सर्लाही। सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका–३, डाबरी क्षेत्र पछिल्लो समय लागुऔषध बिक्रीवितरणको प्रमुख थलो बन्न थालेको छ ।
प्रहरीले पछिल्लो समय बारम्बार बरामद गरिरहेको लागुऔषधको परिमाणले पनि डाबरी क्षेत्र लागुऔषध प्रभावित गाउँ तथा वितरणको मुख्य थलो बन्न थालेको पुष्टी गर्छ । महेन्द्र राजमार्गदेखि तीन किलोमिटर उत्तरतर्फ पर्ने डाबरी बजार क्षेत्र लागुऔषध बेचबिखनको ‘हटस्पट’ बन्दै गएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षकसहित प्रहरी अधिकारीहरु आफै परिचालन भइ स्थानीयलाई सचेत गराउने र लागुऔषध खोजतलास अभियान नै सञ्चालन गरेको छन् ।
गत आइतबार एसपी, डिएसपी, विभिन्न प्रहरी कार्यालयका इन्स्पेक्टरहरुसहित ठुलो सङ्ख्यामा प्रहरी अधिकारी तथा प्रहरी कर्मचारीको टोली पुगेर शङ्कास्पद घर तथा बगैँचाबारीमा तलासी लिँदा विभिन्न लागुऔषध २७६ ट्याब्लेट, २६ बोतल, गाँजा र ३०० खाली बोतल बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । लागुऔषध लुकाएर राख्ने दुई जना व्यक्तिसमेत पक्राउ परेका छन् ।
डाबरी क्षेत्रमा अत्यधिक मात्रामा लागुऔषधको कारोवार हुने गरेको र बारम्बार बरामदसमेत भइरहेकाले आफूसमेत पुगेर स्थानीयलाई सचेत गराउने र कानुनी कारवाहीका विषयमा जानकारी गराउने काम गरेको सर्लाही प्रहरी प्रमुख ९एसपी० रवीन्द्रनाथ पौडेलले बताउनुभयो । आफू जिल्लामा हाजिर भएको केही साताभित्रैमा डाबरी क्षेत्रबाट पाँच/सात पटक ठुलो परिमाणमा लागुऔषध बरामद भइसकेको एसपी पौडेलको भनाइ छ ।
यही असार २९ गते कोठामा लुकाइराखिएको विभिन्न प्रकारका लागुऔषधसहित प्रहरीले डाबरकी ३० वर्षीया बुनु योञ्जनलाई पक्राउ गरेको छ । घरमा लागुऔषध राखेर बिक्री गर्ने गरेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले योञ्जनलाई स्पास्मो लेखिएको १०६ पिस ट्याब्लेट, नाइट्राजेपाम लेखिएको ट्याब्लेट ५८ पिस, कोडिन फोस्फेट एण्ड ट्रिपोलिडाइन एचसिएल सिरप खाली बोतल चार पिस र गाँजा ६०० ग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पछिल्लो समय लागुऔषध सेवनकर्ता लागुऔषध सेवन गर्न तथा खरिदका लागि डाबरी पुग्न थालेको पाइन्छ । आर्थिक प्रलोभनमा परी केही स्थानीय वासिन्दा आफै पनि लागुऔषधको कारोवारमा लाग्न थालेका प्रहरी स्रोतको दाबी छ ।
लागुऔषध सेवन गर्न सीमापारी भारतको सोनवर्षा पुग्नेहरु अहिले डाबरीतर्फ आकर्षित भएको देखिन्छ । यसले समाजमा चोरी, झै–झगडा र आपराधिक घटना बढेको स्थानीय बताउँछन् ।
केही दिनअघि डाबरीको छिमेकी गाउँ हरिवन नगरपालिका–२, पाकरगाँछीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागी स्थानीयहरुले पछिल्ला दिनमा डाबरी, पाकरगाँछीलगायत क्षेत्र लागुऔषध सेवन तथा बेचबिखनको अखडा बन्न थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए । स्थानीय वासिन्दा श्यामसुन्दर महतोले गाउँका अधिकांश युवा लागुऔषधमा फस्दा गाउँको भविष्य नै बर्बाद भएको भन्दै चिन्ता व्यक्त गरेको छन्।
हरिवन नगरापालिका ३ का वडाध्यक्ष दीपमान लोप्चनले डाबरी क्षेत्रमा लागुऔषधको बढ्दो बिक्री वितरण र सेवनले चिन्ता बढाएको बताए। उनले अब अभिभावक आफै पनि सचेत हुन जरुरी रहेको बताएको छन् ।
लागुऔषधको दुव्र्यसनी नियन्त्रणका लागि यसअघि पनि प्रहरीसँग मिलेर अभियान चलाइएको तर प्रभावकारी बन्न नसकेको वडाध्यक्ष लोप्चनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १७:५३
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...
श्रावण २४ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...
श्रावण २४ गते, २०८३ - १६:५८
काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...
श्रावण २४ गते, २०८३ - १६:५१
चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...
श्रावण २४ गते, २०८३ - १६:३३
काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...
श्रावण २४ गते, २०८३ - १६:०७
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...
श्रावण २४ गते, २०८३ - १५:४९
दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...
श्रावण २४ गते, २०८३ - १५:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...
श्रावण २४ गते, २०८३ - १५:२७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...
श्रावण २४ गते, २०८३ - १५:२०
पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...



प्रतिकृया लेख्नुहोस्: