Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएकाे छ । 

रौतहटकाे  यमुनामाई गाउँपालिका-२ भेडियाहीस्थित सडकमा बिआर ३२ सि ०५१४ नम्बरको मोटरसाइकल र प्र.२-०३-०१९ प ८९७९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा प्र.२-०३-०१९ प ८९७९ नम्बरको मोटरसाइकल चालक गरूडा नगरपालिका-५ शिवनगर बस्ने ४० वर्षीय राम नरेश साह सोनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा थप उपचारको क्रममा मृत्यु भएको हो । 
बिआर ३२ सि ०५१४ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दियाकाे बारबर्दिया नगरपालिका-५ तर्कापुरस्थित सडकमा जयनगरबाट जब्दिघाटतर्फ जाँदै गरेको बयलगाडामा भे.११ प ३९५५ नम्बरको स्कुटर ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ३५ वर्षीय रूपक बिकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र जयनगर बर्दियामा उपचारको क्रममा मृत्यु भएको हो । बयलगाडा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
बारा, निजगढ नगरपालिका-७ स्थित धनसर पुल नजिक हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको मंगलबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा थप उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको छ । 

सुनसरीकाे भोक्राहानरसिंह गाउँपालिका-३ धर्म काँटास्थित सडकमा बगमती प्रदेश ०३-००१ ख ३२५८ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २३ वर्षीय पुरूषको बुधबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

चितवन, रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित सडकमा मधेश प्रदेश ०३-००२ ख १४३९ नम्बरको ट्रक र  ना. ८ ख ८६७४ नम्बरको ट्याङ्कर एकआपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मधेश प्रदेश ०३-००२ ख १४३९ नम्बरको ट्रक चालक मकवानपुर, मकवानपुरगढी गाउँपालिका-२ बस्ने २६ वर्षीय अनिश स्याङतानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त ट्रक र ट्याङ्कर एकआपसमा ठक्कर खाई दुर्घटना भएको अवस्थामा ना.६ ख ४६२४ नम्बरको ट्रक समेत ठोक्किएर दुर्घटना भएको थियो । 

साथै दुर्घटनामा घाइते भएका मधेश प्रदेश ०३-००२ ख १४३९ नम्बरको ट्रकका सहचालकको भरतपुर सरकारी अस्पताल उपचार भइरहेको छ भने ट्याङकर चालकलाई नयाँ मेडिकल कलेज हुँदै थप उपचारको लागि बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ । ना.६ ख ४६२४ नम्बरको ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुरकाे  बाग्मती गाउँपालिका-३ माझखोलास्थित सडकमा बा.२ च ९६६८ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक चितवन घर भएका २८ वर्षीय भरत लामिछानेको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा गम्भीर घाइते भएका सहचालकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

रोल्पाकाे सुनिलस्मृति गाउँपालिका-४ कागडाँडास्थित सडकमा लु.३ च १६५६ नम्बरको गाडी अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा गाडीमा सवार लुङ्ग्री गाउँपालिका-१ छिउधर बस्ने अमृत रोकाको छोरा २ दिने नवजात शिशुको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडी चालकको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

तुलसीपुरमा खानेपानी संकट : धारामा पानी नआएपछि ट्यांकरबाट वितरण

दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...

धान दिवसमा भीष्मराज आङदेम्बेको आह्वान : कृषिलाई सम्मानित र आत्मनिर्भर बनाऔँ

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...

खुम्चियो, ‘रक्तिम’को स्वर अझै बुलन्द

रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...

राष्ट्रपतिको आह्वान : बाँझो जमिन नराखौं, कृषिलाई आधुनिक र व्यावसायिक बनाऔँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...

सरकारी विद्यालयको पीडा : एउटै कोठामा तीन कक्षा, शौचालय र खानेपानीसमेत छैन

मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...

धनकुटाबाट सुरु भयो ६० करोड बिरुवा रोप्ने राष्ट्रिय अभियान

धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending