Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएकाे छ । 

रौतहटकाे  यमुनामाई गाउँपालिका-२ भेडियाहीस्थित सडकमा बिआर ३२ सि ०५१४ नम्बरको मोटरसाइकल र प्र.२-०३-०१९ प ८९७९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा प्र.२-०३-०१९ प ८९७९ नम्बरको मोटरसाइकल चालक गरूडा नगरपालिका-५ शिवनगर बस्ने ४० वर्षीय राम नरेश साह सोनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा थप उपचारको क्रममा मृत्यु भएको हो । 
बिआर ३२ सि ०५१४ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दियाकाे बारबर्दिया नगरपालिका-५ तर्कापुरस्थित सडकमा जयनगरबाट जब्दिघाटतर्फ जाँदै गरेको बयलगाडामा भे.११ प ३९५५ नम्बरको स्कुटर ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ३५ वर्षीय रूपक बिकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र जयनगर बर्दियामा उपचारको क्रममा मृत्यु भएको हो । बयलगाडा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
बारा, निजगढ नगरपालिका-७ स्थित धनसर पुल नजिक हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको मंगलबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा थप उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको छ । 

सुनसरीकाे भोक्राहानरसिंह गाउँपालिका-३ धर्म काँटास्थित सडकमा बगमती प्रदेश ०३-००१ ख ३२५८ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २३ वर्षीय पुरूषको बुधबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

चितवन, रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित सडकमा मधेश प्रदेश ०३-००२ ख १४३९ नम्बरको ट्रक र  ना. ८ ख ८६७४ नम्बरको ट्याङ्कर एकआपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मधेश प्रदेश ०३-००२ ख १४३९ नम्बरको ट्रक चालक मकवानपुर, मकवानपुरगढी गाउँपालिका-२ बस्ने २६ वर्षीय अनिश स्याङतानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त ट्रक र ट्याङ्कर एकआपसमा ठक्कर खाई दुर्घटना भएको अवस्थामा ना.६ ख ४६२४ नम्बरको ट्रक समेत ठोक्किएर दुर्घटना भएको थियो । 

साथै दुर्घटनामा घाइते भएका मधेश प्रदेश ०३-००२ ख १४३९ नम्बरको ट्रकका सहचालकको भरतपुर सरकारी अस्पताल उपचार भइरहेको छ भने ट्याङकर चालकलाई नयाँ मेडिकल कलेज हुँदै थप उपचारको लागि बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ । ना.६ ख ४६२४ नम्बरको ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुरकाे  बाग्मती गाउँपालिका-३ माझखोलास्थित सडकमा बा.२ च ९६६८ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक चितवन घर भएका २८ वर्षीय भरत लामिछानेको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा गम्भीर घाइते भएका सहचालकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

रोल्पाकाे सुनिलस्मृति गाउँपालिका-४ कागडाँडास्थित सडकमा लु.३ च १६५६ नम्बरको गाडी अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा गाडीमा सवार लुङ्ग्री गाउँपालिका-१ छिउधर बस्ने अमृत रोकाको छोरा २ दिने नवजात शिशुको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडी चालकको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending