Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीताका सवालमा संविधान संशोधन हुँदैन: सञ्चारमन्त्री गुरुङ

खबरडबली संवाददाता

पोखरा । सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानको मूल मर्म र भावना विपरीत संविधान संशोधन नहुने कुरा बताएका छन् । उनले संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीताका सवालमा संविधान संशोधन नहुने स्पष्ट पारेका छन् । 

प्रदेशस्तरीय मगर मौलिक सांस्कृतिक महोत्सव-२०८१ को पोखरामा शुक्रबार उद्घाटन गर्दै मन्त्री गुरुङले संविधानसभाले निर्माण गरेको संविधानलाई नेपाली जनताको इच्छा र जनचाहनाअनुरुप मात्र संशोधन हुने बताउँदै यसमा सवालमा कुनै पनि राजनीतिक पार्टी भयभित हुनुनपर्ने बताए । 

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले संविधानको प्रावधानमा नै दश/दश वर्षमा संविधान संशोधन गरी सवल पक्षलाई अझै बलियो बनाउने र दर्बल पक्षलाई परिमार्जित गर्ने नीति रहेको उल्लेख गर्दै सोहीअनुरुप अहिलेको संविधानका केही प्रावधान संशोधन गर्न दलीय सहमति जुट्न थालेको बताए । 

उनले संविधानको कार्यान्वयनमा आएका दुर्वल पक्षलाई हटाउन सबै पार्टीको सहमति आवश्यक पर्ने प्रष्ट पारे । समानुपातिक र समावेशीले हाम्रो समाजलाई इन्द्रेणी समाजका रुपमा प्रस्तुत गरेकाले यस्ता सवाललाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा सबै पार्टी स्पष्ट हुन जरुरी रहेको उनले बताए । 

मन्त्री गुरुङले वर्तमान सरकारले देखिने गरी केही काम नगरे जस्तो लागे पनि काम नतिजा बिस्तारै देखिन थालेको बताए । उनले मुलुकलाई असफल राष्ट्रतर्फ जानबाट यस सरकारले जोगाएको गर्दै यसभन्दा अगाडिको सरकारले निर्माण व्यवसायीलाई दिनुपर्ने रकम दिन नसकेको र विचौलिया हाबी हुँदा विकास निर्माणले गति लिन नसकेको प्रष्ट पारे । यस अघिको सरकारले देशको आर्थिक अवस्था धरासायी बनाएको आरोप उनको थियो । वर्तमान सरकार आएपछि ११ वटा कानुन निर्माणको प्रकृयामा अघि बढेको भन्दै आगामी हिउँदे अधिवेशनमा उक्त कानुन पास हुने उनले बताए । 

यो सरकार गठन भएको पाँच महिनामा १८ प्रतिशतले राजश्व वृद्धि भएको बताउँदै आगामी असारसम्ममा सरकारले धेरै राम्रा कामको प्रतिफल दिने उनको दाबी थियो । सहकारीका बारेमा बोल्दै मन्त्री गुरुङले कुनै पनि दलको छाता ओढेर आन्दोलन गरी आमजनतालाई सडकमा उतारेर उन्मुक्ति नपाउने बताए । दोषीलाई कार्वाही हुुन्छ र पीडितले न्याय पाउँछन् भन्ने कुरामा सरकार दृढ रहेको उनले बताए । 

मन्त्री गुरुङले सरकारले हालसम्म २२ वटा सहकारीबाट ९० अर्बको छानबिन गरी तीन अर्बको बचत फिर्ता गरेको जानकारी दिए । सरकारले सहकारी रकम हिनामिना र अपचलन  गर्ने कुनै पनि दलका नेतालाई नछाड्ने बताउँदै हालसम्म ६ सय भन्दा बढी व्यक्ति थुनामा परेको जानकारी दिए । उनले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सरकारले कानुन ल्याएको समेत बताए । 

आदिबासी जनजातिका बारेमा बोल्दै उनले नेपालका आदिबासी जनजातिको भाषा, संस्कृति, भेषभुषा राष्ट्रिय सम्पत्ति भएकाले यसको संरक्षणमा सबै पक्ष लाग्नुपर्ने बताए । आदिवासी धनी भएता पनि हाम्रो नेपाल बहुभाषी धर्म समुदायले भरिपूर्ण रहेको स्पष्ट पारे । संविधानले दिएको आरक्षण सुविधालाई अधिकतम् उपयोग गर्दै जनजातिको ज्ञान, सिप र संस्कृतिको उपयोग देशका हितमा लगाउनुपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेललगायत नवनिर्वाचित पत्रकार र महोत्सवमा घाटु, मारुनी नृत्य गर्ने कलाकार लगायतलाई मन्त्री गुरुङले सम्मान गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending