Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

रूस निर्वासनमा रहेका सिरियाका पुर्व राष्ट्रपतिलाइ बिष हालेर मार्ने प्रयास, अनुसन्धान जारी

खबरडबली संवाददाता

मस्को । सिरियाबाट ज्यान जोगाएर परिवारसहित रुस भागेका पूर्वराष्ट्रपति बसर अल असदलाई मार्ने प्रयास गरिएको खुलासा भएको छ । बेलायती पत्रिका ‘द सन’मा प्रकाशित एक रिपोर्टका अनुसार मस्कोमा बसर अल असदलाई विष खुवाएर मार्ने प्रयास गरिएको थियो तर उनी बालाबाल बाँचेका छन् ।

सिरियामा कु’ भएयता असद आफ्नो परिवारसँग रूसको राजधानी मस्कोमा छन् । लामो समयदेखि मध्यपूर्वमा उनीहरुको महत्वपूर्ण सहयोगी रहेको रुसले मस्कोमा असद परिवारलाई सुरक्षा दिएको छ । राष्ट्रपति भ्लादिमर पुटिनले असद र उनका परिवारका लागि एक गोप्य अपार्टमेन्टमा बस्ने व्यवस्था मिलाइ दिएका छन । 

बेलायती ट्याब्लोइड ‘द सन’को रिपोर्टका अनुसार असदलाई उनको आफ्नै घरमा मार्ने प्रयास गरिएको थियो, जब यसको प्रमाण बाहिर आयो तब हलचल मच्चिएको थियो । असदविरुद्ध षड्यन्त्र गर्ने को हो भन्ने प्रश्न उठिरहेको छ ? नयाँ सिरियाली सरकार असदलाई हटाउन चाहन्छ वा यसको पछाडि केही अन्य कारण छ ? यो छानबिन भइरहेको जनाइएको छ । 

पूर्व रुसी जासूसको ठूलो दाबी अनुसार उनलाइ बिष पिलाउने प्रयास गरिएको हो तर पत्रिकाले उनको नाम गोप्य राखेको छ । असद गत वर्ष डिसेम्बर ८ देखि मस्कोमा भ्लादिमिर पुटिनको संरक्षणमा छन् । तर पूर्व शीर्ष रूसी जासूसद्वारा सञ्चालित अनलाइन जनरल एसभीआरले बशर अल असद आइतबार बिरामी परेको उल्लेख गरेको थियो । 

त्यसाे त साे घटना पछि ५९ वर्षीय असद असदलाई निसास्सिएर बारम्बार खोकी लाग्ने गरेको दाबी गरिएको छ । श्रोतका अनुसार परीक्षणपछि असदको शरीरमा विषाक्त तत्व भेटिएको रिपोर्ट आएको थियो । असदको उनी बसेको अपार्टमेन्टमा नै उपचार गरेपछि सोमबार मात्र असदको अवस्था स्थिर भएको थियो । यद्यपि, रूसी अधिकारीहरूबाट कुनै पुष्टि भने गरेका छैनन । 

असदलाई विष दिनुको कारण यही हो भनेर अझै खुलेको छैन तर अनुमान भने बिभिन्न गरिन थालिएको छ । सो पत्रिकाले भनेको बसर अल असदलाई  विष दिएका थिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन तर गत महिना उनकी श्रीमती अस्मा बेलायत फर्कन चाहेको बाहिर सार्बजनिक भएको थियो । तर, राहदानीको म्याद सकिएकाले उनी लन्डन फर्कन नसक्ने अवस्थामा असदको खानामा बिष हालिएको समाचार बाहिरिएको हो । 

यसबाहेक असद र उनकी श्रीमती अस्माबीचको वैवाहिक तनावको पनि उत्तिकै चर्चा रहेको छ । रिपोर्टका अनुसार अस्मा गम्भीर रोगबाट पीडित छिन् र उनी असदसँग सम्बन्धविच्छेद गरेर थप उपचार गराउन चाहन्छिन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending