Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री डा. राणा

खबरडबली संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) को प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादित रूपमा गरिनुपर्ने बताएकी छिन् । 

कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलगको आजदेखि सुरु भएको सम्मेलनअन्तर्गत आयोजित ‘एसिडी बिजनेस फोरम’लाई सम्बोधन गर्दै मन्त्री डा राणाले भनिन्, “अबको युगमा एआइलाई पछि छोडेर अघि बढ्न सकिँदैन, त्यसैले यसलाई मर्यादित रुपमा मानवहितमा प्रयोग गर्नुपर्दछ ।” विश्व शान्ति, स्थिरता तथा समृद्धिका लागि एआइलाई सकारात्मक र सिर्जनात्मक साधनका रुपमा अँगाल्नुपर्ने मन्त्री डा राणाको भनाइ थियो । 

सो बिजनेस समिटको ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड न्यू बिजनेस मोडल’ विषयक सत्रमा उनले भनिन्, “आजको जटिल र प्रतिस्पर्धात्मक विश्वमा एआइ एक प्रकारको ‘गेम चेञ्जर’ का रुपमा आएको छ। यसको दुरुपयोग नभई सिर्जनात्मक प्रयोगबाट लाभ लिन सक्नुपर्छ ।” 

मन्त्री डा. राणाले एआइ अब कुनै एक प्रविधि अर्थात् प्राविधिक उपकरण मात्र सीमित नभएर मानवीय जीवनमा आवश्यक शिक्षा, स्वास्थ्य, सुशासन, आर्थिक विकास तथा सुरक्षालगायतका लागि प्रभावकारी साधन बनेको बताइन । यो प्रविधिलाई देशको व्यापारिक तथा कर्पोरेट क्षेत्रले पनि आफ्ना व्यापारिक एवं व्यावसायिक प्रवर्द्धनका लागि प्रयोग गर्नसक्ने उनको सुझाव थियो । कर्पोरेट क्षेत्रका डाटाको प्रयोग र विश्लेषण एवं आफ्ना उत्पादन तथा सेवाको विस्तारमा एआइले सहयोग पुर्‍याउने उनले बताइन । 

यसको प्रयोगबाट बजारको विश्लेषण एवं अनुसन्धान, उत्पादनका लागि दक्षताको सुधार एवं सूचना प्रणालीमा सहयोग पुग्ने मन्त्री डा राणाको भनाइ थियो । उनले यो प्रविधिको प्रयोगबाट लाभ पुग्ने भए पनि यसका जोखिम र चुनौतीहरू पनि बिर्सन नहुने तर्क गरिन । कतिपय डाटा तथा तथ्याङ्कको गोपनीयता, गलत अर्थात् भ्रमपूर्ण सूचनाको प्रसार तथा रोजगारीमा आउन सक्ने गिरावटलाई यसका मुख्य चुनौतीका रुपमा लिने गरिएको उनको भनाइ छ । 

नेपाल वर्तमान संविधान जारी भएसँगै दिगो शान्ति, स्थिरता र समृद्धिको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै मन्त्री डा राणाले नेपालमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई आह्वान गरिन । उनले भनिन्, “नेपालमा लगानीको अनुकूल वातावरण निर्माण गर्न आवश्यक कानुन परिमार्जन गरेका छौँ । नेपाल सरकारले ऊर्जा, उत्पादन, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषिलाई लगानीका प्रमुख प्राथमिकतामा राखेको छ । एआइ नेपालमा लगानीको एक नयाँ क्षेत्र बन्न सक्छ ।”

सो बिजनेस समिटमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घमा आबद्ध नेपाली उद्योगी तथा व्यवसायीसँग समन्वय गरी नेपालमा लगानी गर्न मन्त्री डा राणाले विश्वका लगानीकर्तालाई आग्रह गरिन । उनले भनिन्, “यहाँ उपस्थित सम्पूर्ण उद्योगी, व्यवसायी एवं लगानीकर्तालाई म यो आग्रह गर्न चाहन्छु कि अहिले नेपालमा लगानीको उचित अवसर र वातावरण छ । त्यसैले नेपालमा विविध क्षेत्रमा लगानी गर्न आउनुहोस् ।”

मन्त्री डा राणा कतारको दोहामा आजदेखि सुरु भएको एसियन कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ पुगेकी हुन् । उनि संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी भएर मङ्गलबार दोहा पुगेक हुन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: