Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

बंगलादेशमा नोभेम्बरसम्ममा निर्वाचन गराउने मोहम्मद युनुसको घोषणा

खबरडबली संवाददाता

ढाका । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले देशमा हुने आम निर्वाचनको सन्दर्भमा महत्वपूर्ण घोषणा गरेका छन् । युनुसले बंगलादेशको आम चुनाव २०२५ को अन्त्य र २०२६ को पहिलो ६ महिनाको बिचमा हुनसक्ने बताएका छन ।  

राजनीतिक दलहरुबाट चुनाव गराउन दबाब बढिरहेको बेला युनुसले यो प्रारम्भिक जानकारी दिएका हुन् । युनुसले सोमबार १६ डिसेम्बरमा सरकारी टेलिभिजनमा सम्बोधन गर्दै निर्वाचनको सम्भावित मितिबारे जानकारी दिए । उनले भने, ‘आवश्यक निर्वाचन कानुन र प्रकियामा सुधार गरेर मात्र निर्वाचन हुनुपर्नेमा मैले सधैं जोड दिएको छु ।’

युनुसले राजनीतिक दलहरूले सही मतदाता नामावली र अन्य आधारभूत सुधारका लागि सहमत भए सन् २०२५ नोभेम्बरको अन्त्यसम्ममा निर्वाचन हुनसक्ने बताए । तर, सुधारको सम्पूर्ण सूची कार्यान्वयन भएमा निर्वाचन केही महिना ढिलो हुन सक्ने उनको भनाइ छ । ७७ वर्षीय पूर्व प्रधानमन्त्री शेख हसिनाले जुलाई २०२३ मा हिंसात्मक विद्यार्थी आन्दोलनका कारण अगस्ट ५ मा राजीनामा दिनु परेको थियो । 

हजारौं प्रदर्शनकारीले प्रधानमन्त्री निवासतर्फ मार्च गरेपछि हसिनालाई भारतको अगरतला र त्यसपछि दिल्ली नजिकै गाजियाबादको गोप्य एयरबेसमा लगिएको थियो । शेख हसिना हाल भारतको एक अज्ञात स्थानमा बस्दै आएकी छिन् । उनको राजीनामापछि अगस्ट ८ मा मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको थियो । 

मोहम्मद युनुसले आफ्नो सम्बोधनमा निर्वाचन सुधार अन्तरिम सरकारको प्राथमिकता रहेको स्पष्ट पारेका छन । उनले सुधारका माध्यमबाट निर्वाचन प्रक्रियालाई थप पारदर्शी र निष्पक्ष बनाइनेसमेत बताए । शेख हसिना सरकारको पतनपछि बंगलादेशमा राजनीतिक अस्थिरता बढेको छ । 

आगामी निर्वाचनको घोषणाले राजनीतिक दलबीच वार्ताको सम्भावना बढेको छ । तर, अहिलेको सबैभन्दा ठूलो चुनौती निर्वाचन सुधार र त्यसको समयसीमामा सहमति जुटाउने हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending