Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

हिन्दु आस्थाको पर्वः छठ

मुकुन्द प्रसाद भट्टाराई
मुकुन्द प्रसाद भट्टाराई

संंस्कृतिले भरिपूर्ण भएको देश नेपालमा दशैं, इद र तिहार सकिन नपाउँदै तराईवासीहरूलाई प्रमुख चाड छठको चटारोले छोपेको हुन्छ। नेपालको मध्य र पूर्वी तराईका छठका लागि नगर क्षेत्रका पोखरीको सफाई पश्चात् घर, चोक, गल्ली तथा नदी पोखरीहरू बेहुलीझैँ झिलिमिलि सिंगारिन्छन्।

त्यसैगरी हरेक घर, चोक, छठका गीतले वातावरण गुञ्जायमान बनिरहेका हुन्छन्। भनिन्छ नेपालको मध्य र पूर्वी तराईको सांस्कृतिक पर्व नै छठ हो भने पहाडप् समदायले समेत उत्तिकै उत्साह एवं भक्तिका साथ यो पर्व मनाउन थालेको छ।

छठ पर्व मनाउनुका पछाडि अनेक पौराणिक तथा लोक कथाहरू छन्। यसको पछाडि एउटा लामो इतिहास छ। सूर्य उपासनाको परम्परा वैदिककालदेखि रहेको छ जहाँ सूर्यलाई प्रत्यक्ष देवता स्वीकार गरिएको छ।

जनश्रुति अनुसार जुवामा राजपाट हारेपछि पाण्डव आफ्नी पत्नी द्रौपदीसँग वन-वन भौतारिएर हिँडिरहेका थिए। पाण्डवहरूको दुःखको कारण दुःखी द्रौपदीले राज्यको प्राप्तिसँग सुख समृद्धि तथा शान्तिको लागि कार्तिक महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा भगवान सूर्य नारायाणको उपासना गरेकी थिइन्। द्रौपदीको श्रद्धा तथा भक्तिबाट प्रभावित भएर भगवान श्री सूर्यले मनोवान्छित फल प्रदान गर्नु भएकोले त्यसैबाट पाण्डवहरूले आफ्नो हराएको राजपाठ प्राप्त गरेको हुन भनिन्छ।

फेरि अर्को कथा अनुसार मगधका राजा जरासन्घको पूर्वजलाई कृष्ठरोग लागेको थियो। उनलाई कुष्ठरोग ठीक गर्नका लागि शाकलद्वीपबाट ब्राम्हणलाई बोलाइएको र उनले सूर्यको उपासनाद्वारा कृष्ठरोग ठीक गरेको भन्ने भनाइ छ। त्यसैबाट आकर्षित भई मगधका नागरिकले छठ पर्व मनाउन लागेका मानिन्छ।

भनिन्छ कि मगधबाट नै सर्वप्रथम सूर्यको उपासना शुरु भयो। मग ब्राम्हणबाट आवृत्त भएको कारणले नै यो क्षेत्र मगध कहलिएको हो। यी मग ब्राम्हण सूर्यको उपासक थिए। सूर्यको किरणबाट उपचार गर्दा यिनीहरूलाई प्रशस्त सफलता मिल्यो। त्यसैले पूरा निष्ठा एवं नियमपूर्वक चार दिवसीय सूर्यको व्रतको उपासनाका रूपमा छठ पर्वको परम्परा प्रचलित भयो र समृद्ध समेत हुँदै गयो भन्ने भनाइ छ।

एउटा जनश्रुति यो पनि छ कि भगवान शिवको वीर्यबाट उत्पन्न स्कंटको छ कृत्तिकाले एकै साथ आफ्नो दूध चुसाएर उसको प्राणको रक्षा गरेको थियो।

त्यससमय स्कंटको छ वटा मुख भएको थियो। यो घटना जुन महिनामा घटेको थियो त्यस महिनाको नाम नै कार्तिक थियो। त्यसैले कृत्तिकाका छोरालाई दूध चुसाइएको कारण स्कंटको नाम कार्तिकेय रहेको हो। अतः छठीमैयाँको पूजा कार्तिक महिनाको शुक्ल पक्षको षष्ठी तिथीमा हुने गर्दछ। यो पर्व बच्चाको कष्ट निवारण एवं सुख समृद्धिका लागि गर्ने गरिन्छ।

यसै सम्बन्धमा एक अर्को प्रसिद्ध कथा पनि छ। धेरै उमेर भै सक्दा पनि राजा प्रियव्रतका कोही सन्तान भएनन्। तब उनले कश्यप ऋषिद्धारा पुत्रेष्टियज्ञ गराए। यज्ञपश्चात् रानी गर्भवती भइन् तर उनको गर्भबाट मृत पुत्र जन्मियो। यो देखेर रानी बेहोस भइन्। प्रियव्रत मृत शिशुलाई लिएर मसानघाट गए, तर उनी त्यहाँ वौलाहाजस्ता भई प्रलाप गर्न लागे।

त्यसै समयमा आकाशबाट एउटा ज्योतिर्मय विमान आयो। त्यस विमानमा एउटा देवी बसेकी थिइन्। राजा प्रियव्रतले पुत्रलाई पृथ्वीमा राखी तिनै देवीको स्तुति गर्न लागे।

त्यसपछि देवीले भनिन्- “म ब्रम्हाको मानसपुत्री षष्ठी देवी हुँ। म सबै बालकको रक्षिका हु साथै अपुत्रोलाई पुत्र प्रदान गर्दछु। मेरो पिताले मेरो विवाह स्वामी कार्तिकेयसँग गरिदिनु भएको हो। म सबै मातृकामध्ये विख्यात स्कंदकी पत्नी हुँ । म मूल प्रकृतिको छैठौं अंशबाट उत्पन्न भएको कारण मलाई षष्ठी भन्दछन्। म पुत्र नहुनेको लागि पुत्र, धन नहुनेको लागी धन, रोगीलाई निरोगी, कर्म गर्नेको लागि कर्मको फल प्रदान गर्दछु” यति कुरा भनी देवीले मृत शिशुलाई स्पर्श गरेपछि शिशु जीवित भयो। प्रियव्रतको प्रसन्नताको कुनै सीमै रहेन। उनले अनेक प्रकारले षष्ठी देवीको स्तुति गर्न लागे। राजाबाट भएको स्थुतिले प्रसन्न भएर देवीले भनिन्-“राजन! तिमी यस्तो व्यवस्था गर ता कि सबै मानिसले मेरो पूजा गरुन्” यति भनेर देवी अन्तध्र्यान भइन्।

राजाले देवीको आज्ञा शिरोधार्य गरी राजाबाट व्यापक रूपमा प्रचार प्रसार गरि दिएपश्चात् यो पूजा कार्तिक महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा षष्ठी देवी या छठी देवीका व्रतको रूपमा सुरु हुन लाग्यो।

यस पर्वमा भगवान सूर्यको साथसाथै षष्ठी देवी या छठी देवीको समेत पूजा उपासना हुने गर्दछ। यो पर्व कार्तिक एवं चैत्र महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा मनाइन्थ्यो तर हाल चैत्र महिनामा मनाइएको थाहा पाइदैन जसरी चैत्र महिनामा मनाइने चैते दशैजस्तै गरी हराइसकेको छ। यस पर्वको कुल अनुष्ठान चार दिनको हुन्छ। यस पर्व महिला एवं पुरुष दुवैले गर्दछन् तर विशेष गरी महिलाले धेरै गर्दछन्।

यो पर्व चतुर्थी तिथिबाट प्रारम्भ हुन्छ र सप्तमी तिथिमा समाप्त हुन्छ। यस पर्वमा व्रतालु नियम निष्ठामा रहन्छन् । उनीहरू पवित्र जलाशयमा नुहाएर शुद्ध भोजन ग्रहण गर्दछन् । यसलाई स्थानीय भाषामा “नहा-खा” या “नहाय-खाय” भनिन्छ। अर्थात नुहाएर खाना खानु भनिएको हो।

छठ पर्वको अघिल्लो दिन भएकाले ब्रतालुहरू व्रत बसेर साँझ नुहाएपछि माटोको चुलो स्थापना गरी प्रसाद बनाउने परम्परा छ। प्रसादको रूपमा खीर र पिठोको रोटी शुद्ध घिउबाट बनाइएको मिठाई, ठेकुवा विभिन्न परिकार तथा मौसमी फलफूल आदि भगवान सूर्यलाई भोग लगाई ग्रहण गरी आफ्नो उपवास समाप्त गर्दछन्।

षष्ठी तिथि नै मूल पर्व हो। यस दिनमा उपवास राखिन्छ । व्रतालु सूर्य डुब्नुभन्दा एकाध घण्टा अघि नदी, पोखरी आदिको छेउमा बनाइएको घाटमा जान्छन्। ब्रतालु महिलाहरू नयाँ लुगा, गरगहना आदि लगाएर सजिसजाउ भै छठी माता एवं भगवान सूर्यलाई लोकगीत गाएर आ-आफ्नो घरबाट बाहिर निस्कन्छन्।

अर्घ दिनु अगाडिसम्म गीत गाई रहन्छन्। तत्पश्चात् पानीमा उभिएर डुब्न लागेको सूर्यलाई अर्घ दिन्छन्। पकाइएको मिष्ठान्न, फल बाँसको ढकीमा सजाएर सूर्यलाई अर्घ अर्पण गरिन्छ। अर्घमा मौसमी फल तथा पिठो र सख्खरबाट शुद्ध घिउमा बनाइएको ठेकुवा हुनु अनिवार्य छ।

व्रतालुले नुहाएपछि चिसै कपडा लगाई डुब्न लागेको सूर्यलाई अर्घ दिन्छन्। केही ब्रतालुले नुहाएर अर्घमा दूध पनि चढाउँछन्। यो उनीहरूले मागेको कुरा पूर्ण भएको खुशीमा गर्दछन्। यसपछि सबै व्रतालु घर फर्कन्छन्।

अर्को दिन बिहान (झिसमिसे मै) पूनः नदी तलाव पोखरीमा सबै व्रतालु पुग्दछन् र भगवान सूर्यको उदाउने प्रतीक्षा गर्दछन्। उदाउदो सूर्यलाई व्रतालुले नुहाएर पूनः अर्घ प्रदान गर्दछन्। अर्घ दिइसकेपछि सबै व्रतालु एक ठाउँमा बसी छठसँग सम्बन्धित कथा सुनाउने, सुन्ने गर्दछन्। यसदिन छठ पर्व समाप्त हुन्छ। अतः यस दिनलाई पारण भनिन्छ।

यो पर्व नेपालको गाउँ र शहर काठमाडौं उपत्यकाका रानीपोखरी, बागमती, विष्णुमती, मनहरा, कमलपोखरी, जनकपुर, वीरगन्ज, विराटनगर लगायत नेपालका धेरै ठाउँमा मनाइन्छ।

यो सम्पूर्ण नेपालीको साझा पर्वजस्तो भैसकेको छ। त्यसैगरी भारतको बिहार, पूर्वी उत्तर प्रदेश एवं झारखण्डका साथै मुम्बई, दिल्ली, पञ्जाव लगायत अधिकांस ठाउँमा मनाउने गरेको पाइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ

सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...

कस्ताे रहला शनिबारको मौसम ? लुम्बिनी–सुदूरपश्चिमका तराईमा तातो लहरको चेतावनी

काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...

महाधिवेशनपछि नेतृत्व छाड्ने प्रचण्डको घोषणा, ‘अब नयाँ पुस्ताले पार्टी हाँक्छ’

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...

बजेट छ, योजना छ, ठेकेदार छन्, तर पुल छैन ! अनि श्रमदानले केही दिनमै कसरी बन्छ पुल ?

काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending