काठमाडाैं । पूर्व राष्ट्रपति विद्या भण्डारीले समाजमा बेलाबेला देखा पर्ने अराजकता, उछृंखलता र सतहीपन जस्ता विकृति, विसंगति रोक्न प्रगतिशील कला, साहित्य र संगीतको महत्वपूर्ण भूमिका हुने बताएकी छन् ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आमा, सपना र ताराहरु पुस्तकको शुक्रवार लोर्कापण गर्दै पूर्व राष्ट्रपति भण्डारीले त्यस्तो बताएकी हुन् । ‘समाजमा बेलाबेला देखा पर्ने अराजकता, उच्छृंखता र सतहीपन जस्ता विकृति विसंगति रोक्न, सही नीति, सिद्दान्त, दर्शन र मूल्य मान्यताका आधारमा समाजलाई निर्देशित गर्न प्रगतिशील कला, साहित्य र संगीतको महत्वपूर्ण भूमिका रहन्छ ।’ भण्डारीले भनिन् ।
धेरैले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई राजनीतिक व्यक्तिका रुपमा चिने पनि उनी सिद्दहस्त लेखक तथा साहित्यकारका रुपमासमेत परिचित हुन सफल भएको भन्दै उनले आमाको स्मृतिलाई साहित्य कृतिका रुपमा ल्याएर योगदान गरेकोमा पूर्व राष्ट्रपति भण्डारीले बधाई पनि दिइन् ।
राजकीय र पार्टी जिम्मेवारीलाई सँधैभरी इमान्दारीताका साथ दृढतापूर्वक निर्वाह गर्ने पोखरेलले जुनसुकै कमिटी र पदमा रहँदा पार्टीभित्रको एकता सुदृढ गर्न, वैचारिक पक्षलाई धारिलो बनाउन प्रयास गर्दै आएको पनि पूर्व राष्ट्रपति भण्डारीले स्मरण गरिन् ।
राजनीतिक जिम्मेवारीको व्यस्तताबीच लेख, रचना लेखेर पार्टीको पक्षमा जनमत तयार गर्न तथा साहित्यका विविध विधामा पनि कलम चलाएर पोखरेलले महत्वपूर्ण योगदान पुर्याएको पूर्व राष्ट्रपति भण्डारीले चर्चा गरिन् । साहित्य समाजको दर्पण मात्र नभएर राजनीतिक र सामाजिक परिवर्तनको महत्वपूर्ण साधन र विचारको संवाहक भएको भन्दै उनले बताइन् ।
आमा शब्दले सँधै सृष्टिको निरन्तरता, ममताको खानी, प्रेरणाको सन्देश दिइरहने भन्दै उनले संसारभरी आमाका नाममा अनेकौं कृतिहरु लेखिएको र भविष्यमा पनि लेखिदैंजाने क्रममा पोखरेलको कृतिले आमा–छोराबीचको पवित्र सम्बन्ध, आमाको त्याग, संगीन घडीमा छोराले आमाप्रति दर्शाएको प्रेम र सम्मानलाई उजिल्याउन कृतिबाट सफल भएको भन्दै प्रशंसा पनि गरिन् । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेल, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले उपमहासचिव प्रदिप ज्ञवालीलगायतले कृतिका बारेमा चर्चा गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: