Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार, अत्याधुनिक अन्तरिक्ष प्रविधिका लागि प्योङयाङले रुससँग सहकार्य गरेको ब्लिन्केनको भनाइ

खबरडबली संवाददाता

सियोल । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा रहेकै समय उत्तर कोरियाले सोमबार क्षेप्यास्त्र परीक्षण गरेको छ । क्षेप्यास्त्र परीक्षणपछि उनले प्योङयाङले अत्याधुनिक अन्तरिक्ष प्रविधिका लागि रुससँग अझ नजिकबाट काम गरिरहेको बताए । 

दक्षिण कोरियाले ‘मार्शल ल’ लागू गर्ने असफल प्रयासको लागि महाभियोग लगाइएपछि आफ्नो निवासमा थुनिएका कन्जरभेटिभ राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्ने प्रयास गरिरहेका बेला ब्लिन्केनको भ्रमण भएको हो । दक्षिण कोरियालाई जापानसँग सहयोग बढाउने युनको नीतिलाई कायम राख्न प्रोत्साहित गर्ने योजना बनाएका ब्लिन्केन सियोलमा वार्तामा रहेकै समय उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको र उक्त क्षेप्यास्त्र समुद्रमा खसेको थियो । 

सोमबार प्रहरा गरिएको क्षेप्यास्त्र करिब एक हजार १०० किलोमिटर (६८० माइल) सम्म उडेको दक्षिण कोरियाली सेनाले जनाएको छ । ब्लिन्केनले उत्तर कोरियाबारे त्रिपक्षीय अभ्यास र गुप्तचर आदानप्रदानमा वृद्धि भएको तर्फ सङ्केत गर्दै भने, “आजको प्रक्षेपणले हामी सबैलाई हाम्रो सहयोगात्मक कार्य कत्तिको महत्वपूर्ण छ भन्ने कुराको स्मरण गराएको छ ।” ब्लिन्केन र उनका दक्षिण कोरियाली समकक्षी चो ताइ–युलले संयुक्त पत्रकार सम्मेलनमा उत्तर कोरियालाई युक्रेनविरुद्ध लड्न सहयोग गरेबापत रुसले उत्तर कोरियालाई सहयोग गरेको बताए । 

ब्लिन्केनले भने, “उत्तर कोरियाले रूसी सैन्य उपकरणमा तालिम प्राप्त गरिसकेको छ । अब मस्कोले प्योङयाङसँग उन्नत अन्तरिक्ष र उपग्रह प्रविधि साझेदारी गर्न चाहेको भन्ने हामीसँग विश्वास गर्ने आधार बनेको छ ।” संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को भिटो अधिकार प्राप्त सदस्य रुसले उत्तर कोरियालाई आणविक राष्ट्रका रुपमा औपचारिकरुपमा स्वीकार गर्ने र प्योङयाङले आफ्नो कार्यक्रम अन्त्य गर्नुपर्छ भन्ने विश्वव्यापी सहमतिलाई ठूलो धक्का लाग्ने चिन्ता ब्लिन्केनले व्यक्त गरे । 

अमेरिकी र दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार उत्तर कोरियाले गत वर्षको अन्त्यतिर युक्रेनविरुद्ध लड्न हजारौं सैनिक पठाएको थियो र सयौँको मृत्यु भइसकेको छ । यसैबिच, जापानले उत्तर कोरियाली क्षेप्यास्त्र परिक्षणको विरोध गरेको छ । टोकियोमा प्रधानमन्त्री शिगेरु इशिबाले उत्तर कोरियाले रुससँगको सहकार्यमा ‘प्रविधिमा सुधार गर्दै गएको’ भन्दै चिन्ता व्यक्त गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending