नवलपुर । नवलपुरमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । जलवायु परिवर्तनले गर्दा समयमा पानी नपर्नु, सुख्खा खडेरीले समयमा पानी नपर्दा बिउँ राख्न पनि ढिला हुनु र रोपाइँको क्षेत्रफलकम हुनु धान उत्पादनको मुख्य कारण रहेको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।
धान फुल्ने समयमा अधिकतम तापक्रममा वृद्धि भएपछि दाना नलाग्ने समस्या देखिएपछि धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए । जिल्लामा ५५ प्रतिशत सिँचाइ पुगेको छ भने ४५ प्रतिशत आकाशेपानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ ।
गैंडाकोट, देवचुली, कावासोती नगरपालिका र पहाडी क्षेत्र बुलिङटारमा धान हुने गरेको छ । अहिले असोज ११, १२ गते आएको बाढीका कारण जिल्लाको बगुवन र मध्यबिन्दुमा धान बालीमा बढी क्षति पुगेकाले पनि धान उत्पादनमा कमी आएको ज्ञान केन्द्रका प्रमुख तिवारीको भनाइ छ ।
विशेषगरी सावित्री र साँवामा धानमा दाना नलाग्ने समस्या देखापरेको उनले बताए । रोग र किराको समस्या देखिए पनि समयमा नै त्यसको न्यूनीकरण हुँदा र भित्र्याउँदाको समय पनि अनुकूल रहँदारहँदै पनि धानको उत्पादन घटेको प्रमुख तिवारीले बताए ।
गत वर्ष जिल्लामा गत वर्ष १८ हजार ६२८ हेक्टरमा धान रोपाइँ गरिएको थियो । यसमा प्रतिहेक्टर ४ दशमलव १८ प्रतिशतले उत्पादकत्वमा वृद्धि भई ७७ हजार ८३५ मेट्रिकटन उत्पादन भएको थियो । जिल्लामा यस वर्ष १८ हजार ६९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको थियो । गत वर्षभन्दा यसवर्ष रोपाइको क्षेत्रफल बिस्तार ५४० हेक्टरले कमी आएको र यसमा ७१ हजार ८५५ मेट्रिकटन उत्पादन भएको छ । प्रतिहेक्टर ३ दशमलब ९८ मेट्रिकटन उत्पादन भएको कृषि कृषि ज्ञान केन्द्रका बाली अधिकृत सञ्जय ढकालले बताए ।
नवलपुरमा सावित्री, रामधान, सावा मनसुली, अनधी र स्थानीय प्रजातिलगायत उन्नत जातका धानखेती हुने गर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: