Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’

खबरडबली संवाददाता

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त रहेको बताएका छन् । 

प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा यहाँ आयोजित मुख्य न्यायाधिवक्ताको छैटाैँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले यो शासन व्यवस्था स्थापना भएको १० वर्ष भएकाले यसको राम्रा र कमजोर पक्षको सिंहावलोकन गर्दै आगामी दिनको बाटो तय गर्नुपर्ने उल्लेख गरे । 

मुख्यमन्त्री कार्कीले प्रदेश संरचनालाई बलियो बनाउँदा शान्ति सुरक्षा, विकास र जनतासँग नजिकको सम्बन्ध स्थापित हुने धारणा राखे । उनले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा प्रदेश संरचनाले पूर्वाधार विकासमा उल्लेखनीय कार्य, बेरुजु कम जस्ता उल्लेख हुनु सुखद भएको बताए । 

उनले संविधान संशोधन गर्दा संविधानका कमीकमजोरी हटाइ निर्वाचनमा राजनीतिक दलले बहुमत प्राप्त गर्ने किसिमले संशोधन गर्नुपर्ने सुझाव दिए । कोशी प्रदेशका  सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभाका मुख्य न्यायाधिवक्ता, वरिष्ठ अधिवक्ताको सुझावले कानुन निर्माणमा सहयोग पुग्ने जानकारी दिए । उनले कानुन जनस्तरमा पुर्‍याउन ६३ स्थानीय तहमा अन्तरक्रिया गरेको बताए । 

महान्यायाधिवक्ता रमेश बडाल, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी, प्रदेशका मुख्य महान्यायाधिवक्ता  नारायण बस्ती, वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, पूर्व मुख्य न्यायाधिवक्ताद्वय बुद्धिबहादुर कटुवाल, चूडामणि आचार्य र सह न्यायाधिवक्ता निर्मला दाहालले संविधान कार्यान्वयनमा सबैले आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । 

प्रदेश कानुन निर्माणमा देखा परेका समस्या समाधानका सम्बन्धमा छलफल, मुख्य न्यायाधिवक्ताको कार्यालयमा आउने समस्या समाधानका उपाय, सातवटै प्रदेशका मुख्य न्यायाधिवक्ताका कार्यसम्पादनका अनुभव आदानप्रदान गर्ने सम्मेलनको उद्देश्य छ ।

दुई दिने सम्मेलनमा सात प्रदेशका मुख्य न्यायाधिवक्ता, कार्यालय प्रमुख, उच्च अदालत, जिल्ला अदालतका न्यायाधीश, उच्च र जिल्ला वारका प्रतिनिधिको सहभागिता रहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: