इनरुवा। सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।
खुल्ला सीमाको मौका छोपी भारतीय बजारबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा तीन जनाको साथबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद गरेको हो ।
प्रहरीले लागू औषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ समेत गरेको र उनीहरूको साथबाट फेला परेको लागु औषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी उपरीक्षक केशव कुमार थेवेले जानकारी दिए।
थेवेका अनुसार सुनसरीको कोशी गाउँपालिका वडा नंम्बर १ भन्सार टोलमा भारतबाट नेपालतर्फ आँउदै गरेको प्रदेश १–०२–०५३ प ५८२१ नम्बरको मोटरसाईकल चालक जिल्लाको दुहवी नगरपालिका वडा नं.–२ का २१ वर्षीय सुशान्त चौधरी र दुहवी १० का २५ वर्षीय मेराज चौधरीको साथबाट ८।११ ग्राम ब्राउन सुगर र एक थान मोटरसाइकल बरामद भएको छ ।
त्यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ६ ढलान रोडबाट पैदलयात्री मोरङको कानेपोखरी गाउँपालिका वडा नं.–७ का ३४ वर्षीय सुरेन्द्र जिमीको साथबाट ६।३९ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
दुई स्थानबाट तीन जनाको साथमा १४.५० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १३:४२
काठमाडौं । काठमाडौं महानगरपालिका–२७ स्थित जमल क्षेत्रमा एसएलआर बन्दुकका ६ राउन्ड जिउँदो गोली फेला परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्य...
बैशाख २४ गते, २०८३ - १३:३३
सिन्धुलीमाढी। मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–१, राँगेमा बिहीबार बिहान जन्ती बोकेको डबलक्याप बलेरो दुर्घटना हुँदा पाँच जना घ...
बैशाख २४ गते, २०८३ - १३:२५
काठमाडौं । ठमेलस्थित सार्वजनिक कमलपोखरी मासेर निर्माण गरिएको छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ। बिहीबार सम्प...
बैशाख २४ गते, २०८३ - १३:१३
काठमाडौं । राज्यका पूर्व विशिष्ट पदाधिकारीहरूले विदेशमा गरेको उपचार खर्च गैरकानुनी रूपमा राज्यकोषबाट भुक्तान गरिएको भन्दै उक्त रकम फिर्ता गराउनुपर्ने ...
बैशाख २४ गते, २०८३ - १३:०४
न्युयोर्क। मध्यपूर्वको द्वन्द्व अन्त्यतर्फ उन्मुख हुन सक्ने सङ्केत र प्रविधि कम्पनीको बलियो आम्दानी प्रतिवेदनले लगानीकर्ताको मनोबल बढाएपछि बजारमा उत्स...
बैशाख २४ गते, २०८३ - १२:५१
काठमाडौँ । गृह मन्त्रालयमार्फत उपलब्ध गराइएका सरकारी सवारीसाधन एक पूर्वराष्ट्रपति र चार पूर्वप्रधानमन्त्रीले प्रयोग गरिरहेको पाइएको छ। गृह मन्त्राल...
बैशाख २४ गते, २०८३ - १२:३४
सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ खिला नजिक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजार न...
बैशाख २४ गते, २०८३ - १२:२६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा वैशाख २९ भित्र सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ। परीक्षा नियन्त...
बैशाख २४ गते, २०८३ - १२:२०
काठमाडौं। पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडकराज पौडेल (गणेश) र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आज राष्ट्रिय स्वतन्त्र पार्टीक...
बैशाख २४ गते, २०८३ - १२:१३
काठमाडौं । स्वास्थ्य क्षेत्रमा ९७७ स्थायी प्राविधिक तथा विशेषज्ञ दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ। स्वास्थ्य मन्त्री निशा...


प्रतिकृया लेख्नुहोस्: