Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

येशु ख्रीष्टका भाइको हड्डीको बाकस क्रिसमस अघि पुनः प्रदर्शनमा

खबरडबली संवाददाता

काठमाडौं  । क्रिसमस २०२५ आउन अब एकदिन मात्रै बाँकी छ । 

यसै सन्दर्भमा येशू ख्रीष्टको भाइको हड्डीको बक्स फेरि एक पटक समाचार बनेको छ । खासमा यो इजरायलमा पाइएको दाबी गरिएको छ। यो बक्सा २००० वर्ष भन्दा पुरानो हो। हाल यो बक्सलाई अमेरिकाको एक प्रदर्शनीमा राखिएको छ, त्यसपछि यो फेरि मिडियामा चर्चामा आएको छ ।

सो बाकसमा अरामी भाषामा ‘जोसेफको छोरा जेम्स’ लेखिएको छ। संसारका पुरातात्विक विज्ञहरूले यसलाई येशूको समयको सबैभन्दा महत्त्वपूर्ण वस्तु भनेका छन्। यो बाकस चूना ढुङ्गाबाट बनेको छ र कुँदिएको छ। यस अस्थिमा, ‘जेम्स, जोसेफका छोरा’ अर्थात येशुका भाइ भनेर अरामी भाषामा लेखिएको छ।  जसका कारण पुरातत्वविद्हरूले जेम्स द जस्टको अवशेष यस बाकसमा कुनै समय राखेको हुनसक्ने अनुमान गरेका छन् ।

खासमा जेम्स जेरूशलेममा ईसाईहरूको पहिलो धार्मिक नेता थिए। जेम्स येशूका भाइ थिए र जसलाई क्रुसमा टाँगिएको थियो। उनी यरूशलेममा ईसाईहरूको पहिलो नेता हुनुहुन्थ्यो। जानकारीका अनुसार हाल अमेरिकाको एट्लान्टास्थित पुलम्यान यार्डमा क्राइस्टका समयका ३५० वटा ऐतिहासिक कलाकृति प्रदर्शनीमा राखिएको छ । 

जानकारीका अनुसार यो बक्स सन् १९७६ मा फेला परेको थियो । तर धेरै बाइबलीय पुरातात्विक खोजहरू जस्तै यो कास्केट विवादमा फसेको थियो, जब यो २००२ मा सार्वजनिक रूपमा अनावरण गरिएको थियो। 

तर, पछि २००३ मा यसको मालिक ओडेड गोलानलाई यो पुरातात्विक वस्तु माथी जालसाँझी गरेको आरोप लगाइएको थियो, उनले चुनढुङ्गाको सो बाकासमा  ‘ब्रदर अफ जीसस’ भन्ने वाक्यांश थपेको विज्ञहरुको आरोप छ । यो आरोपपछि गोलनले आफ्नो नाम निर्दोष बनाउनका लागि संघर्ष गरेका थिए तर १० वर्षको सुनुवाइपछि उनी निर्दोष साबित भए।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

लमजुङ ।  लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...

कुम्मायक गाउँपालिकाको बजेट खर्च ८२.७४ प्रतिशत

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...

राष्ट्रिय सभामा दुई मन्त्रीले प्रश्नको उत्तर दिने

समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने

आजका लागि कालीमाटीको थोक मूल्य सार्वजनिक, गोलभेँडा ५० रुपैयाँमा

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...

२३ वर्षपछि टुंगियो भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री गोविन्दराज जोशी दोषी, जग्गादेखि डलरसम्म जफत हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...

‘धैर्यताको परीक्षा नलिन’रास्वपा सांसद पुकार बमको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...

घाइते गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...

हुम्लाको स्याँडामा पहिलोपटक गाडी पुग्दा स्थानीय खुसी

हुम्ला । हुम्लाको  स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ । गाउँपालिकाले आर्थिक ...

जडिबुटीमा जबर्जस्ती गाडीमा चढाउने तथा झोला तानेर दु:ख दिने ३२ जना प्रहरीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिएको आरोपमा ३२ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...

भेन्टिलेटरमा गणेश नेपाली, भारत लैजाने तयारी अन्तिम क्षणमा रोकियो

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुका गणेश नेपालीको स्वास्थ्य अवस्था अझै जटिल रहेको छ। उनी हाल वीर अस्पतालको बर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending