काठमाडौं। कुल ४३ किलोमिटर लामो नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको नौबिसे–मलेखु सडक निर्माण कार्यले तीव्रता पाएको छ। हालसम्म २५ किलोमिटर सडक कालोपत्रे र २ किलोमिटर ढलान (रिजिड पेभमेन्ट) सम्पन्न भई कुल २७ किलोमिटर सडक निर्माण सकिएको छ।
नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)का योजना प्रमुख केशव ओझाका अनुसार आयोजनाको समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको छ।
आयोजनाले चालु आर्थिक वर्षभित्र ७५ प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्य राखेको थियो। तर अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको अभाव तथा मध्यपूर्वमा उत्पन्न तनावका कारण आपूर्तिमा समस्या हुँदा निर्माण कार्य प्रभावित भएको थियो। हाल पूर्वाधार विकास मन्त्रालयको सहजीकरणपछि बिटुमिन आपूर्ति सहज बनेसँगै कामले पुन: गति लिएको ओझाले बताए।
उनका अनुसार पहिलो प्याकेजअन्तर्गत पर्ने नागढुंगा–नौबिसे खण्डको भौतिक प्रगति ८८ प्रतिशत पुगेको छ। दोस्रो प्याकेजअन्तर्गत नौबिसे–मलेखु खण्डमा हालसम्म २५ किलोमिटर सडक कालोपत्रे गरिएको छ। यसमध्ये २।५ किलोमिटर दुई लेनमा र बाँकी २२।५ किलोमिटर पूर्ण चौडाइमा कालोपत्रे गरिएको छ।
ओझाले मौसम अनुकूल रहे वर्षायामअघि नै बाँकी काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार ४३ किलोमिटरमध्ये २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलानको काम पूरा भइसकेको छ।
निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ज्ञानेन्द्र घिमिरेका अनुसार मौसमले साथ दिए आगामी केही दिनभित्र थप ६ किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ। बिटुमिन आपूर्ति सहज भएपछि नौबिसे–मलेखु खण्डमा मात्रै थप ३।३ किलोमिटर सडक कालोपत्रे गरिएको उनले जानकारी दिए।
उनले हाल दैनिक ४०० देखि ५०० मिटरसम्म सडक कालोपत्रे गर्ने क्षमतामा काम भइरहेको बताए। प्रतिकूल मौसम र केही प्राविधिक चुनौतीका बाबजुद आयोजनाले यसै आर्थिक वर्षको अन्त्यसम्म ६५ प्रतिशत भौतिक प्रगति हासिल गर्ने संशोधित लक्ष्य लिएको छ।
आयोजनाले वर्षायामअघि उत्खनन गरिएका पुराना पिच खण्डलाई पुन: कालोपत्रे गरी सवारी आवागमन सहज बनाउने कार्यलाई उच्च प्राथमिकता दिएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०८३ - १२:१८
नेपालगन्ज। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पश्चिम नेपालका बाँके, बर्दिया, रोल्पा, दाङ, प्युठानलगायत जिल्लाको विद्युत् आपूर्ति, वि...
आषाढ़ २२ गते, २०८३ - ११:५५
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन्। उनी आइतबार राति करिब १० बजे त्रिभुवन अन्तर...
आषाढ़ २२ गते, २०८३ - ११:२१
संयुक्त राज्य अमेरिका। विश्वकपको अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेयमारले आफ्नो अन्तर्राष्ट्...
आषाढ़ २२ गते, २०८३ - १०:५६
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्...
आषाढ़ २२ गते, २०८३ - १०:३९
काठमाडौं। कुल ४३ किलोमिटर लामो नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको नौबिसे–मलेखु सडक निर्माण कार्यले तीव्रता पाएको छ। हालसम्म २५ ...
आषाढ़ २१ गते, २०८३ - १८:१२
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...
आषाढ़ २१ गते, २०८३ - १७:२१
विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...
आषाढ़ २१ गते, २०८३ - १७:१२
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...
आषाढ़ २१ गते, २०८३ - १६:४६
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...
आषाढ़ २१ गते, २०८३ - १६:३१
धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...



प्रतिकृया लेख्नुहोस्: