Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

सातै प्रदेशमा सरकारविरुद्ध खबरदारी गर्ने तयारीमा माओवादी

खबरडबली संवाददाता

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सातै प्रदेशमा सरकारविरुद्ध खवरदारी गर्ने भएकाे छ । माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठकबाट जनपरिचालनका विस्तृत कार्यक्रम ल्याउँदै सरकारविरुद्ध उत्रने बताएकाे हाे ।

केपी शर्मा ओली नेतृत्वकाे सरकार दिन प्रतिदिन अलोकप्रिय हुँदै गएको, भ्रष्टाचारी, बिचौलियालाई संरक्षण गरेको, इमानदार राष्ट्रसेवक कर्मचारीमाथि बदनियतपूर्ण व्यवहार गरेकाले सातै प्रदेशमा खवरदारीसभाकाे तयारी गरेकाे हाे ।  प्रधानमन्त्री स्वदेश फर्किएपछि सदन र सडक संघर्षलाई सशक्त बनाउने माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । 

उनले भने, ‘हाम्रो अध्यक्षले स्पष्टरुपमा भनिरहनुभएको छ, अहिले हामी सरकार फेरबदलमा लाग्दैनौँ बरु ०८४ सम्म नै यही सरकार जाओस् भन्नेमा हाम्रो जोड छ । जसरी सरकारले सेवा प्रवाह र सुशासनको पक्षमा कमजोरी प्रस्तुति देखाइरहेको छ, यही बहानामा अराजकतावादीहरूले थप अस्थिरता निम्त्याउन नपाउन् भनेर पनि हाम्रो पार्टी ०८४ सम्म यही सरकार जाओस् भन्ने चाहन्छ ।’

माओवादी केन्द्रले विद्युत् प्राधिकरणमा सरकारले गरिरहेको हस्तक्षेपको विरोध गरेको छ । प्राधिकरणले बक्यौता महसुल उठाउन जोड गरिरहे पनि त्यसलाई रोक्न उर्जामन्त्री दीपक खड्काले प्राधिकरणमै कार्यकक्ष खोलेर अवरोध गरिरहेको आरोप लगाएको छ । ‘जसरी प्राधिकरणले बक्यौता महसुल उठाउन जोड दिइरहेको छ, यसलाई रोक्न इतिहासमा कहिल्यै नभएको अनौठो गरी विद्युत् प्राधिकरणमै मन्त्रीले कार्यकक्ष खोलेर प्राधिकरणका काममा अवरोध गर्ने काम भएको छ, यसमा हाम्रो सशक्त विरोध हुनेछ । सरकारले बिचौलिया र भ्रष्टाचारीहरूलाई जोगाउने काम गरिरहेको छ, यसका विरुद्ध व्यवस्थित रूपमा खबरदारी गर्ने पार्टीले निर्णय गरेको छ’, सापकोटाले भने । 

बिहीबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले चुनावी नतिजाबारे रिपोर्टिङसहित प्रारम्भिक समीक्षा भएकाे थियाे । निर्वाचनको नतिजा उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको प्रवक्ता  सापकोटाले बताए ।

मङ्सिर १२ गते बसेको पदाधिकारी बैठकले ७५३ वटै पालिकामा  सम्मेलन गर्न कार्यविधि बनाएर पठाएको थियो । सम्मेलन र खबरदारी सभाका कार्यक्रम सँगसँगै लैजाने सापकोटाले बताए । प्रत्येक पालिकामा केन्द्रीय नेताहरू सहभागी भएर व्यवस्थित ढंगले सरकारलाई खबरदारी गर्ने उनले योजना सुनाए । स्थानीय तह उपनिर्वाचनको नतिजाले एक्लै चुनाव जित्न सक्ने आधार दिएकाले पार्टीले अब मिसन–०८४ को अभियान थाल्ने सापकोटाले बताए । 

‘खबरदारी सभाबारे स्थायी समिति र केन्द्रीय समिति बैठकमा बृहत् छलफल गरी कार्यक्रम बनाएर जान्छौँ । मिसन ०८४ मा होमिनेछौँ । यसका लागि निकै मेहनतसाथ तयारीमा लाग्छौँ । स्थानीय तहको चुनावी परिणामले आधार दिएको छ । बिचमा हामी केही अलमलिएका हौँ, केही बरालिएका हौँ । अहिले आएर जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो भएको छ,’ उनले भने । 

माओवादीले जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणाली, सांसद मन्त्री नभई विज्ञ मन्त्रीको एजेण्डासहित विचार, राजनीति  र कार्यदिशा लिएर जाने तयारीमा रहेको उनको भनाइ छ । पार्टीको आगामी कार्यदिशा, कार्यक्रमबारे छलफल गर्न माओवादीले मङ्सिर २७ गते स्थायी समिति बैठक बोलाएको छ । यसअघि बसेको बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । खबरदारी सभा गर्ने जिम्मा प्रदेशलाई दिएको छ ।

चुनावी परिणामले उत्साहित भएको माओवादी आफ्नै विद्यार्थी संगठन अनेरास्ववियुको २३ औँ राष्ट्रिय सम्मेलन टुङ्ग्याउनेबारे अनिर्णीत देखिएको छ । असोज १० देखि १४ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको सम्मेलन उमेरहद विवादका कारण स्थगित भएको थियो । स्थगित सम्मेलन फेरि गर्न पार्टीसँग परामर्श गरी संगठनका नेताहरूले यही २३ र २४ गते आ–आफ्ना प्रदेशमा सम्मेलन गर्ने  निर्णय गरेको थियो । 

तर नेतृत्व छनोटको विषयलाई शीर्ष नेताहरूले नै प्रतिष्ठाको विषय बनाएपछि यो मुद्दा पेचिलो बन्दै गएको छ । पदाधिकारी बैठकले सम्मेलनबारे कार्यविधि बनाएर स्थायी समिति बैठकमा पेस गर्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतालाई विस्तृत अध्ययन गरेर मात्र आफ्नो धारणा अगाडि सार्ने नीति लिएको छ । नेपाल र चीनबिच भएको ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसन सम्झौतामा मङ्सिर १९ गते सम्झौता भएको थियो । तर यसबारेमा बैठकमा प्रश्न उठे पनि थप छलफल नभएको  उपमहासचिव हरिबोल गजुरेलले बताए । ‘बीआरआईबारे केही छलफल भएन । बैठकमा प्रश्न उठेका थिए । तर यस विषयमा अध्यक्षले थप अध्ययन र बुझेर मात्र जवाफ दिने भनेपछि अरू छलफल भएन,’ गजुरेलले भने ।

त्यस्तै, विचार र एजेण्डा मिल्ने दलहरूसँग एकता गर्नका लागि केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने तयारीमा माओवादी रहेको छ । तत्काल पार्टी  एकताका लागि नेत्रविक्रम चन्द विप्लव र बाबुराम भट्टराईबाट चोइटिएको नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति भइसकेको छ । त्यसका लागि पार्टीको विचार, सिद्धान्त, कार्यदिशा, सांगठनिक संरचना, नाम, चुनाव चिन्ह, लोगो लगायत विषय केन्द्रीय समिति बैठकले टुङ्ग्याउने गजुरेलले बताए । गजुरेलका अनुसार पुन र शेरचनलाई जिम्मेवारी दिने विषय केन्द्रीय समिति बैठकमा पुग्न सक्नेछ ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending