काठमाडौं । सुन्धाराको कडा सुरक्षा घेराभित्र रहेको केन्द्रीय कारागारबाट भाग्दा सपना तामाङले सायद सोचेकी थिइन् । अब प्रहरीलाई धेरै दिन छक्याउन सकिन्छ । तर जेलको पर्खाल नाघेर सुरु भएको उनको ‘भागमभाग कथा’ ४८ घण्टा नबित्दै असनको एउटा कोठामा पुगेर टुंगियो ।
प्रहरीले आइतबार राति काठमाडौंको भीडभाडयुक्त असन क्षेत्रबाट सपनालाई पक्राउ गर्यो । उनी त्यहाँ आफ्ना केटा साथी समीर श्रेष्ठको घरमा लुकेर बसेकी थिइन् । प्रहरीका अनुसार समीरले उनलाई भाग्न, लुक्न र व्यवस्थापन गर्न सहयोग गरेका थिए । अहिले उनी पनि प्रहरी नियन्त्रणमै छन् ।
२५ वर्षीया सपना तामाङ कुनै सामान्य अभियुक्त होइनन् । नुवाकोट विदुरकी उनी अपहरण, शरीर बन्धक, डाँका चोरी र कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय काटिरहेकी कैदी हुन् ।
प्रहरी फाइलअनुसार उनको अपराध यात्रा सामान्य चोरीबाट सुरु भएको थियो । तर पछि सुनको टपको लोभमा एक बालिकाको अपहरण, लुटपाट र हत्या भएपछि उनी चर्चामा आएकी थिइन् । रसुवा जिल्ला अदालतले त्यसपछि उनलाई जन्मकैदको फैसला सुनाएको थियो ।
तर जेलभित्र बसिरहनुभन्दा भाग्ने योजना बनाउन उनी बढी माहिर देखिइन् । यो पहिलो पटक होइन, उनी यसअघि पनि जेलबाट भागेकी थिइन् । भदौ २४ गतेको जेन्जी आन्दोलनको अव्यवस्थाबीच उनी जेलबाट उम्किएकी थिइन् । त्यसबेला पनि केही समयपछि रसुवाबाट पक्राउ परेकी थिइन् ।
यसपटक भने कथा अझ रोचक बन्यो । सेन्ट्रल जेलको पर्खाल पार गरेर भागेकी महिला अन्ततः प्रेमीकै घरमा लुकेको अवस्थामा फेला परिन् । घटनापछि केन्द्रीय कारागारको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ । आखिर जन्मकैद सजाय काटिरहेकी कैदी पटक–पटक कसरी भाग्छिन् ? जेल कमजोर हो कि भाग्ने योजना बलियो ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - ०८:२९
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...
जेष्ठ ४ गते, २०८३ - ०८:२६
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्यो । सूचना टाँसिए...
जेष्ठ ४ गते, २०८३ - ०८:२३
काठमाडौं । सुन्धाराको कडा सुरक्षा घेराभित्र रहेको केन्द्रीय कारागारबाट भाग्दा सपना तामाङले सायद सोचेकी थिइन् । अब प्रहरीलाई धेरै दिन छक्याउन सकिन्छ । ...
जेष्ठ ४ गते, २०८३ - ०८:०९
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
जेष्ठ ४ गते, २०८३ - ०८:०८
खोटाङ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको व...
जेष्ठ ४ गते, २०८३ - ०७:५९
वासिङ्टन डिसी । युद्ध अन्त्य गर्ने विषयमा भइरहेको वार्ता अवरुद्ध भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै समय घर्किँदै गएको बता...
जेष्ठ ४ गते, २०८३ - ०७:५३
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छ...
जेष्ठ ४ गते, २०८३ - ०७:५२
काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरस्थित रुद्रवेणी–पुर्तिघाट सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति करि...
जेष्ठ ४ गते, २०८३ - ०७:५०
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। एमाले केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार शनिबार दिउँसो बस्ने भनिएको बैठक नेताहरूको...
जेष्ठ ४ गते, २०८३ - ०७:४८
काठमाडौं । लागुऔषध खैरो हेरोइनजस्तो देखिने १२ दशमलव ६४ ग्राम पदार्थसहित सात जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सोल...



प्रतिकृया लेख्नुहोस्: