Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सहकारीसम्बन्धी जारी नयाँ अध्यादेशमा के छ ?

खबरडबली संवाददाता

काठमाडौं । सरकारले जारी गरेको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश लागु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रमाणीकरण गरेको उक्त अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो ।

संशोधन अध्यादेश कार्यान्वयनमा आएसँगै सहकारीसम्बन्धी विद्यमान व्यवस्थामा केही महत्त्वपूर्ण परिवर्तन भएका छन् । यसअनुसार देहाय बमोजिमका १० मुख्य बुँदा यहाँ उल्लेख गरिएको छ । 

नयाँ नियमनकारी निकाय गठन

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नयाँ नियमनकारी निकाय गठन भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरण नामको नयाँ नियमनकारी निकाय गठन भएको हो । काठमाडौं उपत्यकामा रहने कार्यालयले सहकारी रजिष्ट्रार, प्रदेश सहकारी रजिष्ट्रार तथा स्थानीय तहमा सहकारी हेर्ने अधिकृतमार्फत काम गराउन सकिने उल्लेख गरिएको छ । 

उक्त नियमनकारी निकायमा नेपाल सरकारले नियुक्त गरेको एकजना व्यक्ति अध्यक्षसहित नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, सहकारी मन्त्रालयका सहसचिव, अन्य २ जना सदस्य नियुक्त गर्ने व्यवस्था गरिएको छ । त्यसमध्ये अध्यक्ष र विज्ञ सदस्यहरु पूर्णकालीन र पदेन सदस्यहरु अल्पकालीन सदस्य रहनेछन् । 

प्राधिकरणका अध्यक्षको नियुक्ति लोक सेवा आयोगका वा अध्यक्षले तोकेको सदस्यको संयोजकत्वमा, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर र सरकारले तोकेको सदस्यसहितको समितिले गरेको सिफारिसका आधारमा नेपाल सरकारले गर्ने जनाइएको छ । 

प्राधिकरणले सहकारी संस्थामा भएका बचत तथा ऋण कारोबारको सम्बन्धमा भएका विवादको सम्बन्धमा अर्धन्यायिक भूमिका समेत निर्वाह गर्नेछ । त्यस्तै, सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गर्ने काम समेत प्राधिकरणले गर्नेछ । 

बचत तथा ऋण सहकारी फेरि दर्ता हुनुपर्ने

ऐनले बचत तथा ऋण सहकारी पुनः दर्ता हुनुपर्ने व्यवस्था गरेको छ । अबको एक वर्षभित्र ऐनद्वारा गठित प्राधिकरणका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था दर्ता हुनुपर्ने व्यवस्था गरिएको हो । 

सहकारीलाई तीन भागमा विभाजन

ऐनले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थालाई नयाँ वर्गीकरण गरेको छ । यस अनुसार सहकारीलाई संघ, प्रदेश र स्थानीय तह गरी तीन भागमा विभाजन गरिएको छ । 

वर्गीकरण अनुसार बचतको सीमा

ऐनले एक प्रदेशभन्दा धेरै क्षेत्रमा कारोबार गर्ने बचत तथा ऋण सहकारी संस्थामा बचतको अधिकतम सीमा निर्धारण गरिदिएको छ । यस अनुसार एक प्रदेश भन्दा धेरै ठाउँमा सहकारी संस्थामा अधिकतम ५० लाख, एक प्रदेशभित्र एकभन्दा धेरै जिल्ला भएका सहकारीमा २५ लाख रुपैयाँ र एक जिल्लाभित्र मात्रै कारोबार गर्ने सहकारीमा १० लाखभन्दा धेरै बचत गर्न नपाउनेगरी अधिकतम सीमा कायम गरिएको छ ।  

सञ्चालकमा अधिकतम दुई कार्यकाल

कुनै पनि सहकारी संस्थाको सञ्चालक समितिमा बढीमा २ कार्यकाल मात्रै बस्न पाउनेगरी सीमा कायम गरिएको छ । अहिलेसम्म यस्तो सीमा कायम गरिएको थिएन । त्यस्तै, प्राथमिक पुँजीकोषको १५ प्रतिशत भन्दा धेरै पुँजी लगानी गर्न नपाउने व्यवस्था गरिएको छ ।

बचतको स्रोत खुलाउनुपर्ने

१० लाख रुपैयाँ भन्दा धेरै रकम बचत गर्ने व्यक्तिले त्यस्तो बचतको स्रोत खुलाउनुपर्ने व्यवस्था गरिएको छ । स्रोत खुलाउन नसकेको रकम सहकारीले स्वीकार गर्न नपाउने समेत उल्लेख गरिएको छ ।

कर्जा सूचना केन्द्रसम्बन्धी व्यवस्था र कर्जा सुरक्षण कोषको व्यवस्था

ऐनले सहकारी संस्थाको कर्जा सूचना केन्द्रको बाटो खुला गरेको छ । प्रचलित कानुन बमोजिम स्थापना भएको कर्जा सूचना केन्द्रमा सदस्य बनेर सहकारी संस्थाले कर्जा सूचना आदानप्रदान गर्न पाउने व्यवस्था गरिएको छ । 

१० लाख रुपैयाँभन्दा धेरैको कर्जाको सूचना अनिवार्य रूपमा कर्जा सूचना केन्द्रलाई उपलब्ध गराउनुपर्ने व्यवस्था समेत गरिएको छ । त्यस्तै, तीन महिनाभित्र ऋण नतिर्ने व्यक्तिको नाम कर्जा सूचना केन्द्रमा पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ । कर्जा सूचना केन्द्रमार्फत सहकारीका सदस्य र सञ्चालकको विवरण समेत आदानप्रदान गरिने संशोधन अध्यादेशमा उल्लेख गरिएको छ । 

त्यस्तै सहकारीहरुले कर्जा सुरक्षण कोषबाट सुरक्षित सदस्यको सदस्यता लिनुपर्ने व्यवस्था गरिएको छ । 

बचत फिर्ता सम्बन्धमा

हालसम्म समस्याग्रस्त सहकारी संस्थामा पाँच लाखसम्म बचत रकम भएकाहरुको बचत फिर्तालाई पहिलो प्राथमिकता दिइने भएको छ । यसअघि कसरी रकम दिने भन्ने अन्यौल हुँदा वितरण प्रभावित हुँदै आएको थियो । 

यद्यपि सहकारी पीडितका लागि सरकारी कोषबाट कुनै रकम खर्च भने गर्ने छैन । सहकारी बचत दुरुपयोगको सम्बन्धमा छानबिन गर्न गठित समितिले ५ लाखसम्मको बचत फिर्ताको ग्यारेन्टी गर्न सरकारलाई सिफारिस गरेको थियो । 

राष्ट्र बैंक ऐनमा समेत संशोधन

सरकारले विद्यमान कर्जा सूचना केन्द्र र निक्षेप तथा कर्जा सुरक्षण कोषलाई सहकारीको समेत काम गर्ने व्यवस्था गर्न राष्ट्र बैंक ऐनमा संशोधन गरेको छ । यसले सहकारी संस्थालाई वित्तीय संस्थाको रूपमा परिभाषित गरिएको छ । 

सहकारी विकास बोर्ड खारेज

अध्यादेशले सहकारी विकास बोर्ड ऐन खारेज गरेको छ । यसका सदस्यहरु पदमुक्त भएका छन् भने कर्मचारीहरु भने प्राधिकरणका कर्मचारी बनेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: