Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

बंगलादेशमा नोभेम्बरसम्ममा निर्वाचन गराउने मोहम्मद युनुसको घोषणा

खबरडबली संवाददाता

ढाका । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले देशमा हुने आम निर्वाचनको सन्दर्भमा महत्वपूर्ण घोषणा गरेका छन् । युनुसले बंगलादेशको आम चुनाव २०२५ को अन्त्य र २०२६ को पहिलो ६ महिनाको बिचमा हुनसक्ने बताएका छन ।  

राजनीतिक दलहरुबाट चुनाव गराउन दबाब बढिरहेको बेला युनुसले यो प्रारम्भिक जानकारी दिएका हुन् । युनुसले सोमबार १६ डिसेम्बरमा सरकारी टेलिभिजनमा सम्बोधन गर्दै निर्वाचनको सम्भावित मितिबारे जानकारी दिए । उनले भने, ‘आवश्यक निर्वाचन कानुन र प्रकियामा सुधार गरेर मात्र निर्वाचन हुनुपर्नेमा मैले सधैं जोड दिएको छु ।’

युनुसले राजनीतिक दलहरूले सही मतदाता नामावली र अन्य आधारभूत सुधारका लागि सहमत भए सन् २०२५ नोभेम्बरको अन्त्यसम्ममा निर्वाचन हुनसक्ने बताए । तर, सुधारको सम्पूर्ण सूची कार्यान्वयन भएमा निर्वाचन केही महिना ढिलो हुन सक्ने उनको भनाइ छ । ७७ वर्षीय पूर्व प्रधानमन्त्री शेख हसिनाले जुलाई २०२३ मा हिंसात्मक विद्यार्थी आन्दोलनका कारण अगस्ट ५ मा राजीनामा दिनु परेको थियो । 

हजारौं प्रदर्शनकारीले प्रधानमन्त्री निवासतर्फ मार्च गरेपछि हसिनालाई भारतको अगरतला र त्यसपछि दिल्ली नजिकै गाजियाबादको गोप्य एयरबेसमा लगिएको थियो । शेख हसिना हाल भारतको एक अज्ञात स्थानमा बस्दै आएकी छिन् । उनको राजीनामापछि अगस्ट ८ मा मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको थियो । 

मोहम्मद युनुसले आफ्नो सम्बोधनमा निर्वाचन सुधार अन्तरिम सरकारको प्राथमिकता रहेको स्पष्ट पारेका छन । उनले सुधारका माध्यमबाट निर्वाचन प्रक्रियालाई थप पारदर्शी र निष्पक्ष बनाइनेसमेत बताए । शेख हसिना सरकारको पतनपछि बंगलादेशमा राजनीतिक अस्थिरता बढेको छ । 

आगामी निर्वाचनको घोषणाले राजनीतिक दलबीच वार्ताको सम्भावना बढेको छ । तर, अहिलेको सबैभन्दा ठूलो चुनौती निर्वाचन सुधार र त्यसको समयसीमामा सहमति जुटाउने हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: