काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपाली जेन–जी आन्दोलनमा सक्रिय सहभागी रहेको दाबी गरिएको छ।
नागरिक आन्दोलनकी अभियन्ता रक्षा बमले सामाजिक सञ्जालमार्फत गणेश नेपाली आन्दोलनमा सहभागी भएको र प्रदर्शनका क्रममा सामान्य घाइतेसमेत भएको उल्लेख गरेकी छन्।
उनले लेखेकी छन्, ‘गणेश नेपाली जेन–जी आन्दोलनमा सहभागी थिए। आन्दोलनका क्रममा उनको हातमा सामान्य चोट पनि लागेको थियो। उनी त्यही आन्दोलनकारी हुन्, जो आफू बाँच्न लायक देश होस् भनेर त्यो दिन सडकमा ओर्लिएका थिए।’
बमले आन्दोलनमा सहभागी युवाहरूको संघर्षकै आधारमा वर्तमान शासन सञ्चालन भइरहेको उल्लेख गर्दै त्यही आन्दोलनमा सहभागी एक युवा अहिले राज्यको संवेदनहीनताका कारण अस्पतालको शय्यामा जीवन–मृत्युको संघर्ष गरिरहेको टिप्पणी गरेकी छन्।
उनले लेखेकी छन्, ‘आज त्यही संघर्षका कारण तिमीहरू सत्ता र शक्तिमा छौ, तर उ तिमीहरूको शासनमा अस्पतालको शय्यामा मृत्यु र जीवनबीच जुधिरहेको छ।’
सरकारले भुइँतहका नागरिकको आर्थिक अवस्था बेवास्ता गर्दै उनीहरूमाथि थप आर्थिक भार थोपरेको आरोप पनि उनले लगाएकी छन्। विशेषगरी ट्राफिक नियम उल्लङ्घन र पार्किङसम्बन्धी चर्को जरिवानाप्रति प्रश्न उठाउँदै बमले गरिब नागरिकको वास्तविक अवस्था बुझ्न सरकारलाई आग्रह गरेकी छन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘ट्राफिक नियम उल्लङ्घन गर्दा हजारौँदेखि लाखौँ रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था बनाइएको छ। तर यो देशमा एक हजार रुपैयाँ जरिवाना तिर्न नसकेर आत्मदाहको प्रयास गर्न बाध्य हुने नागरिक पनि छन् भन्ने कुरा राज्यले बिर्सनु हुँदैन।’
यद्यपि, गणेश नेपाली जेन–जी आन्दोलनमा सहभागी रहेको विषयमा हालसम्म सम्बन्धित सरकारी निकायबाट औपचारिक पुष्टि भएको छैन। उक्त दाबी रक्षा बमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १२:३२
वासिङ्टन। इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट’ योजनासम्बन्धी खुफिया जानकारी यसै साता संयुक्त राज्य अम...
आषाढ़ २६ गते, २०८३ - १२:२१
पोखरा । पोखरा महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको पहिचानका लागि गठित समितिले आफ्नो अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज...
आषाढ़ २६ गते, २०८३ - १२:०७
काठमाडौं । आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल सुरु गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार गणेश नेप...
आषाढ़ २६ गते, २०८३ - ११:५४
काठमाडौं । आत्मदाहको प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ। ...
आषाढ़ २६ गते, २०८३ - ११:५०
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनाबारे सोधपुछका लागि काठमाडौं महानगरपालिकाअन्तर्गत कार्यरत पाँच...
आषाढ़ २६ गते, २०८३ - ११:४२
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपाली जेन–जी आन्दोलनमा सक्रिय सहभागी रहेको दाबी गरिएको छ। नागरिक आन्दो...
आषाढ़ २६ गते, २०८३ - ११:१६
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्...
आषाढ़ २६ गते, २०८३ - ११:०६
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्। उद्योगी–व्यवसायीसँग भेटघाटलाई...
आषाढ़ २६ गते, २०८३ - १०:५५
काठमाडौँ। स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको औसत समुद्री तापक्रम २६।६३ डि...
आषाढ़ २६ गते, २०८३ - १०:४३
सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवामा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अगुवाइमा अनुगमन गरी लापर्बाही भेटिएका होटेल र पानी उद्योगल...



प्रतिकृया लेख्नुहोस्: