उदयपुर । तिहार नजिकिँदै गर्दा गाईघाटमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका कृषि प्राबिधिक विद्यार्थीले यति बेला फूल तयार पारि सकेका छन् । अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका कृषि प्राबिधिक विद्यार्थीहरु बताउँछन् ।
तिहार र छठ पर्वको बजार मागलाई लक्षित गरी उदयपुरमा कृषि प्राविधिक विद्यार्थीहरुले व्यावसायिक फूल खेती गरेका छन् । कटारी नगरपालिका–४ त्रिवेणीस्थित कृषि प्राविधिक धारका विद्यार्थीहरुले सयपत्री फूल खेती गरेका हुन् । समूहका व्यवस्थापक त्रिसम कार्कीका अनुसार यो वर्ष १० कठ्ठा क्षेत्रफलमा सयपत्री फूल रोपिएको छ । लामो समयदेखि फूलमा परनिर्भर रहेको जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले फूल खेती थालेकाहौं,” कार्कीले भने ।
त्रियुगा नगरपालिका– १० बोक्सेस्थित १० कठ्ठा जग्गा भाँडामा लिएर पुष्प खेति गरेका हुन । कार्की सहित राजु ठाकुर, राजु थापा, युनिष राई, गौरब कार्की, रोदन सुबेदी, एलिशा थापा, रिता मगराती र सुस्मीता पुलामी मगर गरी नौ जना विद्यार्थीको समूहले गत वर्षदेखि फूल खेती सुरु गरेका हुन् ।
समूहले अघिल्लो वर्ष १७ कठ्ठामा फूल खेती गरी जिल्लाको सदरमुकाम गाईघाट, कटारी र बेल्टार बेलका रामपुर लगायतका बजारमा बिक्री गरेको थियो । प्राविधिक धारमा पढ्दै, सिक्दै र कमाउँदै” भन्ने नारा सहित विद्यार्थीहरुले कक्षामा सिकेका सीपलाई व्यवसायमा उतारेका छन् । अघिल्ला वर्षहरुमा भारतबाट हुने फूलको अत्यधिक आयातलाई कम गर्न सहयोग पुगेको थियो ।
उनीहरु अध्यायनसँगै व्यावसायिक रूपमा फूलखेती गर्दै आएका उनी यही व्यवसायमा सन्तुष्ट छन् । बालि विज्ञान विषयमा तीन वर्षे डिप्लोमा तह (आइएस्सीएजी) अध्ययन गरेका उनीहरुले पढदै कमाउँदै गर्ने क्रममा बिगत देखि फुलखेति गर्दै आएका छन् । गत वर्ष तिहारको समयमा १७ कठ्ठा क्षेत्रफलमा फुलखेति गरेका थिए । उनीहरुले यस वर्षको तिहारका लागि पनि फूल फुलाइ सकेका छन् ।
विशेषगरी तिहार लगायत चाडपर्वको बेला बढी माग हुन्छ’, उनले भने, ‘यस पटक पनि माग आउन थालि सक्यो । अबको केही दिनमा फूल टिपेर माला बनाउन सुरु गछौँ ।
प्लास्टिकजन्य माला विस्थापित
तिहारको अबसरमा त्रियुगा नगरपालिकाले प्लास्टिकजन्य मालाको प्रयोगलाई निषेध गर्ने भएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले पालिकाभित्र रहेका पुष्प व्यावसायिकले उत्पादन गरेको सयपत्री फूलको माला प्रयोग गर्न आग्रह पनि गरेको छ । जिल्लामै व्यावसायिक रूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई विस्थापित गर्न सघाउ पुगेको जानकारहरू बताउँछन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - ०८:५१
काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...
आषाढ़ ३ गते, २०८३ - ०८:४५
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...
आषाढ़ ३ गते, २०८३ - ०८:४१
कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...
आषाढ़ ३ गते, २०८३ - ०८:३२
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...
आषाढ़ ३ गते, २०८३ - ०८:२६
काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...
आषाढ़ ३ गते, २०८३ - ०८:१५
म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...
आषाढ़ ३ गते, २०८३ - ०८:११
कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...
आषाढ़ ३ गते, २०८३ - ०८:०९
काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...
आषाढ़ ३ गते, २०८३ - ०८:०८
रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...
आषाढ़ ३ गते, २०८३ - ०८:०१
सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...



प्रतिकृया लेख्नुहोस्: