काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा कुनै पनि दलसँग एकता नगर्ने निर्यण गरेकाे छ । विगत पाँच दिनदेखि जारी स्थायी कमिटी बैठक आज पनि टुङ्गिएको छैन । तर, कुनै पनि दलसँग पार्टी एकता नगर्ने विषयमा भने सहमति जुटेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।
नेकपा (माओवादी केन्द्र) सँगे पार्टी एकता हुने व्यापक चर्चाको बीच एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । एकीकृत समाजवादीले सहकार्यका लागि भने मार्ग खुल्ला राखेको छ । बैठक पुनः भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।
‘आजको अवस्थामा देशका अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकीकरण गर्ने, पार्टी एकता गर्ने आजको अवस्था नरहेको, तर सहकार्यको सम्भावना सधैं जिवित रहेको हुँदा विभिन्न राष्ट्रिय एजेण्डाहरुमा सहकार्य गर्न हामी सबैलाई स्वागत पनि गर्छौं । सबैसँग सहकार्य गर्न तयार छौं । तर, कुनै पार्टीसँग एकता गर्ने सम्भावना आज नरहेको कुरा जानकारी गराउँछौं । यो विषयमा सहमति भइसकेको कुरा हो । भोलि यो विषयमा निर्णय आउँछ,’ उपाध्यक्ष खतिवडाले भने ।
पार्टीप्रति नेता तथा कार्यकर्तामा बढ्दो निराशाको कारण अध्यक्ष माधव कुमार नेपालले पार्टी एकताको एजेण्डा अगाडि बढाएका थिए । तर, उपाध्यक्ष खतिवडा, सम्मानित नेता झलनाथ खनाललगायतको तीब्र दवाबका बीच अध्यक्ष नेपालले एकताको एजेण्ड छोडेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: