Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

देशभरका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । देशभरका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक, म्याग्दी, धादिङ, चितवन लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । 

जसमा प्रहरीका अनुसार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ थुमपाखरस्थित सडकमा मधेस प्र.०३. ००२ ख ०५३४ नम्बरको ट्रकले बा.प्र.०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकल र बा.प्र ०२–०४८ प ७५३९ नम्बरको स्कुटरलाई शुक्रवार दिउँसो ठक्कर दिँदा बा.प्र.०२–०३३प.७३०६ नम्बरको मोटरसाइकलका चालक लिसंखुपार गाउँपालिका–७ डाडाँपाखर बस्ने ३७ वर्षीय दावा छिरिङ लामाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जना सिन्धु सदाबहार खाडिचौरमा उपचार पश्चात् डिस्चार्ज भएका छन् ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै म्याग्दीको बेनी नगरपालिका–६ जरबुट्टास्थित सडकमा बेनीबाट जरबुट्टातर्फ जाँदै गरेको ग.१ ज ५९९१ नम्बरको बोलेरो जिप गएराति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

उता धादिङको थाक्रे गाउँपालिका–८ चारकिलास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय साईबाबा सामुदायिक अस्पताल धार्के हुँदै ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै नवलपरासी पूर्वको कावासोती नगरपालिका–३ सभापतिचोकस्थित सडकमा दिल्लीदेखि काठमाडौँतर्फ आउँदै गरेको लु.२ ख ६८३३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय मानबहादुर सुनारको शुक्रवार बेलुकी मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिवनसिटी अस्पताल हुँदै नयाँ मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी नवलपरासी पूर्व, गैँडाकोट नगरपालिका ५ चाँदनी चोकस्थित सडकमा बा.१५ च ९१४ नम्बरको स्कार्पियोले ना.३२ प ४३८६ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा स्कार्पियोमा सवार मध्यबिन्दु नगरपालिका–१२ नवलपुर बस्ने २१ वर्षीया प्रिति ग्रन्जा मगरको मृत्यु भएको छ । शुक्रवार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुर चितवन हुँदै ग्राण्डी अस्पताल काठमाडौंमा थप उपचारको क्रममा शनिवार दिउँसो मृत्यु भएको हो । 

साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देही तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोलस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु. १४ प ८४३९ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रवार राति दुर्घटना हुँदा स्कुटरमा सवार भारत पश्चिम चम्पारण बिहार घर भई रुपन्देही बुटवल उपमहानगरपालिका-११ देविनगर बस्ने १८ वर्षीय रन्जितकुमार दास र २५ वर्षीय किसानकुमार दासको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका रन्जित कुमार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शुक्रवार राति मृत्यु भएको हो भने किसान कुमारको उपचारको क्रममा शनिवार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

यसैगरी रुपन्देही, बुटवल उपमहानगरपालिका-२ मनकामना मन्दिरस्थित सडकमा प्रदेश ३–०२–०१४ प २१९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिवार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हाल नाम, थर, वतन नखुलेको अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै स्याङ्जाको आँधीखोला गाउँपालिका–५ कृषिस्थित सडकमा कृषिबाट ओहियातर्फ जाँदै गरेको ग.१ क ५१३९ नम्बरको टिपर शुक्रवार राति दुर्घटना हुँदा चालक पर्वत कुश्मा नगरपालिका–१४ बस्ने ३७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

त्यस्तै बाँकेका राप्ती सोनारी गाउँपालिका-२ टिक्लीपुरको ओरालोस्थित सडकमा हरिहरपुरबाट टिक्लीपुरतर्फ जाँदै गरेको भे.१२ प २६२० नम्बरको मोटरसाइकल शनिवार बिहान दुर्घटना हुँदा चालक राप्तीसोनारी गाउँपालिका–८ धरमोती बस्ने २९ वर्षीय सुरज थारू र मोटरसाइकलमा सवार सोही गाउँपालिका–२ राजपुर बस्ने ४० वर्षीया सिताकुमारी  थारूको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुर हुँदै नर्सिङहोम नेपालगन्ज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE