Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सातै प्रदेशमा सरकारविरुद्ध खबरदारी गर्ने तयारीमा माओवादी

खबरडबली संवाददाता

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सातै प्रदेशमा सरकारविरुद्ध खवरदारी गर्ने भएकाे छ । माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठकबाट जनपरिचालनका विस्तृत कार्यक्रम ल्याउँदै सरकारविरुद्ध उत्रने बताएकाे हाे ।

केपी शर्मा ओली नेतृत्वकाे सरकार दिन प्रतिदिन अलोकप्रिय हुँदै गएको, भ्रष्टाचारी, बिचौलियालाई संरक्षण गरेको, इमानदार राष्ट्रसेवक कर्मचारीमाथि बदनियतपूर्ण व्यवहार गरेकाले सातै प्रदेशमा खवरदारीसभाकाे तयारी गरेकाे हाे ।  प्रधानमन्त्री स्वदेश फर्किएपछि सदन र सडक संघर्षलाई सशक्त बनाउने माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । 

उनले भने, ‘हाम्रो अध्यक्षले स्पष्टरुपमा भनिरहनुभएको छ, अहिले हामी सरकार फेरबदलमा लाग्दैनौँ बरु ०८४ सम्म नै यही सरकार जाओस् भन्नेमा हाम्रो जोड छ । जसरी सरकारले सेवा प्रवाह र सुशासनको पक्षमा कमजोरी प्रस्तुति देखाइरहेको छ, यही बहानामा अराजकतावादीहरूले थप अस्थिरता निम्त्याउन नपाउन् भनेर पनि हाम्रो पार्टी ०८४ सम्म यही सरकार जाओस् भन्ने चाहन्छ ।’

माओवादी केन्द्रले विद्युत् प्राधिकरणमा सरकारले गरिरहेको हस्तक्षेपको विरोध गरेको छ । प्राधिकरणले बक्यौता महसुल उठाउन जोड गरिरहे पनि त्यसलाई रोक्न उर्जामन्त्री दीपक खड्काले प्राधिकरणमै कार्यकक्ष खोलेर अवरोध गरिरहेको आरोप लगाएको छ । ‘जसरी प्राधिकरणले बक्यौता महसुल उठाउन जोड दिइरहेको छ, यसलाई रोक्न इतिहासमा कहिल्यै नभएको अनौठो गरी विद्युत् प्राधिकरणमै मन्त्रीले कार्यकक्ष खोलेर प्राधिकरणका काममा अवरोध गर्ने काम भएको छ, यसमा हाम्रो सशक्त विरोध हुनेछ । सरकारले बिचौलिया र भ्रष्टाचारीहरूलाई जोगाउने काम गरिरहेको छ, यसका विरुद्ध व्यवस्थित रूपमा खबरदारी गर्ने पार्टीले निर्णय गरेको छ’, सापकोटाले भने । 

बिहीबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले चुनावी नतिजाबारे रिपोर्टिङसहित प्रारम्भिक समीक्षा भएकाे थियाे । निर्वाचनको नतिजा उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको प्रवक्ता  सापकोटाले बताए ।

मङ्सिर १२ गते बसेको पदाधिकारी बैठकले ७५३ वटै पालिकामा  सम्मेलन गर्न कार्यविधि बनाएर पठाएको थियो । सम्मेलन र खबरदारी सभाका कार्यक्रम सँगसँगै लैजाने सापकोटाले बताए । प्रत्येक पालिकामा केन्द्रीय नेताहरू सहभागी भएर व्यवस्थित ढंगले सरकारलाई खबरदारी गर्ने उनले योजना सुनाए । स्थानीय तह उपनिर्वाचनको नतिजाले एक्लै चुनाव जित्न सक्ने आधार दिएकाले पार्टीले अब मिसन–०८४ को अभियान थाल्ने सापकोटाले बताए । 

‘खबरदारी सभाबारे स्थायी समिति र केन्द्रीय समिति बैठकमा बृहत् छलफल गरी कार्यक्रम बनाएर जान्छौँ । मिसन ०८४ मा होमिनेछौँ । यसका लागि निकै मेहनतसाथ तयारीमा लाग्छौँ । स्थानीय तहको चुनावी परिणामले आधार दिएको छ । बिचमा हामी केही अलमलिएका हौँ, केही बरालिएका हौँ । अहिले आएर जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो भएको छ,’ उनले भने । 

माओवादीले जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणाली, सांसद मन्त्री नभई विज्ञ मन्त्रीको एजेण्डासहित विचार, राजनीति  र कार्यदिशा लिएर जाने तयारीमा रहेको उनको भनाइ छ । पार्टीको आगामी कार्यदिशा, कार्यक्रमबारे छलफल गर्न माओवादीले मङ्सिर २७ गते स्थायी समिति बैठक बोलाएको छ । यसअघि बसेको बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । खबरदारी सभा गर्ने जिम्मा प्रदेशलाई दिएको छ ।

चुनावी परिणामले उत्साहित भएको माओवादी आफ्नै विद्यार्थी संगठन अनेरास्ववियुको २३ औँ राष्ट्रिय सम्मेलन टुङ्ग्याउनेबारे अनिर्णीत देखिएको छ । असोज १० देखि १४ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको सम्मेलन उमेरहद विवादका कारण स्थगित भएको थियो । स्थगित सम्मेलन फेरि गर्न पार्टीसँग परामर्श गरी संगठनका नेताहरूले यही २३ र २४ गते आ–आफ्ना प्रदेशमा सम्मेलन गर्ने  निर्णय गरेको थियो । 

तर नेतृत्व छनोटको विषयलाई शीर्ष नेताहरूले नै प्रतिष्ठाको विषय बनाएपछि यो मुद्दा पेचिलो बन्दै गएको छ । पदाधिकारी बैठकले सम्मेलनबारे कार्यविधि बनाएर स्थायी समिति बैठकमा पेस गर्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतालाई विस्तृत अध्ययन गरेर मात्र आफ्नो धारणा अगाडि सार्ने नीति लिएको छ । नेपाल र चीनबिच भएको ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसन सम्झौतामा मङ्सिर १९ गते सम्झौता भएको थियो । तर यसबारेमा बैठकमा प्रश्न उठे पनि थप छलफल नभएको  उपमहासचिव हरिबोल गजुरेलले बताए । ‘बीआरआईबारे केही छलफल भएन । बैठकमा प्रश्न उठेका थिए । तर यस विषयमा अध्यक्षले थप अध्ययन र बुझेर मात्र जवाफ दिने भनेपछि अरू छलफल भएन,’ गजुरेलले भने ।

त्यस्तै, विचार र एजेण्डा मिल्ने दलहरूसँग एकता गर्नका लागि केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने तयारीमा माओवादी रहेको छ । तत्काल पार्टी  एकताका लागि नेत्रविक्रम चन्द विप्लव र बाबुराम भट्टराईबाट चोइटिएको नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति भइसकेको छ । त्यसका लागि पार्टीको विचार, सिद्धान्त, कार्यदिशा, सांगठनिक संरचना, नाम, चुनाव चिन्ह, लोगो लगायत विषय केन्द्रीय समिति बैठकले टुङ्ग्याउने गजुरेलले बताए । गजुरेलका अनुसार पुन र शेरचनलाई जिम्मेवारी दिने विषय केन्द्रीय समिति बैठकमा पुग्न सक्नेछ ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending