मकवानपुर। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाबाट पारित अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण गरेको छन्। प्रदेश सभाबाट पारित आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक, २०८३ र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८३ प्रदेश प्रमुखले प्रमाणीकरण गरेको हो।
प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत डा. अर्जुन आचार्यका अनुसार दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो।
बागमती प्रदेश सभाको असार २० गते बसेको बैठकबाट दुवै विधेयक पारित भई प्रमाणीकरणका लागि सिफारिस गरिएको थियो। सभामुख पद नौ महिनादेखि रिक्त रहेकाले उपसभामुख अप्सरा चापागाईंले विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाएको थिए।
प्रदेश प्रमुखबाट दुवै विधेयक प्रमाणीकरण भई प्रदेश राजपत्रमा प्रकाशित भएपछि प्रदेश सरकारले साउन १ गतेदेखि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न पाउने भएको छ।
प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको थियो।
विनियोजित बजेटमध्ये चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपियाँ (३४.३१ प्रतिशत)र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख तीन हजार रुपियाँ (६५.६९ प्रतिशत) विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षको बजेटका स्रोतमा कर राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख ६८ हजार रुपियाँ, अन्य राजस्वबाट ७ अर्ब ९३ करोड ९९ लाख १२ हजार रुपियाँ, सङ्घीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ३१ करोड ४८ लाख रुपियाँ, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोष तथा विविध स्रोतबाट १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार रुपियाँ र ऋण लगानी फिर्ताबाट ९६ करोड रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपियाँ बराबरको बजेट विनियोजन गरिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - १२:५९
काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगले अघि बढाइरहेको छानबिन प्रक्रिया तत्कालका लागि रोक्न आदेश दिएको छ। अदालतले आयोगलाई सम्पत्ति विवरण माग...
आषाढ़ ३२ गते, २०८३ - १२:५०
मकवानपुर। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाबाट पारित अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण गरेको छन्। प्रदेश सभाबाट पारित आर्...
आषाढ़ ३२ गते, २०८३ - १२:२६
काठमाडौं। महिला उद्यमी महासङ्घका पदाधिकारीसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल हुने भएको छ। छलफलमा महिला उद्यमशीलता प्रवर...
आषाढ़ ३२ गते, २०८३ - १२:०१
चितवन । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को हालसम्म जिल्लामा ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र चार हजार ९४३...
आषाढ़ ३२ गते, २०८३ - ११:२१
काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको व्यवस्थापनमा सहयोग गर्न पुगेका बेला आफूमाथि नेपाल प्रह...
आषाढ़ ३२ गते, २०८३ - १०:४७
कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा श्रीमान्को कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न ...
आषाढ़ ३२ गते, २०८३ - १०:३३
कलैया। बाराको करैयामाई गाउँपालिका–३ मा इँटा उद्योगले माटो खनेर छाडेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ। बुधबार साँझ करिब ५ बजे करैयामाई गाउ...
आषाढ़ ३२ गते, २०८३ - १०:०२
सर्लाही। सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका–३, डाबरी क्षेत्र पछिल्लो समय लागुऔषध बिक्रीवितरणको प्रमुख थलो बन्न थालेको छ । प्रहरीले पछिल्लो स...
आषाढ़ ३२ गते, २०८३ - ०९:४८
इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो उत्पादन क्षमतालाई तीन गुणाले विस्तार गरेको छ । दुई वर्षअघि सो उद्योग आगलागीबाट क्षति समे...
आषाढ़ ३१ गते, २०८३ - १८:०९
काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...



प्रतिकृया लेख्नुहोस्: