ओखलढुङ्गा। ओखलढुङ्गामा आर्थिक वर्ष २०८२/८३ मा जटिल स्वास्थ्य समस्या भएका १४ गर्भवती तथा सुत्केरी महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत आकस्मिक हवाई उद्धार गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सुत्केरी हुन नसकेका, प्रसूतिको क्रममा अत्यधिक रक्तस्राव भएका, जटिल स्वास्थ्य समस्या देखिएका तथा आमा र गर्भस्थ वा नवजात शिशुको ज्यान उच्च जोखिममा परेका महिलालाई हेलिकप्टरमार्फत काठमाडौँलगायत सुविधा सम्पन्न अस्पतालमा पुर्याएर उपचारको व्यवस्था गरिएको हो।
दुर्गम भौगोलिक बनोट, कठिन सडक पहुँच र विशेषज्ञ स्वास्थ्य सेवाको अभावका कारण समयमै उपचार नपाउँदा आमा र शिशुको ज्यान जोखिममा पर्ने अवस्था रहने भएकाले राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनका अनुसार हेलिकप्टरमार्फत समयमै उद्धार भएपछि जोखिममा परेका महिलाले विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार पाएका छन्। यसले आमा मात्र नभई नवजात शिशुको जीवनसमेत सुरक्षित गर्न महत्वपूर्ण योगदान पुगेको जनाएको छ।
उद्धार प्रक्रिया स्थानीय तह, स्वास्थ्य संस्था र संघीय निकायबीचको समन्वयमा सञ्चालन हुँदै आएको छ। स्थानीय तहका अध्यक्ष वा उपाध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका तथा सम्बन्धित स्वास्थ्य संस्थाको सिफारिसका आधारमा प्रक्रिया सुरु हुने र त्यसपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा गृह मन्त्रालयको समन्वयमा तत्काल हेलिकप्टर परिचालन गरी उद्धार गरिने व्यवस्था रहेको छ।
स्वास्थ्यकर्मीका अनुसार जटिल प्रसूति भएका महिलाका लागि केही घण्टाको ढिलाइले समेत गम्भीर परिणाम निम्त्याउन सक्ने भएकाले दुर्गम बस्तीमा सञ्चालित नि:शुल्क हवाई उद्धार सेवा प्रभावकारी बनेको छ।
जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम दुर्गम जिल्लाका जोखिममा परेका गर्भवती, सुत्केरी तथा नवजात शिशुको जीवन रक्षा गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको जनाएको छ।
सडक सञ्जाल र विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच अझै सीमित रहेका क्षेत्रमा यो सेवा जीवनरक्षक सावित भएको प्रशासनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १७:३६
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...
श्रावण २२ गते, २०८३ - १६:५५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...
श्रावण २२ गते, २०८३ - १६:४४
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...



प्रतिकृया लेख्नुहोस्: