Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

एआईबारे अनौठो भविष्यवाणीः ३० वर्षमा मानवता पूर्ण रूपमा हराएर जाने

खबरडबली संवाददाता

काठमाडौं ।  एआई गडफादरको उपनामले चिनिने ब्रिटिश-क्यानडेली कम्प्युटर वैज्ञानिक प्रोफेसर ज्योफ्रे हिन्टनले कृत्रिम बुद्धिमता ९आर्टिफिसियल इन्टेलिजेन्स०बारे अनौठो भविष्यवाणी गरेका छन् । वैज्ञानिक हिन्टनले अबको ३० वर्षमा एआईका कारण मानवता पूर्ण रूपमा हराएर जाने सम्भावना उच्च हुँदै गएको दाबी गरेका हुन् । 

प्रविधि क्षेत्र अपेक्षाभन्दा ‘धेरै छिटो’  परिवर्तन भइरहेको परिप्रेक्ष्यमा त्यसले मानवता नै सङ्कटमा पार्ने जोखिम बढाएको भन्दै उनले चेतावनी दिएका छन् । वैज्ञानिक हिन्टनका अनुसार आगामी तीन दशकभित्र एआईले मानव सभ्यता समाप्त पार्ने सम्भावनालाई अझ नजिक ल्याएको छ ।

सूचना तथा प्रविधि क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका हिन्टनले यस वर्ष भौतिक विज्ञानमा नोबेल पुरस्कार समेत पाएका थिए । उनै प्रोफेसर हिन्टनले एआईका कारण मानवता लोप हुने सम्भावना १० देखि २० प्रतिशतसम्म बढेको तर्क अघि सारेका छन् । यसअघि उनले एआई प्रविधिले मानवताका लागि विनाशकारी परिणाम निम्त्याउने सम्भावना १० प्रतिशत रहेको विश्लेषण गरेका थिए । 

बीबीसी रेडियो फोरको ‘टुडे कार्यक्रम’मा एआई सङ्कटको सम्भावनाबारे सोधिएको प्रश्नमा हिन्टनले यस्तो भविष्यवाणी गरेका हुन् । त्यस क्रममा टुडे कार्यक्रमका पाहुना सम्पादक तथा पूर्व चान्सलर साजिद जाविदले “तपाईँको अनुमान बढ्दैछ” भनेपछि हिन्टनले जवाफ दिए, “यदि सोच्यौँ भने हामीले आफूभन्दा बढी बुद्धिमान चिजसँग कहिल्यै सामना गर्नुपरेको छैन ।”

उनले अगाडि थपे, “कम बौद्धिक चिजले उच्च बौद्धिक चिजलाई नियन्त्रण गरेका कति उदाहरणहरू छन्, तपाईँलाई थाहा छ रु यस्ता केही उदाहरण होलान् । त्यसमध्ये मलाई थाहा भएको एउटै उदाहरण हो, आमा र बच्चाको सम्बन्ध । जहाँ बच्चाले आमालाई केही हदसम्म नियन्त्रण गर्न सक्छ ।”

लन्डनमा जन्मिएका हिन्टन हाल टोरन्टो विश्वविद्यालयका प्रोफेसर इमिरेट्स हुन् । उनले शक्तिशाली एआई प्रणालीको तुलनामा मानिसहरू तीन वर्षीय बालबालिका जस्तै हुने बताएका छन् ।

“म यस ९एआई०लाई यस्तो रूपमा हेर्न मन पराउँछु, आफूलाई र तीन वर्षीय बालकलाई कल्पना गर्नुहोस् । एआईका अघि हामी ती बालबालिका जस्तै हौँ,” उनले भने ।

एआईलाई सामान्यतया त्यस्ता काम गर्न सक्षम कम्प्युटर प्रणालीका रूपमा परिभाषित गरिन्छ, जसका लागि सामान्यतया मानव बुद्धिमत्ताको आवश्यकता पर्छ । गत वर्ष हिन्टनले गुगलको आफ्नो जागिरबाट राजीनामा दिएका थिए । त्यसपछि एआईको अनियन्त्रित विकासका जोखिमबारे उनी खुलेर बोलेका थिए । जसलाई विश्वभरका सञ्चारमाध्यमले प्राथमिकता दिए । 

उनले चिन्ता व्यक्त गर्दै भनेका थिए, “खराब उद्देश्य भएका व्यक्तिले यो प्रविधि अरूलाई हानी पुर्‍याउने गरी प्रयोग गर्न सक्छन् ।” एआई सुरक्षाका अभियन्ताको मुख्य चिन्ताको विषय कृत्रिम सामान्य बुद्धिमत्ता ९आर्टिफिसियल जनरल इन्टेलिजेन्स० को विकास हो । यसबाट मानिसको भन्दा बढी बुद्धिमत्ता भएका प्रणालीको विकास गर्न सक्ने विश्लेषण गरिएको छ । यस्तो प्रविधिलाई सही तरिकाले नियन्त्रण गर्न नसकेको खण्डमा यसले मानव सभ्यताको अस्तित्वलाई नै सङ्कटमा पार्ने सक्ने सम्भावना देखिएको हो ।

 “एआईमा हामी अहिले जहाँ छौँ, त्यहाँ पुग्न धेरै समय लाग्नेछ भन्ने मेरो अनुमान थियो,” आफ्नो प्रारम्भिक कामका बेला आफूले गरेको पूर्वानुमानलाई लिएर हिन्टनले भने ।

उनले अगाडि थपे, “हामी अहिले यस्तो स्थितिमा छौँ, जहाँ यस क्षेत्रका अधिकांश विज्ञले सम्भवतस् अबको २० वर्षभित्र हामीले मानिसभन्दा बढी बुद्धिमान एआई विकास गर्नेछौँ भन्ने सोच्छन् । र, यो एकदमै डर लाग्दो विचार हो ।”

प्रविधि क्षेत्रमा विकासको गति आफूले अपेक्षा गरेकोभन्दा अत्यन्तै तीव्र भएकाले प्रविधिको नियमनको लागि देशहरू जुट्नुपर्ने उनको सुझाव छ । एआईलाई अदृश्य हातको संज्ञा दिँदै उनले भने, “मेरो चिन्ता अदृश्य हातले हामीलाई सुरक्षित राख्ने छैन भन्ने हो । त्यसैले ठुला कम्पनीले यसलाई मुनाफा कमाउने उद्देश्यका निम्ति मात्र लिनु पर्याप्त छैन । यसलाई सुरक्षित तरिकाले विकास गर्नका लागि थप कदमहरू चाल्नु आवश्यक छ ।”

एआई क्षेत्रका अग्रणी कम्पनीलाई सुरक्षा सम्बन्धी थप अनुसन्धान गर्न केवल सरकारको नियमनले मात्र बाध्य पार्ने उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा

दाङ । जिल्लाको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यामा परेको छ । विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरे प...

प्रेमप्रसादको मृत्युमा ‘राज्य असफल’ भन्ने बालेन, गणेशको आत्मदाह प्रयासमा किन मौन ?

काठमाडौं । तीन वर्षको अन्तरालमा काठमाडौंमा दुई युवाले एउटै प्रकृतिको चरम निर्णय रोजे । एउटाले आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाए, अर्काले त्यही बाटो र...

एमाले पुनर्गठन प्रतिवेदन लेख्ने जिम्मा बादल–पोखरेललाई

काठमाडौं । नेकपा एमालेको पुनर्गठनका लागि सुझाव संकलन गरिरहेको कार्यदलले अन्तिम प्रतिवेदन तयार पार्ने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’...

राहदानी विभागअघि आत्मदाह प्रयासपछि संसदमा सरकारमाथि प्रश्न : ‘अब कति नागरिकले आगो लगाउनुपर्छ ?’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले राहदानी विभागअगाडि भएको आत्मदाह प्रयासको घटनालाई लिएर सरकारमाथि कडा प्रश्न उठाएका छन्। प्रति...

गण्डकीमा गाँजा खेतीले पायो कानुनी मान्यता, औषधि र उद्योगका लागि मात्रै प्रयोग गर्न पाइने

पोखरा । गण्डकी प्रदेशले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने ऐतिहासिक कानुन पारित गरेको छ। प्रदेश सभाले बिहीबार ‘गाँजा ...

आज रातिदेखि तीन दिनसम्म वर्षाको प्रभाव, केही ठाउँमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि आगामी तीन दिनसम्म विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम व...

गोर्खा जेलब्रेककी उमा भुजेलको नेतृत्वमा विप्लव नेकपा विभाजित, नयाँ पार्टी घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि विभाजन भएको छ। पार्टीकी पूर्ववरिष्ठ नेतृ उमा भुजेल ‘शिलु’ को नेतृत...

टेलिकम बिलिङ भ्रष्टाचार मुद्दामा पूर्व एमडी संगीता पहाडीसहित सबैले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार (एएमसी) ठेक्का सम्बन्धी बहुचर्चित भ्रष्टाचार मुद...

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending