विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले आफू नेतृत्वको मन्त्रालयले सय दिन प्राप्त गरेको उपलब्धिहरु सार्वजनिक गरेका छन् ।
मन्त्री हाङ्गामले सहकारी संस्थामा बचतकर्ताले गरेको बचतको सुरक्षाका लागि सहकारीलाई नियमन र व्यवस्थित गर्न सफ्टवेयर प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत गरी १३ सय सहकारीलाई सूचिकृत गराएको कुरालाई मुख्य प्रगतिको रुपमा उल्लेख गरेका हुन् ।
त्यसैगरी उनले प्रदेशका संकटोन्मुख सहकारी संस्थालाई संकटग्रस्त घोषणा गरी बचत सुरक्षित गर्न समस्या समाधान तथा व्यवस्थापन समिति गठन गर्ने समिति गठन गरेको विषयलाई पनि महत्त्वपूर्ण उपलब्धिको रुपमा सार्वजनिक गरेका छन् । कोशी प्रदेश सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट उक्त समिति गठन गर्ने निर्णय गरेको थियो । वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको नेतृत्वमा समिति गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको भए पनि सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्रीले भने समिति गठन गर्ने निर्णयमात्र भएको भन्दै नाम सार्वजनिक गरेका थिएनन ।
मन्त्री खगेनसिं हाङ्गामले आफू मन्त्री भएपछि प्रदेशको सहकारी, कृषि, पशुपंक्षी, बिउबिजन, उद्योग वाणिज्य र उद्यमशीलताका क्षेत्रमा गरेका कार्यप्रगति पत्रकार सम्मेलन माफर्त सार्वजनिक गराएका थिए । कृषि कर्जा लिई व्यवसाय सञ्चालन गर्दै आएका किसानले वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज भुक्तानी गर्ने सम्बन्धी कार्यविधि तयार गर्ने काम अन्तिम चरणमा पुगेको, दुग्ध तथा मासुजन्य पदार्थको दीर्घकालीन निर्यात तथा आन्तरिक बजारमा स्वस्थ र स्वच्छ पशुजन्य उत्पादनको आपूर्ति गरी पशुपालनलाई दिगो र व्यवसायिक बनाउन खोरेत रोग नियन्त्रण कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको मन्त्री हाङ्गामले जानकारी दिए ।
कोशी प्रदेशमा खोरेत रोग नियन्त्रण गर्ने क्रममा यस वर्ष इलामका १० वटै स्थानीय तहहरुमा जोनिङ गरी खोप कार्यक्रम संचालन गरिएको, स्टार्टअप तथा कृषि व्यवसायमा लगानी प्रवद्र्धन गर्न कर्जा व्याजमा अनुदान उपलब्ध गराउने कार्यविधि स्वीकृतिको क्रममा रहेको उनले जानकारी दिए ।
मन्त्रालयले किसानलाई गुणस्तरीय बिउ उपलब्ध गराउन विधेयकको मस्यौदा साथै प्रदेशमा जीवनाशक विषादीको उत्पादन, निकासी, पैठारी, भण्डारण, बिक्री वितरण प्रयोग र विसर्जन जस्ता कार्यलाई व्यवस्थित गर्न विधेयकको मस्यौदा तयारी गरी मन्त्री परिषद्मा पेश गरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: