले प्रदेश सरकारले सहिद परिवारको समुचित व्यवस्थापनका लागि एउटा रोड म्याप बनाएर कामकाज गर्न खोजेको भन्दै त्यसमा सहयोगका लागि आग्रह गरे । 

कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेशमा परिवर्तनपछि मधेशी नै शासक हुँदा पनि जनताले अनुभूति गर्न नसकेको भन्दै जनतालाई परिवर्तनको आभाष हुने किसिमले कामकाज गर्नका लागि प्रदेश सरकारसँग आग्रह गरे । उनले समाजमा व्याप्त रुपमा विकृति देखिन थालेको भन्दै समाजमा देखिएका विकृतिको अन्त्य भएमा मात्रै बलिदानी दिवसको सार्थकता हुने बताए । 

कार्यक्रममा मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेश सरकारले सहिद परिवारको लागि संचालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुनका लागि आग्रह गरे । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले सहिद परिवारको व्यवस्थापनको लागि प्रदेश सरकारले नीतिगत रुपमा व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

गृह मन्त्री लेखीकै अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्मा तिवारी, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, विभिन्न दलका प्रदेशसभा सदस्य, मुख्य न्यायाधीवक्ता सुरेन्द्र महतोले धारणा राखेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending