झापा । झापा विर्तामाेड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी बालिका बलात्कार आराेपमा पक्राउ परेका छन् ।
घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख शिवाकोटीलाई पक्राउ गरेको छ । झापाको काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई सोमबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । घरको काम गरिदिने र पढाइदिने शर्तमा उनलाई घरेलु कामदार राखिएको खुलेको छ । उनी कलेज ड्रेसमै काँकडभिट्टाबाट भारत जान खोज्दै गर्दा नाकामा रहेको माइती नेपालको सहयोगमा प्रहरीले उद्दार गरेको हो । बालिकाले घटनाका बारेमा सुनाएपछि प्रहरीले शिवाकोटीलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि करणी आरोपको विषयमा अनुसन्धान भइरहेको छ । शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८१ - २१:१४
बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिज...
माघ ९ गते, २०८१ - २०:४६
काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार तराईका तीन विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज सिमरा, ने...
माघ ९ गते, २०८१ - २०:३७
काठमाडौं । पूजी निर्माणको आधार नहेरी खर्च गर्ने बानीले गर्दा देशको अर्थतन्त्र संकटमा पर्दै गएको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् । ...
माघ ९ गते, २०८१ - २०:३४
डडेल्धुरा । डडेल्धुरामा जिपको ढोकाबाट खसेर दुई जना घाइते भएका छन् । बैतडीबाट डडेल्धुरा तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००८ नम्बरको बलेर...
माघ ९ गते, २०८१ - २०:३२
काठमाडौं । देशका छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला परेको छ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा पहिचान ख...
माघ ९ गते, २०८१ - २०:२९
कैलाली । कैलालीबाट सात ग्राम लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ मालाखेती चोकमा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाक...
माघ ९ गते, २०८१ - २०:१८
काठमाडाैं । नाटकीय शैलीमा १५ जना भन्दा धेरैबाट करिब एक करोड रुपैयाँ ठगी गर्ने युवक पक्राउ परेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ घर भई काठमाडौं महानग...
माघ ९ गते, २०८१ - २०:१४
काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले समानुपातिक समावेशीताको कार्यान्वयन गर्नुपर्ने बताएका छन् । ललितपुरको पुल्चोकस्थित आयोगको...
माघ ९ गते, २०८१ - २०:१०
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५१ लाख ३९ हजार ४०२ सहयोग गरेको छ । सशस्त्र प्रहरी बलको २४औँ वार्षिकोत...
माघ ९ गते, २०८१ - २०:०३
काठमाडाैं । भारतमा हालै सम्पन्न प्रथम खो खो विश्व कपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सम्मान गरेक...
प्रतिकृया लेख्नुहोस्: