Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

एआईबारे अनौठो भविष्यवाणीः ३० वर्षमा मानवता पूर्ण रूपमा हराएर जाने

खबरडबली संवाददाता

काठमाडौं ।  एआई गडफादरको उपनामले चिनिने ब्रिटिश-क्यानडेली कम्प्युटर वैज्ञानिक प्रोफेसर ज्योफ्रे हिन्टनले कृत्रिम बुद्धिमता ९आर्टिफिसियल इन्टेलिजेन्स०बारे अनौठो भविष्यवाणी गरेका छन् । वैज्ञानिक हिन्टनले अबको ३० वर्षमा एआईका कारण मानवता पूर्ण रूपमा हराएर जाने सम्भावना उच्च हुँदै गएको दाबी गरेका हुन् । 

प्रविधि क्षेत्र अपेक्षाभन्दा ‘धेरै छिटो’  परिवर्तन भइरहेको परिप्रेक्ष्यमा त्यसले मानवता नै सङ्कटमा पार्ने जोखिम बढाएको भन्दै उनले चेतावनी दिएका छन् । वैज्ञानिक हिन्टनका अनुसार आगामी तीन दशकभित्र एआईले मानव सभ्यता समाप्त पार्ने सम्भावनालाई अझ नजिक ल्याएको छ ।

सूचना तथा प्रविधि क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका हिन्टनले यस वर्ष भौतिक विज्ञानमा नोबेल पुरस्कार समेत पाएका थिए । उनै प्रोफेसर हिन्टनले एआईका कारण मानवता लोप हुने सम्भावना १० देखि २० प्रतिशतसम्म बढेको तर्क अघि सारेका छन् । यसअघि उनले एआई प्रविधिले मानवताका लागि विनाशकारी परिणाम निम्त्याउने सम्भावना १० प्रतिशत रहेको विश्लेषण गरेका थिए । 

बीबीसी रेडियो फोरको ‘टुडे कार्यक्रम’मा एआई सङ्कटको सम्भावनाबारे सोधिएको प्रश्नमा हिन्टनले यस्तो भविष्यवाणी गरेका हुन् । त्यस क्रममा टुडे कार्यक्रमका पाहुना सम्पादक तथा पूर्व चान्सलर साजिद जाविदले “तपाईँको अनुमान बढ्दैछ” भनेपछि हिन्टनले जवाफ दिए, “यदि सोच्यौँ भने हामीले आफूभन्दा बढी बुद्धिमान चिजसँग कहिल्यै सामना गर्नुपरेको छैन ।”

उनले अगाडि थपे, “कम बौद्धिक चिजले उच्च बौद्धिक चिजलाई नियन्त्रण गरेका कति उदाहरणहरू छन्, तपाईँलाई थाहा छ रु यस्ता केही उदाहरण होलान् । त्यसमध्ये मलाई थाहा भएको एउटै उदाहरण हो, आमा र बच्चाको सम्बन्ध । जहाँ बच्चाले आमालाई केही हदसम्म नियन्त्रण गर्न सक्छ ।”

लन्डनमा जन्मिएका हिन्टन हाल टोरन्टो विश्वविद्यालयका प्रोफेसर इमिरेट्स हुन् । उनले शक्तिशाली एआई प्रणालीको तुलनामा मानिसहरू तीन वर्षीय बालबालिका जस्तै हुने बताएका छन् ।

“म यस ९एआई०लाई यस्तो रूपमा हेर्न मन पराउँछु, आफूलाई र तीन वर्षीय बालकलाई कल्पना गर्नुहोस् । एआईका अघि हामी ती बालबालिका जस्तै हौँ,” उनले भने ।

एआईलाई सामान्यतया त्यस्ता काम गर्न सक्षम कम्प्युटर प्रणालीका रूपमा परिभाषित गरिन्छ, जसका लागि सामान्यतया मानव बुद्धिमत्ताको आवश्यकता पर्छ । गत वर्ष हिन्टनले गुगलको आफ्नो जागिरबाट राजीनामा दिएका थिए । त्यसपछि एआईको अनियन्त्रित विकासका जोखिमबारे उनी खुलेर बोलेका थिए । जसलाई विश्वभरका सञ्चारमाध्यमले प्राथमिकता दिए । 

उनले चिन्ता व्यक्त गर्दै भनेका थिए, “खराब उद्देश्य भएका व्यक्तिले यो प्रविधि अरूलाई हानी पुर्‍याउने गरी प्रयोग गर्न सक्छन् ।” एआई सुरक्षाका अभियन्ताको मुख्य चिन्ताको विषय कृत्रिम सामान्य बुद्धिमत्ता ९आर्टिफिसियल जनरल इन्टेलिजेन्स० को विकास हो । यसबाट मानिसको भन्दा बढी बुद्धिमत्ता भएका प्रणालीको विकास गर्न सक्ने विश्लेषण गरिएको छ । यस्तो प्रविधिलाई सही तरिकाले नियन्त्रण गर्न नसकेको खण्डमा यसले मानव सभ्यताको अस्तित्वलाई नै सङ्कटमा पार्ने सक्ने सम्भावना देखिएको हो ।

 “एआईमा हामी अहिले जहाँ छौँ, त्यहाँ पुग्न धेरै समय लाग्नेछ भन्ने मेरो अनुमान थियो,” आफ्नो प्रारम्भिक कामका बेला आफूले गरेको पूर्वानुमानलाई लिएर हिन्टनले भने ।

उनले अगाडि थपे, “हामी अहिले यस्तो स्थितिमा छौँ, जहाँ यस क्षेत्रका अधिकांश विज्ञले सम्भवतस् अबको २० वर्षभित्र हामीले मानिसभन्दा बढी बुद्धिमान एआई विकास गर्नेछौँ भन्ने सोच्छन् । र, यो एकदमै डर लाग्दो विचार हो ।”

प्रविधि क्षेत्रमा विकासको गति आफूले अपेक्षा गरेकोभन्दा अत्यन्तै तीव्र भएकाले प्रविधिको नियमनको लागि देशहरू जुट्नुपर्ने उनको सुझाव छ । एआईलाई अदृश्य हातको संज्ञा दिँदै उनले भने, “मेरो चिन्ता अदृश्य हातले हामीलाई सुरक्षित राख्ने छैन भन्ने हो । त्यसैले ठुला कम्पनीले यसलाई मुनाफा कमाउने उद्देश्यका निम्ति मात्र लिनु पर्याप्त छैन । यसलाई सुरक्षित तरिकाले विकास गर्नका लागि थप कदमहरू चाल्नु आवश्यक छ ।”

एआई क्षेत्रका अग्रणी कम्पनीलाई सुरक्षा सम्बन्धी थप अनुसन्धान गर्न केवल सरकारको नियमनले मात्र बाध्य पार्ने उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टी–२० विश्वकप २०८३ : समूह ‘सी’ मा नेपालको यात्रा र मुख्य चुनौतीहरू

काठमाडौं । आउँदो फेब्रुअरी ८ बाट सुरु हुने टी–२० विश्वकपको पर्खाइमा विश्वभरि क्रिकेटप्रेमीहरूको ध्यान केन्द्रित छ। त्यसभन्दा बढी उत्साहित फ्यानहरू नेप...

हुम्ला ताजाकोटमा औषधि खरिदमा अनियमितता: गाउँपालिकाका चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्ला ताजाकोट गाउँपालिकामा औषधि खरिदमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ...

झापामा ‘सादा पोसाकका प्रहरी’ होइनन्, बालेन्द्रकी पत्नीसँग हिँडेका व्यक्ति आफन्त र पार्टी सदस्य मात्र

काठमाडौँ । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहकी पत्नी सविना काफ्लेसँग घरदैलो गर्दै हिँड्दा सामाजिक सञ्जालमा ‘सादा ...

संघीय हस्तक्षेपविरुद्ध मधेस सरकारको रिट सर्वोच्चमा अन्तिम चरणमा

काठमाडौँ । मधेस प्रदेश र संघीय सरकारबीचको अधिकार क्षेत्र विवाद सर्वोच्च अदालतमा अन्तिम चरणमा पुगेको छ। सर्वोच्चले सर्लाहीको सागरनाथ वन परियोजना र वन ऐ...

प्रणयकाे रास्वपालाई प्रश्नः २५ हजार रुपैयाँको प्राइमरी इलेक्सन कहाँ गयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. प्रणय शमशेर राणाले पार्टीले उम्मेदवार आकांक्षीहरूबाट उठाएको रकमको स्पष्ट हिसाब मागेका छन्।...

इटाली पठाइदिने प्रलोभन, काठमाडौंमा बन्धक : ५ बंगलादेशीको उद्धार, अन्तरदेशीय गिरोहका ७ पक्राउ

काठमाडौं । इटालीमा रोजगारी लगाइदिने आश्वासन दिएर बंगलादेशबाट काठमाडौं ल्याइएका पाँच नागरिकलाई बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको छ। यस प्रकरण...

जथाभावी पार्किङमा राखिएका १५ बस कारबाहीमा

काठमाडाैं । जथाभावी पार्किङमा राखिएका १५ वटा बसलाई प्रहरीले कारबाही गरेको छ । बाटो इजाजत अनुसारको गन्तव्यसम्म नगई जथाभावी पार्किङ गरी राखिएका १५ वटा ल...

कैलाली–४ : ‘लेखराजलाई लखेट्ने’ मोर्चामा नयाँ अनुहारहरूको घेरा

कैलाली । कैलाली–४ को चुनावी इतिहासले एउटा कुरा स्पष्ट देखाउँछ—यहाँ मतदाता स्थिर छैनन्, निर्णय स्थिर छैन, र परिणाम त झन् कहिल्यै पूर्वानुमानमा अडिँदैन।...

मधेशमा किन बढ्दै छ शृंखलाबद्ध हत्या ? के गर्दै छ प्रहरी ?

जनकपुरधाम । मधेशका जिल्लाहरू पछिल्ला दिनमा एकपछि अर्को जघन्य हत्याका घटनाले तर्सिएका छन्। ४८ घन्टाभित्र सिरहा, महोत्तरी र बारामा भएका तीन फरक प्रकृतिक...

चुनावी भ्रामकता रोक्न आयोग–टिकटक समझदारी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सामग्रीलाई नियन्त्रण गर्न निर्वाचन आयोगले टिकटकसँग औपचारिक समझदारी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE