बैङ्कक । थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन् । उनले आफूसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २०० भन्दा बढी डिजाइनरद्वारा बनाइएका ह्यान्डब्याग र करिब ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ वटा लक्जरी घडी रहेको बताएकी छिन् ।
थाई टेलिकमका मालिक तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी पेटोङ्टार्नले गत सेप्टेम्बरमा थाइल्यान्डमा २० वर्षमा सरकारको नेतृत्व गर्ने परिवारका चौथो सदस्यका रूपमा पदभार ग्रहण गरेकी छिन् । पेटोङटार्नले आफ्नो सम्पत्ति र दायित्व राष्ट्रिय भ्रष्टाचार विरोधी आयोग (एनएसीसी) को अनुरोधमा घोषणा गरेकी हुन् ।
उनले आफूसँग कूल १३ अर्ब ८० करोड भाट (४० करोड अमेरिकी डलर) बराबरको सम्पत्ति रहेको बताएकी छिन् । उनको लगानी ११ अर्ब भाट रहेको र एक अर्ब भाट निक्षेप र नगद रहेको घोषणामा उल्लेख छ । उनको अन्य सम्पत्तिमा करिब सात करोड ६० लाख बाहत मूल्यका २१७ वटा ह्यान्डब्याग र १६ करोड २० लाख भाट बराबर मूल्यका ७५ वटा घडी रहेको उल्लेख छ ।
उनले आफूसँग बेलायती र जापानका अन्य सामान पनि सम्पत्तिका रुपमा रहेको उल्लेख गरिन । स्थानीय सञ्चारमाध्यमले पोस्ट गरेको एनएसीसीको दस्तावेजअनुसार उनले करिब पाँच अर्ब भाटको अन्य दायित्व पनि घोषणा गरेकी छिन् । योसहित उनको कूल सम्पत्ती २५ करोड ८० लाख अमेरिकी डलर दिएको थियो ।
फेउ थाई पार्टीका एक प्रतिनिधिले एएफपीसँग कुरा गर्दै थाइ सञ्चारमाध्यमले सार्वजनिक गरेको तथ्याङ्क सही भएको पुष्टि गरेका छन् । फोब्र्सका अनुसार कुनै समय म्यानचेस्टर सिटी फुटबल क्लबको मालिकसमेत पेटोङ्टार्नका पिता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको कुल सम्पत्ति २.१ अर्ब अमेरिकी डलर छ । फोब्र्सको सूचीमा उनि थाइल्याण्डको १० औं धनी व्यक्ति बनेकी छन् ।
थाक्सिनले आफ्नो शिन कर्प दूरसञ्चार कम्पनीले कमाएको धनलाई राजनीतिमा उत्प्रेरित गर्न प्रयोग गरेका थिए । उनको परिवार निर्वासनमा रहेका वर्षहरुमा पनि थाइ राजनीतिमा प्रभावशाली रहेको थियो । विश्लेषकहरुका अनुसार थाइल्याण्डमा सम्पत्ति र पारिवारिक विराशतको लामो समयदेखि सम्बन्ध देखिँदै आएको थियो ।
सुखोथाई थाम्माथिरात विश्वविद्यालयका युट्टापोर्न इस्साराचाइले एएफपीसँग भने, “पूर्ण रूपमा क्रियाशील लोकतन्त्र नभएको देशमा राजनीतिक गतिविधिमा पैसाको महत्वपूर्ण भूमिका हुन्छ ।” पारदर्शिताको कमीको दावीको साथ यसलाई अक्सर सैन्य हस्तक्षेपको लागि जिम्मेवार मानिने गरिएको छ । थाइल्याण्डको संवैधानिक अदालतले गत अगस्टमा पदच्युत गर्दा पेटोङ्टार्नका पूर्ववर्ती प्रधानमन्त्री श्रेता थाभिसिनले ९८ करोड ५० लाख भाटको सम्पत्ति घोषणा गरेका छन् । रासस/एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: