बागलुङ । बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालको रूपमा स्तरोन्नति गरिएको छ । गण्डकी प्रदेश सरकारले व्यवस्थापन तथा संगठन सर्वेक्षण गरेर जनशक्तिसमेत थप गरी अस्पताल सञ्चालन गरेको हो ।
अस्पताल सञ्चालनसँगै बागलुङका जनतालाई स्वास्थ्यमा सहज पहुँच पुग्नेछ । अस्पतालको शुक्रबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको पहिलो प्राथमिकता भनेकै नागरिकको स्वास्थ्य सेवा रहेको बताए ।
उनले दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी गण्डकी प्रदेश सरकारले यस वर्ष आफ्नै स्वामित्वमा रहने गरी बागलुङको बुर्तिबाङ र गोरखाको आँपपिपललाई ५० शय्याको अस्पतालको रूपमा विकास गर्ने निर्णय गरेको बताए । यी दुई अस्पताल बनाउँदा सरकारलाई ४२ करोड व्यय थपिए पनि नागरिकको स्वास्थ्य सुधार भएमा आर्थिक क्षमता स्वतः बढ्ने उनको भनाइ छ ।
०६७ सालमा तत्कालीन बागलुङ जिल्ला अस्पताललाई धौलागिरि अञ्चल हुँदै प्रादेशिक अस्पताल विकसित गरिएसँगै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालसरहको सेवा–सुविधाको रूपमा विकास गर्ने योजना रहेको थियो ।
अस्पतालको रूपमा विकास गर्ने गरी पूर्वाधार निर्माणको काम भए तापनि अस्पतालको रूपमा विकास हुन सकेको थिएन । अस्पताल नहुँदा जनताले पाउनुपर्ने निःशुल्क उपचार, औषधि, २४ घन्टे सेवा, ओपिडी, इमर्जेन्सी सेवा कटौती भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: