नवलपुर । पछिल्लो समय नवलपुरको पहाडी क्षेत्रका किसानको जीविकोपार्जनको गतिलो माध्यम सुन्तला खेती बनेको छ । जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ ।
सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । यस वर्ष सुन्तलाको उत्पादन बढेसँगै आम्दानी राम्रो भएको छ । जिल्लामा १० दशमलव ४ प्रतिशतले एक हजार ४१४ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।
जिल्लामा यस वर्ष आठ करोड ९० लाख बढी मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । यहाँका सुन्तला खेती गर्ने किसानले यस वर्ष ८ करोड ९० लाख ४० हजार रुपियाँ बराबरको सुन्तला बिक्री गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ नवलपुरका प्रमुख सुनिलकुमार सिंहले बताए ।
प्रमुख सिंहका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ७.८६ प्रतिशत उत्पादन वृद्धि भइ त्यसबाट एक हजार ३४६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जसबाट आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला बिक्री गरेको उनले बताए ।
पहिले सामान्य रुपमा सुन्तला लगाउने किसानले जिल्लामा सुन्तला जोन कार्यक्रमपछि सरकारबाट विभिन्नखालका प्राविधिक सहयोग र अनुदान प्राप्त गरेपछि यसतर्फ आकर्षण बढ्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत तथा सूचना अधिकारी रणबहादुर महतोले बताए ।
उनले भने, “हरेक वर्ष सुन्तला उत्पादन बढ्दै गएको छ, नयाँ बोटले पनि फल दिन थालेको छ, किसानले सुन्तला बगैँचा व्यवस्थापनमा ध्यान दिन थालेपछि राम्रो फल्न थालेको छ ।” नवलपुरको बौदिकाली, बुलिङटार, गैँडाकोटको पहाडी क्षेत्रमा सुन्तला खेती लगाउने किसानको संख्या धेरै रहेको छ ।
नवलपुरमा हाल ८५३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । जिल्लामा उत्पादन भएको सुन्तलाको बजारीकरण ठूला शहर हुनेगरेको छ । स्थानीय बजारसहित नारायणगढ, काठमाडौंंमा जिल्लाबाट उत्पादन भएको सुन्तला खपत हुँदैआएको उनको भनाइ छ ।
जिल्लाको केही भागमा उत्पादकत्वमा कमी आएको उनले बताए । सुन्तला जोन कार्यक्रम सुरु भएको ६ वर्ष भएको भए पनि विगत तीन वर्ष अघिबाट मात्र जिल्लाको धौबादी, काफलडाँडा, छरछरे, रामकोट, देउरालीलगायत ठाउँमा सुन्तला जोन लागु भएको थियो ।
पहाडी क्षेत्रअन्र्तगत बौदिकाली –५, बबक सुन्तला उत्पादनका लागि प्रख्यात क्षेत्र मानिन्छ । यहाँका करिब सबैजसो स्थानीय कृषक सुन्तला खेतीमा लागेका छन् । अहिले समय राम्रो हुँदा उत्पादन राम्रो भएको र आम्दानी समेत बढेको गेसबहादुर रानाले बताए ।
जिल्लामा उत्पादित ३८१ मेट्रिक टन सुन्तला जिल्लाभित्र खपत भएको साथै ८९० मेट्रिक टन सुन्तला जिल्ला बाहिर निर्यात भएको रानाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: