Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सहिदका कारण प्राप्त भएका उपलब्धिको सबैले रक्षा गरेर अघि बढ्नुपर्छ: मुख्यमन्त्री सिंह

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विभिन्न आन्दोलनको क्रममा बलिदानी दिएका सहिदका कारण प्राप्त भएका उपलब्धिको सबैले रक्षा गरेर अघि बढनुपर्ने बताएका छन् । 

सातौं बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय मातहतका मधेश सहिद प्रतिष्ठानले शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले देशमा संघीयतामा गएपनि धेरै जसो अधिकार प्राप्त नभएकै कारण प्रदेश सरकारले चाहेर पनि सहिद परिवारका लागि गर्नसक्ने धेरै जसो काम गर्न नसकेको बताए । 

सहिद प्रतिष्ठानको कामकाजबाट आफू पनि सन्तुष्ट नरहेको भन्दै मधेश सहिद प्रतिष्ठानलाई अधिकार सम्पन्न बनाउने बताए । उनले प्रदेश सरकारले सहिद परिवारको समुचित व्यवस्थापनका लागि एउटा रोड म्याप बनाएर कामकाज गर्न खोजेको भन्दै त्यसमा सहयोगका लागि आग्रह गरे । 

कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेशमा परिवर्तनपछि मधेशी नै शासक हुँदा पनि जनताले अनुभूति गर्न नसकेको भन्दै जनतालाई परिवर्तनको आभाष हुने किसिमले कामकाज गर्नका लागि प्रदेश सरकारसँग आग्रह गरे । उनले समाजमा व्याप्त रुपमा विकृति देखिन थालेको भन्दै समाजमा देखिएका विकृतिको अन्त्य भएमा मात्रै बलिदानी दिवसको सार्थकता हुने बताए । 

कार्यक्रममा मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेश सरकारले सहिद परिवारको लागि संचालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुनका लागि आग्रह गरे । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले सहिद परिवारको व्यवस्थापनको लागि प्रदेश सरकारले नीतिगत रुपमा व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

गृह मन्त्री लेखीकै अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्मा तिवारी, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, विभिन्न दलका प्रदेशसभा सदस्य, मुख्य न्यायाधीवक्ता सुरेन्द्र महतोले धारणा राखेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending