Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

उपनिर्वाचनको सरगर्मी बढ्दै

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङमा आउँदो मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ । जिल्लामा रिक्त रहेको एक मात्र सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको र सो निर्वाचनका सरगर्मी बढ्दै गएको हो । 

सिकैँचामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने निश्चित भएसँगै यतिबेला ठुला दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलले आफ्नो पक्षमा माहौल बनाउन गृहकार्यमा जुटेका छन् । दलहरू आफ्नो पक्षमा माहौल बनाउने र उम्मेदवारको टुङ्गो लगाउने अन्तिम कसरतमा रहेका छन् । 

सम्बन्धित वडाको वस्तुस्थितिअनुसार उम्मेदवार छनोट गर्ने तयारी गरिरहेको नेपाली कांग्रेसले जनाएको छ । शनिबार कांग्रेसले जिल्ला सभापति गजेन्द्र तुम्याहाङसहितका पदाधिकारीको टोली सिकैँचा पुगेर उपनिर्वाचन लक्षित कार्यक्रम गरेको छ । वडाभित्रको तत्कालको अवस्थाबारे जानकारी लिन र आफ्नो पार्टीतिर चुनावी माहौल बनाउनलाई पदाधिकारीसहितको टोली सिकैँचामा पुगेको जिल्ला सभापति तुम्याहाङले जानकारी दिए । 

यस्तै, नेकपा (एमाले) का जिल्ला सचिव सन्तोष चाम्लिङले पनि पार्टीले उपनिर्वाचनको तयारीलाई तीव्र पारेको बताए । एमालेको पक्षमा माहौल रहेको र सोहीअनुसार निर्वाचित तयारीलाई अगाडि बढाइरहेको सचिव चाम्लिङको भनाइ छ । त्यस्तै, माओवादी केन्द्रले पनि आन्तरिक रूपमा चुनावको तयारी गरिरहेको केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्रीले जानकारी दिए । 

सकेसम्म ठुला दललाई पराजित गर्नेगरी तयारीमा जुट्दै आएको बुढाक्षेत्रीले बताए । दलहरूले वडामा पुगेर कार्यकर्ता तथा मतदातासँग भेटघाट, परामर्श गर्नेजस्ता गतिविधि सुरु गरेको छन् । यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भई दिलप्रसाद बोखिम निर्वाचित भएका थिए । बोखिमले वडाध्यक्ष पदबाट राजीनामा दिएपछि सिकैँचामा उपनिर्वाचन हुन लागेको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending