ताप्लेजुङ । ताप्लेजुङमा आउँदो मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ । जिल्लामा रिक्त रहेको एक मात्र सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको र सो निर्वाचनका सरगर्मी बढ्दै गएको हो ।
सिकैँचामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने निश्चित भएसँगै यतिबेला ठुला दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलले आफ्नो पक्षमा माहौल बनाउन गृहकार्यमा जुटेका छन् । दलहरू आफ्नो पक्षमा माहौल बनाउने र उम्मेदवारको टुङ्गो लगाउने अन्तिम कसरतमा रहेका छन् ।
सम्बन्धित वडाको वस्तुस्थितिअनुसार उम्मेदवार छनोट गर्ने तयारी गरिरहेको नेपाली कांग्रेसले जनाएको छ । शनिबार कांग्रेसले जिल्ला सभापति गजेन्द्र तुम्याहाङसहितका पदाधिकारीको टोली सिकैँचा पुगेर उपनिर्वाचन लक्षित कार्यक्रम गरेको छ । वडाभित्रको तत्कालको अवस्थाबारे जानकारी लिन र आफ्नो पार्टीतिर चुनावी माहौल बनाउनलाई पदाधिकारीसहितको टोली सिकैँचामा पुगेको जिल्ला सभापति तुम्याहाङले जानकारी दिए ।
यस्तै, नेकपा (एमाले) का जिल्ला सचिव सन्तोष चाम्लिङले पनि पार्टीले उपनिर्वाचनको तयारीलाई तीव्र पारेको बताए । एमालेको पक्षमा माहौल रहेको र सोहीअनुसार निर्वाचित तयारीलाई अगाडि बढाइरहेको सचिव चाम्लिङको भनाइ छ । त्यस्तै, माओवादी केन्द्रले पनि आन्तरिक रूपमा चुनावको तयारी गरिरहेको केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्रीले जानकारी दिए ।
सकेसम्म ठुला दललाई पराजित गर्नेगरी तयारीमा जुट्दै आएको बुढाक्षेत्रीले बताए । दलहरूले वडामा पुगेर कार्यकर्ता तथा मतदातासँग भेटघाट, परामर्श गर्नेजस्ता गतिविधि सुरु गरेको छन् । यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भई दिलप्रसाद बोखिम निर्वाचित भएका थिए । बोखिमले वडाध्यक्ष पदबाट राजीनामा दिएपछि सिकैँचामा उपनिर्वाचन हुन लागेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: