Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

निःशुल्क रगत उपलब्ध गराउन रक्तदाता समाजको माग

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाल स्वयंसेवी रक्तदाता समाजले निःशुल्क रगत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।  उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसमक्ष मंगलबार ज्ञापनपत्र बुझाउँदै समाजले निःशुल्क रगत उपलब्ध गराउन माग गरेको हो । 

समाजले निःशुल्क रगत र रक्त–तत्वहरूका लागि उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएको अध्यक्ष तथा स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले जानकारी दिए । ‘राज्यद्वारा मानव रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूलाई निःशुल्क उपलब्ध वितरण गराउने गर्ने नीति लिए तापनि हालसम्म परीक्षण शुल्कको रुपमा अनावश्यक बढी रकम असूली रहेको विद्यमान परिस्थितिले विपन्न वर्गका बिरामीहरुलाई ठूलो आर्थिक भार आइरहेको छ,ु विज्ञप्तिमा लेखिएको छ’, यस समाजले त्यस्तो परिस्थितिलाई न्यूनीकरण गर्न स्थानीयहरुको सहभागिता र स्थानीय सरकारबीच समन्वय गर्दै निःशुल्क रगत वितरणको कार्यको पनि थालनी गर्ने पहल लिइरहेको छ ।

साथै बर्सेनि मनाउँदै आइरहेको राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस माघ १५ लाई घोषणा गर्न माग गरिएको छ । ज्ञापन बुझाउने क्रममा कोषाध्यक्ष प्रमिला लामा एवं केन्द्रीय सदस्यहरु सुशील घर्ती क्षेत्री र बिमल भित्राकोटी पनि उपस्थित थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

लमजुङ ।  लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...

कुम्मायक गाउँपालिकाको बजेट खर्च ८२.७४ प्रतिशत

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...

राष्ट्रिय सभामा दुई मन्त्रीले प्रश्नको उत्तर दिने

समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने

आजका लागि कालीमाटीको थोक मूल्य सार्वजनिक, गोलभेँडा ५० रुपैयाँमा

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...

२३ वर्षपछि टुंगियो भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री गोविन्दराज जोशी दोषी, जग्गादेखि डलरसम्म जफत हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...

‘धैर्यताको परीक्षा नलिन’रास्वपा सांसद पुकार बमको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...

घाइते गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...

हुम्लाको स्याँडामा पहिलोपटक गाडी पुग्दा स्थानीय खुसी

हुम्ला । हुम्लाको  स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ । गाउँपालिकाले आर्थिक ...

जडिबुटीमा जबर्जस्ती गाडीमा चढाउने तथा झोला तानेर दु:ख दिने ३२ जना प्रहरीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिएको आरोपमा ३२ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...

भेन्टिलेटरमा गणेश नेपाली, भारत लैजाने तयारी अन्तिम क्षणमा रोकियो

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुका गणेश नेपालीको स्वास्थ्य अवस्था अझै जटिल रहेको छ। उनी हाल वीर अस्पतालको बर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending