Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

नवलपुरकाे पहाडी क्षेत्रमा आठ करोडबढीकाे सुन्तला उत्पादन

खबरडबली संवाददाता

नवलपुर । पछिल्लो समय नवलपुरको पहाडी क्षेत्रका किसानको जीविकोपार्जनको गतिलो माध्यम सुन्तला खेती बनेको छ । जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । 

सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । यस वर्ष सुन्तलाको उत्पादन बढेसँगै आम्दानी राम्रो भएको छ । जिल्लामा १० दशमलव ४ प्रतिशतले एक हजार ४१४ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । 

जिल्लामा यस वर्ष आठ करोड ९० लाख बढी मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । यहाँका सुन्तला खेती गर्ने किसानले यस वर्ष ८ करोड ९० लाख ४० हजार रुपियाँ बराबरको सुन्तला बिक्री गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ नवलपुरका प्रमुख सुनिलकुमार सिंहले बताए । 

प्रमुख सिंहका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ७.८६ प्रतिशत उत्पादन वृद्धि भइ त्यसबाट एक हजार ३४६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जसबाट आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला बिक्री गरेको उनले बताए । 

पहिले सामान्य रुपमा सुन्तला लगाउने किसानले जिल्लामा सुन्तला जोन कार्यक्रमपछि सरकारबाट विभिन्नखालका प्राविधिक सहयोग र अनुदान प्राप्त गरेपछि यसतर्फ आकर्षण बढ्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत तथा सूचना अधिकारी रणबहादुर महतोले बताए ।

उनले भने, “हरेक वर्ष सुन्तला उत्पादन बढ्दै गएको छ, नयाँ बोटले पनि फल दिन थालेको छ, किसानले सुन्तला बगैँचा व्यवस्थापनमा ध्यान दिन थालेपछि राम्रो फल्न थालेको छ ।” नवलपुरको बौदिकाली, बुलिङटार, गैँडाकोटको पहाडी क्षेत्रमा सुन्तला खेती लगाउने किसानको संख्या धेरै रहेको छ ।

नवलपुरमा हाल ८५३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । जिल्लामा उत्पादन भएको सुन्तलाको बजारीकरण ठूला शहर हुनेगरेको छ । स्थानीय बजारसहित नारायणगढ, काठमाडौंंमा जिल्लाबाट उत्पादन भएको सुन्तला खपत हुँदैआएको उनको भनाइ छ । 

जिल्लाको केही भागमा उत्पादकत्वमा कमी आएको उनले बताए । सुन्तला जोन कार्यक्रम सुरु भएको ६ वर्ष भएको भए पनि विगत तीन वर्ष अघिबाट मात्र जिल्लाको धौबादी, काफलडाँडा, छरछरे, रामकोट, देउरालीलगायत ठाउँमा सुन्तला जोन लागु भएको थियो । 

पहाडी क्षेत्रअन्र्तगत बौदिकाली –५, बबक सुन्तला उत्पादनका लागि प्रख्यात क्षेत्र मानिन्छ । यहाँका करिब सबैजसो स्थानीय कृषक सुन्तला खेतीमा लागेका छन् । अहिले समय राम्रो हुँदा उत्पादन राम्रो भएको र आम्दानी समेत बढेको गेसबहादुर रानाले बताए । 

जिल्लामा उत्पादित ३८१ मेट्रिक टन सुन्तला जिल्लाभित्र खपत भएको साथै ८९० मेट्रिक टन सुन्तला जिल्ला बाहिर निर्यात भएको रानाले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE