वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भवन निर्माण गर्दा लागत खर्च सस्तो खोजेर निर्माण मापदण्ड कार्यान्वयन नगर्दा भूकम्पीय जोखिम दिन प्रतिदिन बढ्दै गएको बताएका छन् ।
२७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा वीरगञ्जमा आयोजित अन्तरसंवाद कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले भवन निर्माण मापदण्डको प्रभावकारी कार्यान्वयन गर्नुभन्दा पनि लागत खर्च सस्तो खोजेर भवन निर्माण गर्ने गर्दा पनि भूकम्पीय जोखिम हुने गरेको बताएका हुन् ।
विपद् आउने समयमा पनि सावधानी नपाउने नेपाली समाजको प्रवृत्ति रहेको बताउँदै उनले राहत तथा उद्धारका लागि कानुनी प्रक्रिया लामो रहेको बताए । त्यस्तै, भौगोलिक कठिनाइ, नागरिकको चेतनामा कमी तथा अन्य विविध कारणले पनि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चुनौती रहेको प्रजिअ अर्यालले बताए ।
कार्यक्रममा सहभागी अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुले स्थानीय तहको उदासिनताका कारण विपद जोखिम न्यूनीकरण प्रभावकारी नभएको आरोप लगाएका छन् । विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहको सरकारको भूमिका प्रभावकारी नदेखिएको आरोप सहभागी सरोकारवालाले लगाएका छन् ।
विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, सावधानी, राहत उद्धारमा स्थानीय तहको सरकारले देखाउनुपर्ने सक्रियता नदेखिने, सक्रियता निकै कम हुनेजस्ता कारणले जनधनको क्षति हुने गरेको वक्ताहरुले गुनासो गरेका छन् ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान सिंह, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, सरकारी कार्यालयका प्रमुखहरु, पालिका प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: