काठमाडौँ । भारत र अस्ट्रेलियाबीचको पहिलो टेस्ट पहिलो दिनमा रोमाञ्चक बनेको छ ।
अस्ट्रेलियाको पर्थमा आजदेखि शुरु भएको ५ खेलको सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले १५० रन बनाउदा अल आउट भएपछि आफ्नो ब्याटिंग शुरु गरेको अस्ट्रेलियाले पहिलो दिनको खेल सकिदा ७ विकेट गुमाएर ६७ रन बनाएको छ । पहिलो दिनको खेल सकिदा अस्ट्रेलिया ८३ रनले पछाडी रहेको छ ।
अस्ट्रेलियाका लागि ट्राभिस हेडले ११ र डेभ्यु खेल खेलिरहेका नाथन म्याकस्वीनीले १० रन बनाएका थिए । त्यस्तै यस खेलमा स्टिभ स्मिथ गोल्डेन डक भएका थिए । अस्ट्रेलियाका लागि एलेक्स केरी १९ रन बनाएर खेलिरहेका छन् भने मिचेल स्टार्क ६ रन बनाएर खेलिरहेका छन् ।
अस्ट्रेलियाको शिर्ष ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा कप्तान जसप्रित बुमराहले ४ विकेट लिएका थिए भने मोहमद सिराजले २ तथा हर्षित रानाले एक विकेट लिएका थिए ।
यस अघि भारतका लागि डेभ्यु खेल खेलिरहेका नितिश कुमार रेड्डीले सर्बाधिक ४१ रन बनाए भने ऋषव पन्तले ३७, केएल राहुलले २६ रन बनाएका थिए ।
त्यस्तै भारतको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा अस्ट्रेलियाका बलर जोश हजेलवूडले सर्बाधिक ४ विकेट लिए भने मिचेल स्टार्क, पाट कमिन्स र मिचेल मार्शले २-२ विकेट लिएका थिए । यस खेलमा भारतका कप्तान रोहित शर्माको अनुपस्थितिमा जसप्रित बुमराहले कप्तानी गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: