ओखलढुंगा । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनाले वातावरणीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरेको बजेटको पारदर्शितामाथि प्रश्न उठेको छ। प्रभावित क्षेत्रका स्थानीयवासीले आयोजनाबाट वातावरणीय तथा भौतिक क्षति पुगेको गुनासो गर्दै आएपछि खिजीदेम्बा गाउँपालिकाले खर्च विवरण माग गरेको हो।
गाउँपालिकाले २०८३ जेठ ५ गते आयोजनासँग वातावरणीय प्रभाव न्यूनीकरण तथा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत खर्च गरिएको रकमको विवरण माग गरेको थियो। त्यसको जवाफमा आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रीधर खनालले जेठ ७ गते खर्च विवरण गाउँपालिकामा बुझाएका थिए।
प्राप्त विवरणअनुसार विभिन्न योजनाका लागि उपभोक्ता समिति तथा व्यक्ति विशेषका नाममा सिधै भुक्तानी गरिएको देखिएको छ। स्थानीय सरोकारवालाले सार्वजनिक हितका बजेटहरू स्वीकृत कार्यविधि र उपभोक्ता समितिको बैंक खातामार्फत खर्च हुनुपर्नेमा व्यक्ति विशेषलाई सिधै रकम उपलब्ध गराइएको भन्दै प्रश्न उठाएका छन्।
विवरणअनुसार वडा नम्बर १ मा इलामधारा महादेव मन्दिर निर्माणका लागि सरोजकुमार सुनुवारको नाममा ६ लाख ४० हजार रुपैयाँ भुक्तानी गरिएको छ। त्यस्तै, खानेपानी पाइप खरिद, एम्बुलेन्स व्यवस्थापन, घाट निर्माण, पर्खाल मर्मत तथा अन्य पूर्वाधार निर्माणका शीर्षकमा विभिन्न व्यक्तिका नाममा रकम निकासा भएको उल्लेख छ।
वडा नम्बर ३ मा खेल मैदान निर्माणका लागि विभिन्न चरणमा ठूलो रकम खर्च गरिएको विवरणमा उल्लेख छ। खेल मैदान निर्माण तथा स्तरोन्नतिका लागि मात्रै ३६ लाख रुपैयाँभन्दा बढी रकम खर्च भएको देखिन्छ। यस्तै, सार्वजनिक सभाहल, फुटपाथ तथा अन्य संरचना निर्माणका लागि पनि विभिन्न व्यक्तिका नाममा भुक्तानी गरिएको छ।
स्थानीयवासीले भने आयोजनाबाट प्रभावित क्षेत्रका खानेपानीका मुहान सुकेको, सुरुङ निर्माणका क्रममा भएका विस्फोटका कारण घरहरू चर्किएको तथा सडक पूर्वाधारमा क्षति पुगेको गुनासो गर्दै आएका छन्। उनीहरूका अनुसार प्रभावित क्षेत्रका आधारभूत समस्या समाधानभन्दा अन्य शीर्षकमा बजेट खर्च गरिएको छ।
विवरणमा स्वागत गेट निर्माणका लागि २ लाख ४१ हजार रुपैयाँ तथा गेटको डिजाइन तयार गर्न १ लाख २५ हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ। त्यस्तै, केही विद्यालयका शिक्षकको तलबका लागि समेत वातावरणीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत रकम उपलब्ध गराइएको देखिन्छ।
आयोजनाले भने स्थानीय हितका विभिन्न कार्यक्रममार्फत २ करोड ५१ लाख ६३ हजार रुपैयाँ खर्च गरिएको र आफ्नो दायित्व पूरा भएको जनाएको छ। कम्पनीले प्रभावित व्यक्ति तथा समुदायलाई क्षतिपूर्ति वितरण गरिसकिएको दाबी गरेको छ।
यता, खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले स्थानीयवासीबाट निरन्तर गुनासो आएपछि गाउँपालिकाले आयोजना र प्रभावित पक्षबीच छलफल गराउन खोजेको बताए। उनका अनुसार गाउँपालिकाको पहलमा आयोजित छलफलमा स्थानीय सहभागी भए पनि आयोजनाको प्रतिनिधि उपस्थित नभएको दाबी गरिएको छ।
स्थानीयवासीले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अन्तर्गत विनियोजित बजेटको खर्च प्रक्रिया र प्रभावकारिताबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - २२:००
रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकको खोलाले बगाएर मृत्यु भएको छ। बृद्धि विकास माध्यमिक विद्या...
जेष्ठ २२ गते, २०८३ - २१:३६
ओखलढुंगा । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनाले वातावरणीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरेको बजेटको पारदर्शितामाथि प्रश्न उठेको छ...
जेष्ठ २२ गते, २०८३ - २१:३०
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका ९४३ जना ऋणीको नामावली सा...
जेष्ठ २२ गते, २०८३ - २०:१६
बुटवल । नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशका विभिन्न स्थानमा भइरहेको जबरजस्ती बस्ती हटाउने अभियान तत्काल रोक्न सरकारल...
जेष्ठ २२ गते, २०८३ - २०:१३
काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स ले वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक १३ ...
जेष्ठ २२ गते, २०८३ - २०:०९
काठमाडौं । एनआई सी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत झापा र बाराका एक आश्रम तथा दुई विद्यालयलाई विभिन्न सहयोग ...
जेष्ठ २२ गते, २०८३ - २०:०२
काठमाडौँ । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका साथ प्राधिकरण स्थापना गर्न लागिएको स्पष्ट पारेको छ । आ...
जेष्ठ २२ गते, २०८३ - २०:००
काठमाडौं । काठमाडौं महानगरपालिका वडा–४ स्तरीय दौड प्रतियोगिताको पाँचौँ संस्करण शनिबार हुने भएको छ । प्रतियोगितामा चार सय बढीले प्रतिस्पर्धा गर्ने आयो...
जेष्ठ २२ गते, २०८३ - १९:५४
झापा । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा (रोमा) तिवारीको हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। हत्या आरोपमा भारतको अररिया...
जेष्ठ २२ गते, २०८३ - १९:३७
गुल्मी। गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार उनी चढेको गाडी दुर्घटनामा परेको हो । ...



प्रतिकृया लेख्नुहोस्: