Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

पार्टी जोगाउन अनेक कोसिस गर्दा पनि बचाउन सकिएन: अध्यक्ष ओली

खबरडबली संवाददाता

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन् ।

एमालेको बागमती प्रदेश जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी र नेतृत्वमाथि पटक–पटक चौतर्फी आक्रमण हुने गरेको उल्लेख गर्दै सो कुरा बताभएको हो ।

अध्यक्ष ओलीले भने, “अन्तिममा, पार्टी फुटाएरै छोडे । हामीलाई पार्टीबाट निष्कासन नै गरियो । हामीले पार्टी पुनर्गठन गर्‍यौँ र फेरि पार्टी जस्ताको तस्तै बनायौँ । २७५ कुल सिटमध्ये १७५ सिट पुर्‍याएको अवस्थामा अर्थात् दुईतिहाइका लागि मात्र नौ सिट कम भएको अवस्थामा पार्टी फुटाए । अनेक हिसाबले अनेक प्रयास गरेर पार्टी जोगाउन खोजियो, तर जोगाउन मानेनन् ।”

“कहिले एउटाले फुटाउँछ, कहिले अर्काले फुटाउँछ । हामी पार्टीबाट निकालियौँ, पुनर्गठन गरेर पनि हामीले उहाँहरूको पदहरू जस्तै वरिष्ठ नेता, उपाध्यक्ष, सचिव, उपसचिव कुनै पदबाट कसैलाई निकालेनौँ । जस्ताको तस्तै राखेर पार्टी जोगाउने कोसिस गर्‍यौँ,” उनले भने, “पुसमा उहाँहरूले हामीलाई पार्टी सदस्यताबाट निकाल्नुभयो, भदौ १० गते उहाँहरूले पार्टी फुटाउँदा पनि हाम्रो जोगाउने प्रयास रहिरह्यो ।”

उहाँले वि।सं। २०५१र५२ सालमा एमालेले चुनाव जित्ने निश्चित भएको अवस्थामा पार्टीविरुद्ध देशद्रोही भनेर भ्रमपूर्ण हल्ला फिजाउने काम भएको स्मरणसमेत गरे।

अध्यक्ष ओलीले भने, “२०५१र५२ सालपछि हाम्रो पार्टीले निश्चित रूपमा चुनाव जित्ने अवस्था भयो । पार्टीप्रतिको जनआकर्षण व्यापक भयो । यो देशभक्त र राष्ट्रवादी पार्टीलाई स्पष्ट ढङ्गले सङ्घर्ष गर्ने पार्टीका रूपमा स्थापित हुन नदिन राष्ट्रघाती पार्टी भनेर उपद्रो मच्चाइयो । सबभन्दा देशद्रोही पार्टी भनेर हल्ला फिजाएर २०५४ सालमा पार्टी फुटाउने काम भयो । 

पार्टी फुटाइसकेपछि एमालेलाई २०५६ को निर्वाचनमा हराउनका लागि गालीगलौजदेखि अनेकौँ झुटा आरोपहरू लगाइए । जब चुनाव सकियो र एमालेलाई बहुमत आउनबाट रोकियो, त्यसपछि फेरि पार्टी एकताको अभियान सुरु भयो र २०५८ मा पुग्दा हामीले फेरि एकता गर्‍यौँ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी जोगाउन अनेक कोसिस गर्दा पनि बचाउन सकिएन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...

१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना, ६४ स्वास्थ्यकर्मीलाई विशेषज्ञ तालिम

काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...

सरकारको सय दिन: ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...

शासकीय सुधार कार्यसूचीको प्रगति ८७‍.२ प्रतिशत

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...

जग्गा विवादमा प्रहरी जवानद्वारा युवकमाथि निर्घात कुटपिट, घाइतेको अवस्था गम्भीर

बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...

ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ: मन्त्री रावल

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...

सरकारका सय दिनका उपलब्धि, मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...

सरकारको सयदिने उपलब्धि सार्वजनिक: सुशासन र प्रशासनिक सुधारलाई प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...

सरकारको १०० बुँदे कार्यसूची कार्यान्वयन कमजोर रहेको कांग्रेसको निष्कर्ष, संसद्मा सशक्त रूपमा उठाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending