Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

अमेरिकाविरोधी गतिविधिमा संलग्न भएको आरोपमा अवामी लिगका नेता कार्यकर्ता पक्राउ

खबरडबली संवाददाता

ढाका । अमेरिकाविरोधी गतिविधिमा संलग्न भएको आरोपमा अवामी लिगका नेता कार्यकर्ता पक्राउ गरिएको बङ्गलादेशको प्रहरीले जानकारी गराएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्लेकार्डसहित प्रदर्शन गर्न आदेश दिएपछि बंगलादेशका अपदस्थ पूर्व नेता शेख वाजेद हसिनाका समर्थकलाई पक्राउ गरिएको प्रहरीले आइतबार जनाएको हो । 

पूर्व प्रधानमन्त्री शेख हसिना (७७) गत अगष्ट ५ मा हेलिकप्टरबाट भारत तर्फ भागेकी थिइन् । त्यसयता नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा कामचलाउ सरकारले कार्यभार सम्हाल्दै आएको छ । यसलाई लोकतान्त्रिक सुधार कार्यान्वयन गर्ने र निर्वाचन गराउने जिम्मेवारी दिइएको छ ।

प्रहरीले ‘देश विरोधी’ को संज्ञा दिएको १० जना प्रदर्शनकारीलाई शनिबार राति पक्राउ गरेको थियो र करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशलाई अस्थिर बनाउने प्रयास गरेको आरोप लगाइएको थियो । ढाका महानगर प्रहरीका प्रवक्ता मोहम्मद तालेबुर रहमानले भने, “हामी उनीहरूको अपराधको मूल्याङ्कन गरिरहेका छौँ ।”

हसिनाको अवामी लिगले आइतबार आयोजना गरेको धम्कीपूर्ण र्‍यालीको पूर्वसन्ध्यामा उक्त सानो विरोध प्रदर्शन भएको थियो, जसलाई अन्तरिम सरकारले ‘फाँसीवादी’ गतिविधि भन्दै प्रतिबन्ध लगाएको थियो । विद्यार्थीहरूले ढाकाको मध्य भागमा विरोध प्रदर्शनको आह्वान गरेका छन् । 

हसिनाको शासन ढलेपछि उनका दर्जनौँ सहयोगीलाई गिरफ्तार गरिएको छ र पूर्व प्रधानमन्त्री हसिनाविरूद्ध आन्दोलनका क्रममा ७०० भन्दा बढी व्यक्तिको ज्यान जाने गरी भएको प्रहरी कारबाहीमा दोषी ठहर गरिएको छ । अवामी लिगप्रति वफादार अन्य नेताहरू लुकेर बसेका छन् । हसिनाको अडियो रेकर्डिङ सामाजिक सञ्जालमा भाइरल भएपछि उनका समर्थकलाई आइतबार प्रदर्शन गर्न र ट्रम्पको फोटो र अमेरिकी झण्डा अङ्कित प्लेकार्ड बोक्न आग्रह गरिएको प्रहरीले जनाएको छ । “उनले प्लेकार्डलाई ढालको रूपमा प्रयोग गर्न र कुनै आक्रमण भएमा फोटो र भिडियो फुटेज लिन आग्रह गर्नुभएको थियो,” प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“उनीहरूले संयुक्त राज्य अमेरिकासँगको बङ्गलादेशको मैत्रीपूर्ण सम्बन्धलाई कमजोर पार्ने षडयन्त्र रचिरहेका थिए ।” हसिनाको पार्टीले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले सरकारले बिना प्रमाण उनको शासनको विरोधमा प्रदर्शनलाई प्रोत्साहित गरेको आरोप लगाएको थियो । उनको १५ वर्ष लामो शासनकालमा विपक्षीहरूलाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्नबाट रोक्ने घटनाहरू भएका थिए । हसिनालाई सत्ताच्युत गरेपछि पदभार ग्रहण गरेका ८४ वर्षीय युनुसले ट्रम्पको चुनावी विजयपछि उनलाई बधाइ तथा शुभकामना दिँदै आफू अमेरिकासँग मिलेर काम गर्न आतुर रहेको बताएको थियो । 

प्रहरीका अनुसार अवामी लिगले र्‍याली गर्न अनुमति मागेको थिएन भने युनुसका प्रेस सचिवले हसिनाको पार्टीलाई मार्च गर्न अनुमति नदिइएको बताएको थियो । शफिकुल आलमले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अवामी लिग, यसको वर्तमान स्वरूपमा, एक फासीवादी पार्टी हो ।”

“‘सामूहिक हत्यारा र तानाशाह’ को आदेशमा र्‍याली, जमघट वा जुलुस निकाल्ने कोसिस गर्ने जो कोहीले पनि कानुन कार्यान्वयन गर्ने निकायको पूर्ण बलको सामना गर्नेछ,” उनले बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना समर्थित समूहलाई इङ्गित गर्दै भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाजामा हमासका हतियार प्रमुखलाई मारेको इजरायलको दाबी

जेरुसलेम । इजरायलले गाजा पट्टीमा शनिबार भएको आक्रमणमा हमासको सैन्य शाखाको हतियार उत्पादन प्रमुखको हत्या गरेको बताएको छ। गाजा शहरको दक्षिणपश्चिममा र...

कम्बोडिया र थाइल्यान्डको सीमा क्षेत्रको झडप दोस्रो सातामा प्रवेश

कम्बोडिया । कम्बोडिया र थाइल्यान्डबीच नयाँ सीमा भिडन्त आइतबार दोस्रो हप्तामा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातक लडाई रोक्न युद्...

सीमा क्षेत्रमा भएको झडपमा पहिलो गैर–सैनिक थाइ नागरिकको मृत्यु

बैङ्कक । थाइल्यान्डको स्वास्थ्य मन्त्रालयले आइतबार कम्बोडियासँगको सीमा भिडन्तमा एक सर्वसाधारणको मृत्यु भएको बताएको छ । थाइल्यान्डको स्वास्थ्य मन्त्...

हतियार राख्ने ‘वैध अधिकार’ रहेको हमासको दावी

काठमडाैँ । हमास लडाकु समूहसँग हतियार राख्ने ‘वैध अधिकार’ रहेको समूहको गाजा प्रमुख खलील अल–ह्याले आइतबार बताएका छन् । गाजा युद्धविरामको अर्को चरणको ...

सङ्खुवासभामा आगलागीमा परेर एक वृद्धको मृत्यु

सङ्खुवासभा । चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुस...

‘नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना छ’

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा 'ठुल्दाइ'का उपनामले परिचित अभिनेता शिव श्रेष्ठले नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना रहेको बताएका छन...

पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित

रसुवा । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ । सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको म...

एमाले विधान विवाद: विधि कि व्यक्ति ?

बहुमतको आडमा विधान संशोधन र पार्टी लोकतन्त्रको प्रश्न

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending