रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार दुई वर्षभन्दा बढी समयमा पहिलोपटक संयुक्त राष्ट्रका प्रमुख एन्टोनियो गुटेरेससँग भेट गर्ने भएको छ । रुसी सहर कजानमा आयोजित ब्रिक्स सम्मेलनको अन्तिम दिन दुई पक्षबीच भेटवार्ता हुनेभएको हो ।
क्रेमलिनका अनुसार उनीहरुले युक्रेन द्वन्द्वका साथै मध्यपूर्वमा बढ्दो सङ्कटबारे छलफल गर्ने अपेक्षा गरिएको छ । गुटेरेसले युक्रेनविरुद्ध मस्कोको सैन्य आक्रमणको बारम्बार आलोचना गर्दै यसले विश्वका लागि खतरनाक उदाहरण स्थापित गरेको बताउदै आएको छ ।
गुटेरेस सन् २०२२ मा कियभलाई आफ्नो बन्दरगाहबाट सुरक्षित रूपमा अन्न निर्यात गर्न अनुमति दिने सम्झौताको मध्यस्थतामा मद्दत गर्दै दुई देशबीचको शान्ति प्रयासमा संलग्न भएको थियो । त्यसबेलादेखि दुई पक्षबीच थोरै मात्र प्रत्यक्ष कूटनीतिक सम्पर्क भएको छ ।
युक्रेनले पुटिनलाई भेट्ने संयुक्त राष्ट्रसङ्घका प्रमुखको निर्णयको कडा आलोचना गरेको छ । पुटिनले युक्रेनलाई युद्धविरामको पूर्व शर्तको रूपमा यसको दक्षिण र पूर्वमा आत्मसमर्पण गर्न माग गरेको छ जसलाई कियभले अनावश्यक शर्तको रुपमा अस्विकार गरेको छ । गुटेरेसले कजानमा पुटिनलाई भेट्ने र सम्मेलनलाई सम्बोधन गर्ने योजना रहेको संयुक्त राष्ट्रले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका प्रवक्ता फरहान हकले गुटेरेसले “युक्रेनमा युद्धमा आफ्नो चिरपरिचित स्थितिलाई पुनः पुष्टि गर्ने“ बैठकको उदेश्य रहेको बताए । गुटेरेसले मस्कोले युक्रेनी क्षेत्रको विलयको योजनाले गरिरहेको आक्रमणको आलोचना गर्दै यस्ता गतिविधीको संसारमा कुनै स्थान नभएको बताएको छ । त्यसैगरी, ब्रिक्स शिखर सम्मेलनमा सहभागी विश्व नेताहरूले युक्रेन द्वन्द्व अन्त्य गर्न आह्वान गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: