Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

प्रधानमन्त्रीको चीन भ्रमणमा देशको शिर झुक्ने सम्झौता नहोस्

प्रकाश रायमाझी / राजनीतिक विश्लेषक
प्रकाश रायमाझी / राजनीतिक विश्लेषक

विश्वशक्तीका रुपमा उदयमान राष्ट्र चीनले आफ्नो रणनीतिक महत्वको परियोजना बिआरआइलाई कुनैपनि हालतमा नेपालमा कार्यान्वयन गराउन चाहिरहेको छ । सन् २०१७ मा नेपाल र चीनबिच बिआरआई लागु गर्ने सहमती भइसकेको छ, तर यो परियोजना कार्यान्वयनको चरणमा अघि बढ्न सकिरहेको छैन । नेपालका दलहरुको आन्तरिक किचलो तथा भूराजनीतिक चलखेलका कारण बिआरआइ कार्यान्वयनको चरणमा जान नसकेको हो । यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा बिआरआई सम्झौतामा हस्ताक्षर गर्ने पूर्ण तयारीका साथ चीन भ्रमणमा गएका थिए । तर फेरी एकपटक अन्तिम चरणमा पुगेर प्रक्रिया रोकिएको थियो । 
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन प्रस्थान गर्दैछन् । आसन्न चीन भ्रमणमा बिआरआई सम्झौतालाई अघि बढाउन प्रधानमन्त्री ओली अग्रसर देखिन्छन् । तर अर्का सत्ता सहयात्री नेपाली कांग्रेसको साथ नपाएपछि प्रधानमन्त्री दोधारमा देखिन्छन् । नेपाली कांग्रेसको बिआरआइबारे विगतदेखिकै अडान छ– यस अन्तरगतका कार्यक्रमहरु अनुदानमा दिने हो भने मात्र कार्यान्वयन गर्न सकिन्छ । बिआरआईमा एमालेको नरम तथा कांग्रेसको खरो शैली दुबै राष्ट्रहितका भावनाबाट उब्जिएका भने होइनन् । दलीय स्वार्थ र लोलुपता यसका कारण हुन् । नेपालमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकाश बैंक आदिबाट पनि प्रशस्त ऋण लिइएका छन् । अतः राष्ट्रको आवश्यकता हेरेर ऋण लिनै नहुने भन्ने होइन । जबकी एमाले–माओवादीले भनेजस्तो आँखा चिम्लेर चिनियाँ परियोजना लागु गर्नुपर्छ भन्ने तर्कपनि कदापी स्वीकार्य हुन सक्दैन । चीनसँग सम्झौता गरिसकेपछि यसको दिर्घकालीन असरका बारेमा गम्भिर समिक्षा गर्नु राष्ट्रको पहिलो आवश्यकता हो । बिआरआई परियोजना कार्यान्वयन गरिएका राष्ट्रहरुको अवस्था नियाल्ने हो भने, आर्थिक अनियमितता तथा वातावरणीय प्रभावका कारण ३५ प्रतिशतमा यो असफल भएको छ । यसलाई मध्यनजर गर्दै सरकारले बिआरआई कार्यान्वयनको निर्णय गर्न सक्नुपर्छ । वर्तमान अवस्थामा नेपालको आर्थिक तरलता ऋणात्मक रहेको अवस्थालाई ध्यानमा राखेर यो परियोजना अनुदानमै प्रदान गर्नका लागि सरकारले चीन सरकारलाई अनुरोध गर्नु उपर्युक्त हुनेछ । यसका लागि नेपालको मात्र होइन चीनलाई समेत फाइदा हुने शर्तहरु नेपालले अघि सार्न सक्छ । 
राजनीतिक दलहरूको आन्तरिक कलह तथा दलीय स्वार्थले बिआरआईमा राष्ट्रिय सहमतिको वातावरण बन्न सकेन । सत्ता नेतृत्वकर्ता नेकपा एमाले तथा नेपाली कांग्रेस दुबैले दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रहितको पक्षमा अडान लिनु उपर्युक्त हुनेछ । दलहरूले आन्तरिक स्वार्थ र दलीय राजनीतिको संकीर्णताभित्र देशको शासन प्रणालीलाई सीमित गर्दा नेपालको पराष्ट्र नीति इतिहासकै कमजोर अवस्थामा पुगेको छ । परराष्ट्र मामलामा नेपालको साझा धारणा नै नरहेको जस्तो देखिएको छ । सरकारको बदलाव र अनुकुलताका आधारमा परराष्ट्र नीतिहरु बन्ने गरेका छन् । उदाहरणका लागि रुस–युक्रेन प्रकरणमा देउवा सरकारले हतार हतार अमेरिकालाई समर्थन गर्नेगरी आफ्नो धारणा सार्वजनीक गर्यो, नेपालको असंलग्न परराष्ट्र नीतिको विरुद्दमा थियो । नेपालस्थित अमेरिकी दूतावासमा अझैपनि हामी युक्रेनको पक्षमा उभिन्छौँ भन्ने बोर्ड देख्न सकिन्छ । देउवाकै सरकार हुँदा अफगानिस्तानमा युद्धका बेलामा नेपालको हवाई मार्ग प्रयोग गर्नु नेपाललाई अमेरिकाको राजनीतिक स्वार्थभित्र राखेको थियो । त्यस्तै एमसीसी तथा सोहि प्रकृतिका परियोजनाहरु मर्फत नेपालमा अमेरिकी स्वार्थले प्रवेश पाउँदै आएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा त्यसको अघोषित माध्यम बनेका छन्। देउवा आफ्नो दल अथवा राष्ट्रको होइन, नितान्त व्यक्तीगत स्वार्थपूर्तिका लागि विदेशीहरुबाट सञ्चालित हुने गरेका छन् । त्यस्तै माओवादी अध्यक्ष प्रचण्ड, अस्थिर स्वभाव तथा सत्ता लोलुपताका कारण विदेशीका लागि सहज बन्ने गरेका छन् । एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका लागि राष्ट्रवाद एउटा मुकुण्डो मात्र हो । राष्ट्रवादको खोल ओडेर दलीय स्वार्थको संकिर्ण मनोदशा बोक्ने ओलीजस्ता व्यक्तीले राष्ट्रियतालाई शिरमा राख्न सक्दैन, यो पटक पटक प्रमाणित भइसकेको छ । राष्ट्रियताको मामलामा ओलीको धारणा बोलीमा एउटा अनि व्यवहारमा अर्को देखिने गरेको छ । राष्ट्रिय स्वार्थभन्दा दलीय स्वार्थलाई माथि राख्ने ओलीको व्यवहार र गतिविधिहरूबारे चीन अज्ञात छैन । अतः ओलीको भ्रमणलाई चीनले त्यति प्राथमिकता दिने देखिँदैन । विचौलिया र व्यापारी समेत सम्मेलित ८७ जनाको स्वार्थपूर्ण झुण्ड बोकेर ओली चीन जाँदैछन् । त्यसैले पनि प्रधानमन्त्रीको हैसियतले उनको उपस्थिति त्यति बलियो हुने छैन । 
ओलीले अन्य राष्ट्रहरुमा पनि नेपालीको शिरलाई उचो बनाउने काम गर्न सकेका छैनन । यसअघिको अमेरिका भ्रमणमा ओलीको फुर्मास हेर्दा उनी केवल भ्रमणका लागि भ्रमण गर्ने  प्रधानमन्त्री हुन् भन्न अतिशयोक्ती हुँदैन । ओलीका चाहाना देशलाई होइन, पार्टीलाई बलियो बनाउनमा केन्द्रीत हुन्छ । बिआरआई कार्यान्वयन गर्ने सहमती भएपछि यससँग जोडिएर आउने आर्थिक, सामाजिक, रणनीतिक र कूटनीतिक सुरक्षाका विषयहरुमा सरकार गम्भिर हुनुपर्ने देखिन्छ । 
सरकारले दिर्घकालीन राष्ट्रिय हितका लागि निशर्त यो परियोजना अघि बढाउने अडान राख्न सक्छ जस्तो लाग्दैन । यो प्रोजेक्ट राष्ट्रको फाइदाभन्दा बढी राजनीतिक दलका स्वार्थमा केन्द्रीत हुने अवस्था बन्यो भने देशलाई निक्कै हानी हुनेछ । चीनले नेपालको राजनीतिक अवस्था र भूराजनीतिक संवेदनशीलतालाई अत्यन्त नजिकबाट बुझेको छ । चीनले विगतमा नेपाललाई दिँदै आएको सहयोगलाई हस्तक्षेप गर्नेगरी पश्चिमाहरू सफल भइसकेका छन् । अतः नेपालको भूमी उपयोग गरेर चीनलाई खतरा हुने अवस्था बन्न नदिने सूनिश्चितता चीनले नेपालबाट खोजिरहेको छ । यो विश्वास दिलाउन सकेमा मात्र चीनले नेपालको स्वार्थअनुरुप बिआरआई कार्यान्वयन गर्नेबारे सोच्न सक्छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीको परारष्ट्र नीतिमा बलियो अडान नहुँदा चीनले उनलाई सहजै विश्वास गर्ने अवस्था देखिँदैन । गहन अध्ययन नगरी बलियो पूर्व तयारीबिना केवल सत्ता स्वार्थका लागि गरिने यस्ता सन्धि सम्झौताबाट नेपालले आगामी दिनमा धेरै ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति आउन सक्नेछ । 
नेपाली अनुहार भएका विदेशीका एजेन्टहरूले सरकार चलाउँदा नेपालको गौरवमय इतिहासको धज्जी उडिरहेको छ । यस्तै कमजोर र दलीय संकीर्णताभित्र रुमल्लिएका सरकार प्रमुख हुँदा विदेशीहरूले आफ्नो स्वार्थअनुरुपमा सहमती गराउने गरेका छन् । सत्ता लोलुप्त दल–प्रमुखहरुको कुनै अडान हुँदैन । यस्तो अवस्थामा गरिने जुनसुकै सन्धी सम्झौता देशका लागि घातक हुनेछ । चीनले अवश्य पनि प्रधानमन्त्री ओलीबाट बिआरआईमा हस्तक्षर तथा आफ्ना स्वार्थ अनुसारका प्रतिबद्दता खोज्नेछ । अतः प्रधानमन्त्रीज्यू, तपाईंले गर्ने सम्झौताबाट नेपाललाई घाटा नहोस् । भूराजनीतिक  स्वार्थमा नेपाल विदेशीको क्रिडास्थल नबनोस् । विश्व शक्तीका दुई ठुला राष्ट्रका बिचमा रहेको नेपालजस्तो संवेदनशील राष्ट्रले आफ्नो भूराजनीतिक महत्वलाई राम्ररी बुझेर मात्र निर्णय गरोस् भन्ने सुभेच्छा छ । चीन भ्रमणमा नेपालीको शिरझुक्ने कुनैपनि काम नहोस्, अन्यथा जनताले यसको हिसाब राख्नेछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ?’

काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...

सार्वजनिक यातायात अपाङ्गमैत्री छैन, सुविधा कागजमै सीमित

काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...

समानुपातिक निर्वाचनमा भाग लिन दललाई आयोगको निवेदन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...

प्रधानमन्त्रीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...

एमालेको दलित प्रतिनिधि व्यवस्था: समानता कि अलगाव ?

काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक, निर्वाचन तयारीबारे आयोगले ब्रिफिङ दिने

काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...

राजविराजमा एक करोडको पम्प स्टेसन ६ वर्षदेखि अलपत्र, पानी आपूर्ति हुन सकेन

राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...

हेटौँडामा सडक विस्तारका क्रममा अतिक्रमित ५३१ घरटहरा भत्काइने, २० मंसिरदेखि मैदानमा डिभिजन

 मकवानपुर ।  मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...

स्थानीय विवादका कारण रु २.३६ करोड खर्च भएका सरकारी भवन प्रयोगविहीन

बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...

बर्खा लाग्नुअघि बीपी राजमार्ग पुनर्निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending