काठमाडाैं । मानव तस्करीमा मुछिएका नेकपा एमाले प्रदेश सांसद एवं कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि मुद्दा नचल्ने सरकारको निर्णय सर्वोच्च अदालतबाट सदर भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सर्वोच्चले कानुनबमोजिम गर्न आदेश दिएको सर्वोच्चका प्रवक्त अच्युत कुइँकेलले जानकारी दिए ।
उनले भने, ‘दरपीठविरुद्धको आदेश कानुनबमोजिम गर्नु भनेको छ । त्यसको अर्थ प्रशासनकै आदेश सदर भयो भन्नु हो । यद्यपि लिखित आदेश आइसकेको छैन । लिखित आदेश आएपछि कारण र आधार के भन्ने स्पष्ट गर्ला ।’
मानव तस्करी प्रकरणमा प्रहरीले अधिकारीसहित १२ जनालाई मुद्दा चलाउन सिफारिस गरे पनि सरकारी वकिलको कार्यालय काठमाडौंले अधिकारीमाथि मुद्दा नचल्ने निर्णय गरेपछि त्यसविरुद्ध त्रिपाठी अदालत गएका थिए ।
अधिकारीमाथि मुद्दा नचलाउने निर्णय कार्यान्वयन नगर्न माग गरिएको रिट सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । रिट दायर गर्न माग गर्दै दरपीठविरुद्ध परेकाे निवेदनमा सर्वोच्चले प्रशासनकै दरपीठ आदेश सदर गरेको हो ।
दरपीठ आदेशमा संविधानमै नेपाल सरकारका तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने अन्तिम निर्णयको अधिकार महान्यायाधिवक्तालाई दिइएको अवस्थामा रिट दर्ता गर्न नमिल्ने उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: