झापा । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा (रोमा) तिवारीको हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। हत्या आरोपमा भारतको अररिया घर भई दमकमा बस्दै आएका ३४ वर्षीय रमेशकुमार पण्डित पक्राउ परेका हुन्।
झापा प्रहरीले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार १३ जेठको राति भेटघाटका क्रममा भएको विवादपछि पण्डितले तिवारीको हत्या गरेको आरोप छ। उनलाई बिहीबार दमक नगरपालिका–५ स्थित डेराबाट पक्राउ गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सुमन बानियाँ का अनुसार पक्राउ परेका पण्डितमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार पण्डित दमक क्षेत्रमा टायल्स तथा मार्बल जडानको ठेक्कापट्टा व्यवसायमा संलग्न थिए। अनुसन्धानबाट मृतक र आरोपीबीच पहिलेदेखि चिनजान रहेको तथा घटनाको राति उनीहरूबीच भेटघाट भएको खुलेको छ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार हत्या आरोपीको डेरा नजिकै भएको थियो। घटनापछि शवलाई बोरामा प्याक गरी भारतीय नम्बर प्लेटको मोटरसाइकलमार्फत दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रको पुलमुनि लगेर फालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
१३ जेठमा फालिएको शव १६ जेठमा स्थानीयवासीले रतुवा खोलाको पुलमुनि देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले घटनास्थल, सीसीटीभी फुटेज तथा अन्य प्राविधिक प्रमाणको आधारमा अनुसन्धान अगाडि बढाएको थियो।
सुरुआती अनुसन्धानमा मृतकका आफन्तले उनलाई भेट्न बोलाइएको बताएका थिए। यस आधारमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान विस्तार गरेको थियो। पछि प्राप्त प्रमाणका आधारमा अनुसन्धान रमेशकुमार पण्डिततर्फ केन्द्रित भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको अनुसन्धान हरिबहादुर बस्नेत नेतृत्वको टोलीले गरेको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - २१:३०
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका ९४३ जना ऋणीको नामावली सा...
जेष्ठ २२ गते, २०८३ - २०:१६
बुटवल । नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशका विभिन्न स्थानमा भइरहेको जबरजस्ती बस्ती हटाउने अभियान तत्काल रोक्न सरकारल...
जेष्ठ २२ गते, २०८३ - २०:१३
काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स ले वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक १३ ...
जेष्ठ २२ गते, २०८३ - २०:०९
काठमाडौं । एनआई सी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत झापा र बाराका एक आश्रम तथा दुई विद्यालयलाई विभिन्न सहयोग ...
जेष्ठ २२ गते, २०८३ - २०:०२
काठमाडौँ । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका साथ प्राधिकरण स्थापना गर्न लागिएको स्पष्ट पारेको छ । आ...
जेष्ठ २२ गते, २०८३ - २०:००
काठमाडौं । काठमाडौं महानगरपालिका वडा–४ स्तरीय दौड प्रतियोगिताको पाँचौँ संस्करण शनिबार हुने भएको छ । प्रतियोगितामा चार सय बढीले प्रतिस्पर्धा गर्ने आयो...
जेष्ठ २२ गते, २०८३ - १९:५४
झापा । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा (रोमा) तिवारीको हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। हत्या आरोपमा भारतको अररिया...
जेष्ठ २२ गते, २०८३ - १९:३७
गुल्मी। गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार उनी चढेको गाडी दुर्घटनामा परेको हो । ...
जेष्ठ २२ गते, २०८३ - १९:३२
काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएसँगै उनको राजनीतिक भविष्य र पुनः सरकारमा फर्किने सम्भावनाबारे च...
जेष्ठ २२ गते, २०८३ - १९:२८
काठमाडौं । धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं बीच नयाँ राजनीतिक दल गठन गर्ने सहमति भएको छ। शुक्रबार दुवै पक्षले ११ बुँदे...



प्रतिकृया लेख्नुहोस्: