सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–७, कपासेमा वनभोज खाएर फर्कँदै गरेका यात्रु बोकेको फोर्स गाडी दुर्घटनामा परेको छ ।
सुर्खेतको छिन्चुबाट वनभोज खान वीरेन्द्रनगरको कटकुवा गएर फर्किँदै गरेका यात्रु बोकेको कर्णाली प्रदेश ०२–०१ ख ०१८८ नम्बरको फोर्स गाडी नेपाली सेनाको कालिबहादुर गणको मुल गेट नजिकको घुम्तीमा दुर्घटनामा परेको हो । बुधबार साँझ भएको उक्त दुर्घटनामा परी २६ जना घाइते भएका छन् ।
दुर्घटना लगत्तै कालीबहादुर गणबाट सेनानी कौशल कार्की र श्री नं. ४ फि ए गुल्मबाट प्राविधिक सह सेनानी डा. सचित थापाको कमाण्डमा खटिएको सेनाको टोलीले उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल पठाइएको उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइते २६ मध्ये दुईजनाको अवस्था गम्भीर छ । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८१ - १७:३४
रोम । लामो समयदेखि राष्ट्रपति रहँदै आएका सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि प्रधानमन्त्री बनेका नयाँ सङ्क्रमणकालीन सरकारका प्रधानमन्त...
मंसिर २६ गते, २०८१ - १७:३०
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास आयोजना कार्यान्वयनमा लागि तीन तहका सरकारबीच क्षेत्राधिकार परिभाषित हुन नसक्दा तथ...
मंसिर २६ गते, २०८१ - १७:२४
चीन । रुसी पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव मस्कोको प्रमुख साझेदार मुलुकका नेताहरुसँग वार्ताका लागि यसै साता बेइजिङ भ्रमणमा आएका चिनियाँ विदेश मन्त्...
मंसिर २६ गते, २०८१ - १७:२१
कैलाली । कैलालीको कैलारी गाउँपालिकाले भोलि (बिहीबार) पालिकाभरि शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गत मनाउ आधारभूत स्वास्थ्य केन्द्रमा प्र...
मंसिर २६ गते, २०८१ - १७:१८
तेहरान । इरानको राजधानी तेहरानमा बुधबार र बिहीबार ‘अस्वस्थ’वायु प्रदूषणका कारण विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिइएको इरानको सरकारी...
मंसिर २६ गते, २०८१ - १७:१५
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले मङ्गलबार मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै दुई चिनियाँ कम्पनी र रुसका धेरै कम्पनीसहित आठ कम्पनीमा व्यापार प्रतिबन...
मंसिर २५ गते, २०८१ - २१:०१
तनहुँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले ज्याद...
मंसिर २५ गते, २०८१ - २०:२८
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) काे सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको निष्कर्षसहित धन्यवाद ज्ञापन ...
मंसिर २५ गते, २०८१ - २०:०५
हुम्ला । हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर आज हवाई सेवा सञ्चालनमा आएको छ ।...
मंसिर २५ गते, २०८१ - १९:५७
दमास्कस । बसर अल असदको शासनलाई ध्वस्त पार्न मद्दत गर्ने विद्रोही नेतालाई सिरियाको अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अ...
प्रतिकृया लेख्नुहोस्: