उदयपुर । तिहार नजिकिँदै गर्दा गाईघाटमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका कृषि प्राबिधिक विद्यार्थीले यति बेला फूल तयार पारि सकेका छन् । अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका कृषि प्राबिधिक विद्यार्थीहरु बताउँछन् ।
तिहार र छठ पर्वको बजार मागलाई लक्षित गरी उदयपुरमा कृषि प्राविधिक विद्यार्थीहरुले व्यावसायिक फूल खेती गरेका छन् । कटारी नगरपालिका–४ त्रिवेणीस्थित कृषि प्राविधिक धारका विद्यार्थीहरुले सयपत्री फूल खेती गरेका हुन् । समूहका व्यवस्थापक त्रिसम कार्कीका अनुसार यो वर्ष १० कठ्ठा क्षेत्रफलमा सयपत्री फूल रोपिएको छ । लामो समयदेखि फूलमा परनिर्भर रहेको जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले फूल खेती थालेकाहौं,” कार्कीले भने ।
त्रियुगा नगरपालिका– १० बोक्सेस्थित १० कठ्ठा जग्गा भाँडामा लिएर पुष्प खेति गरेका हुन । कार्की सहित राजु ठाकुर, राजु थापा, युनिष राई, गौरब कार्की, रोदन सुबेदी, एलिशा थापा, रिता मगराती र सुस्मीता पुलामी मगर गरी नौ जना विद्यार्थीको समूहले गत वर्षदेखि फूल खेती सुरु गरेका हुन् ।
समूहले अघिल्लो वर्ष १७ कठ्ठामा फूल खेती गरी जिल्लाको सदरमुकाम गाईघाट, कटारी र बेल्टार बेलका रामपुर लगायतका बजारमा बिक्री गरेको थियो । प्राविधिक धारमा पढ्दै, सिक्दै र कमाउँदै” भन्ने नारा सहित विद्यार्थीहरुले कक्षामा सिकेका सीपलाई व्यवसायमा उतारेका छन् । अघिल्ला वर्षहरुमा भारतबाट हुने फूलको अत्यधिक आयातलाई कम गर्न सहयोग पुगेको थियो ।
उनीहरु अध्यायनसँगै व्यावसायिक रूपमा फूलखेती गर्दै आएका उनी यही व्यवसायमा सन्तुष्ट छन् । बालि विज्ञान विषयमा तीन वर्षे डिप्लोमा तह (आइएस्सीएजी) अध्ययन गरेका उनीहरुले पढदै कमाउँदै गर्ने क्रममा बिगत देखि फुलखेति गर्दै आएका छन् । गत वर्ष तिहारको समयमा १७ कठ्ठा क्षेत्रफलमा फुलखेति गरेका थिए । उनीहरुले यस वर्षको तिहारका लागि पनि फूल फुलाइ सकेका छन् ।
विशेषगरी तिहार लगायत चाडपर्वको बेला बढी माग हुन्छ’, उनले भने, ‘यस पटक पनि माग आउन थालि सक्यो । अबको केही दिनमा फूल टिपेर माला बनाउन सुरु गछौँ ।
प्लास्टिकजन्य माला विस्थापित
तिहारको अबसरमा त्रियुगा नगरपालिकाले प्लास्टिकजन्य मालाको प्रयोगलाई निषेध गर्ने भएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले पालिकाभित्र रहेका पुष्प व्यावसायिकले उत्पादन गरेको सयपत्री फूलको माला प्रयोग गर्न आग्रह पनि गरेको छ । जिल्लामै व्यावसायिक रूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई विस्थापित गर्न सघाउ पुगेको जानकारहरू बताउँछन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: