Ntc summer Offer
Khabar Dabali २० मंसिर २०८१ बिहीबार | 5th December, 2024 Thu
Investment bank

महिला साफ फुटबलमा टिकट विक्रीमा भष्ट्राचार भएको एन्फा वरिष्ठ उपाध्यक्ष खड्काकाे आरोप

खबरडबली संवाददाता

काठमाडौं । हालै सम्पन्न साफ महिला फुटबल च्याम्पियनसिपको दर्शक टिकट विक्रीमा आर्थिक अनियमितता र भष्ट्राचार भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले आरोप लगाएका छन् । 

खड्काले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एन्फाद्वारा टिकट विक्रीका लागि गठन गरिएको  पाँच सदस्यीय समितिले नै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उलङ्घन गरी भ्रष्टाचार गरेको आरोप लगाए । एन्फा कार्यसमिसित बैठकले प्रतियोगिताको टिकट दर निर्धारण र व्यवस्थापनका लागि कार्यसमिति सदस्य पुरुषोत्तम थापाको संयोजकत्वमा विकास नारायण श्रेष्ठ, प्रवीण यादव, सुरेश शाह र दामोदर भट्टराईसहित पाँच सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले कार्यसमितिको निर्णय र एन्फाको विधान विपरीत टिकट विक्रीका लागि टेन्डर आह्वान गरेको पनि खड्काले बताए । 

टिकटका लागि माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले एन्फासँग ८० लाख रुपियाँमा टिकट विक्रीको अधिकार किनेको थियो । तर, माउन्ट एभरेस्टलाई भारतविरुद्धको तनावपूर्ण सेमिफाइनल खेलपछि सम्झौता विपरित क्षमता भन्दाबढी टिकट बेचेको आरोप लगाउँदै एन्फाले नेपाल र बङ्गलादेशबिचको फाइनलको टिकट आफैले बेच्ने निर्णय गरेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवलपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

नवलपुर । नवलपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार नव...

कंगोमा अज्ञात रोगबाट ७९ बढीको मृत्यु

काठमाडौं । कंगोमा फ्लूको जस्तो लक्षणहरू देखिने अज्ञात रोगबाट कम्तीमा ७९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा अधिक...

दक्षिण चीनमा रेलमार्ग निर्माणस्थल भत्किँदा १३ जना बेपत्ता

बेइजिङ । चीनको दक्षिणी शहर शेन्जेनमा एउटा प्रमुख रेलमार्गको निर्माणस्थलमा पहिरो खस्दा १३ जना बेपत्ता भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् ...

बीआरआईबाट नेपालले अधिकतम लाभ लिन सक्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताएका छन् । प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण ...

साउदीअरबले काटयो पुष्पाः२ को १९ मिनेटको सिन

मुम्बइ । अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ रिलिज भएदेखि नै देशभर ब्लकबस्टर बनेको छ ।  सुकुमारको निर्देशनमा बनेको यो चलचित्रलाई लिएर सामाजिक सञ्जालमा...

कोरियाली राष्ट्रपति बिरूद्दको महाअभियोगमा सत्तारूढ ५ सांसदले मतदान गर्ने संकेत

सियोल । कोरियाली सत्तारूढ दलका पाँच सांसदले महाअभियोगको पक्षमा मतदान गर्ने संकेत गरेका छन् ।  पत्रकार सम्मेलन गरेर सत्तारुढ दल पीपुल पावर पार्टी (प...

ग्रामीण दूरसञ्चार विकास कोष कार्यान्वयन गर्न सञ्चार मन्त्री गुरुङको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राविधिकरणल...

आशा लाग्दो शिक्षा बनाउने गृहकार्यमा छौँ : शिक्षामन्त्री भट्टराई

कास्की । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकार आशा र भरोसा लाग्दो शिक्षा बनाउने गृहकार्यमा  सक्रिय रहेको बताएकी छिन् ।  पोखरा ...

सन् २०२४ मा प्राकृतिक विपत्तिका कारण तीन खर्ब १० अर्ब अमेरिकी डलर बराबरको क्षति

जुरिच । प्राकृतिक प्रकोपका कारण यस वर्ष विश्वभर अनुमानित तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्विस रेले बिहीबार जनाएको छ...

कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ खसिबजारस्थित सडकमा मंगलबार राती भएको दुर्घटनामा पैदलयात्रुको मृत्यु भएको छ ।  बा.प्र.०२–०२९ प १२७८ नम्बरको मोटर...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy