रौतहट । जङ्गली हात्तीको आतङ्कले रौतहट चन्द्रपुर नगरपालिका–३ गैँडाटार वनक्षेत्र नजिकका वासिन्दा राती घरमा सुत्न छोडेका छन् । रातीको समयमा जंगली हात्तीको बथान गाउँमा पसेर घर भत्काउन र भण्डार गरिएको अन्न खान थालेपछि उक्त क्षेत्रका बासिन्दा रात्रीको समयमा घर छोड्न बाध्य भएका हुन् ।
हात्तीले स्थानीय सन्तबहादुर रुम्बा, मिना राई, बलीमायाँ लोप्चन, छेनामसिंह लोप्चन, बोम्जन साइँला, सुबास ठोकर र साइँला गोलेको घर भत्काएको छ। घरमा रहेको अन्न खाई क्षेतिसमेत पुर्याएको छ । दुई सातादेखि वनक्षेत्र नजिक रहेका बस्तीमा जङ्गली हात्ती प्रवेशगरी स्थानीयको घर भतत्काउनुकोसाथै कालापानी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा निर्मित पार्क र पानीघट्ट समेत भत्काइदिएपछि स्थानीय आतङ्ति बनेका छन् । हात्तीले स्थानीय किसानको बालीमा समेत क्षेति पुर्याएको वडा अध्यक्ष बोधनाथ देवकोटाले बताए ।
हात्ती आतङ्कबाट जनधनको क्षेति हुनबाट जोगाउन डिभिजन वन कार्यालय, नगरपालिकालगायतका सरोकारवाला संस्थाले चासो दिनु पर्ने स्थानीयको माग छ । स्थानीय समाजसेवी सन्तोष चौहानले हात्तीबाट थप क्षेति हुन नदिन वडा कार्यालयले नगरपालिकासंग समन्वय गरी सडक बत्ति र हात्ती भगाउने यन्त्र तथा साइरनको व्यवस्था मिलाउनु पर्ने सुझाव दिए । उनकाअनुसार पालिकाको उत्तरी चुरेक्षेत्रीय तटमा अवस्थित उक्त वस्तीमा बर्सेनी हात्तीले दुःख दिँदै आएको छ ।
त्यसको दीर्घकालीन समाधानको उपाए डिभिजन वन कार्यालयले गर्नु पर्ने देखिन्छ । यता डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत महालक्ष्मी शर्माले हात्तीबाट जनधनको क्षेति हुन नदिन स्थानीयले नै उच्च सतर्कता अपनाउनु पर्ने बताउँदै हात्ती आतङ्कको दीर्घकालीन समाधानको लागि माथिल्लो निकायसंग परामर्श गरिने जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: