Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

नवलपुरमा पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ

खबरडबली संवाददाता

नवलपुर । पाटेबाघ मार्ने उद्योगमा चितवन राष्ट्रिय निकुञ्जले एक जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ । निकुञ्ज कार्यालय कसरामा पत्रकार सम्मेलन गरी पाटेबाघ मार्ने उद्योगमा पक्राउ परेका २० वर्षीय युवकलाई सार्वजनिक गरिएको हो । 

पक्राउ पर्नेमा नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने रहेका निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न प्रयोग भएको सवारीसाधनको ब्रेकको तार एक थान, केवल लाइनमा प्रयोग हुने तार एक थान र रौं अल्झेको जस्तो देखिने तार एक थान फेला परेसँगै न्यौपानेलाई पक्राउ गरिएको मगरले बताए । 

गत कार्तिक २ गते सोही स्थानका जितबहादुर थिङ बाघको आक्रमणमा परेर मृत्यु भएको थियो । थिङ मृत फेला परेको स्थानमा अनुसन्धान गर्दै जाँदा पासोका लागि प्रयोग भएका सामान सोही दिन बरामद गरिएको मगरले बताए । 

अनुसन्धानकै आधारमा निकुञ्ज र नेपाली सेनाको टोलिले न्यौपानेलाई पक्राउ गरेर थप अनुसन्धान अगाडी बढाएको थियो । न्यौपानेबाट बरामद मोबाईलमा समेत पासोमा परेको बाघको तस्बिर फेला परेको र उक्त तस्बिर न्यौपानेले नै खिचेको नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट पुष्टि भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

बाघलाई पासो थापिएको स्थानबाट बरामद तारमा अल्झिएको रौँ पाटे बाघको नै रहेको र पक्राउ परेका न्यौपानेले पासोमा बाघ परे पछि आफुले रुखमा चढेर बाघको तस्बिर खिचेको बयानमा स्विकार गरेका मगरले जानकारी दिए । उक्त रौँलाई नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा परिक्षणका लागि पठाईएकोमा डिएन नतिजा अनुसार बाघकै भएको पुष्टि भएको हो । 

पक्राउ परेका न्यौपानेलाई बाघ मार्ने उद्योगमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को पाँचौँ संशोधनको दफा २६ उपदफा (५घ) बमोजिम कसुर गरेकाले सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम सजाय माग दाबीसहित मुद्दा दर्ता गरिएको छ । यो मुद्दामा १० लाख रुपियाँ जरिवाना वा पाँचदेखि १० वर्ष कैद वा दुबै हुने व्यवस्था छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: