Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी

खबरडबली संवाददाता

कास्की। नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजनामा पाँच वर्षपछि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ ।

आगामी चैत ५ गतेदेखि ७ गतेसम्म पोखरामा हुने संस्थाका पूर्व अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए।‘‘यो पटक च्याम्पियनसिपको तयारी गरेका छौं । यसअघि एक, दुई वर्ष कोभिडले गर्दा निरन्तरता दिन सकिएन र पछि स्लो उडानले गर्दा असर पुग्यो । अहिले २१ औं संस्करणको खुला प्याराग्लाइडिङ च्याम्पियनसिप आयोजनाको तयारी भइरहेको छ,’’ उनले भने।

यो पटक एकुरेसी विधामा प्रतियोगिता गर्न लागेको उनले जानकारी दिए । उनका अनुसार हालसम्म स्वदेश तथा विदेशी गरी ९० जनाको दर्ता भइसकेको छ ।

‘‘दर्ता प्रक्रिया फागुन ४ गतेसम्म छ । एक सयको हाराहारीमा प्रतियोगिको सहभागीता रहने अपेक्षा गरेका छौं,’’ उनले भने।

उनका अनुसार विदेशी पाइलटहरूमा चाइना र इन्डियाका बढी रहेको छन् । प्रतियोगिता महिला, पुरुष र ओभरल टिम गरी तीन विधामा खेलाइने छ । 

पूर्व अध्यक्ष भण्डारीका अनुसार विजेताले समान एक लाख ५० हजार रुपियाँ, दोस्रो हुनेले एक लाख रुपियाँ र तेस्रो हुनेले ७५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन् भने ओभरल टिमका विजेताले ७५ हजार, ५० हजार र २५ हजार प्राप्त गर्ने छन् । 

प्रतियोगिताको टेकअफ स्थल सराङकोट रहने छ भने खपौदीमा ल्यान्डिङ गर्ने गरी तयारी भएको उनले बताए। पोखरामा व्यवसायिक रूपमा सञ्चालन भएका ६० भन्दा बढी कम्पनी रहेको र करिब तीन सय ६६ टेन्डमा प्याराग्लाइडिङ पाइलट र करिब एक सय ४० जना जसो सोलो प्याराग्लाइडिङ पाइलटहरू रहेको जनाइन्छ ।

सराङकोटको डाडाँबाट प्याराग्लाइडिङ उडान हुँदै आएको छ। पोखरामा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो । सन् २००० देखि कम्पनी खडा गरेर यहाँ प्याराग्लाइडिङ व्यवसायीले उडान थालेका थिए ।

अहिले सराङकोटबाट प्याराग्लाइडिङ उडान हुन्छ र फेवाताल किनारमा अवतरण गरिन्छ । सराङकोट नजिकको तोरीपानी र मान्द्रेढुङ्गा पनि प्याराग्लाइडिङ उडानको क्षेत्र हो । मान्द्रेढुङ्गा, सराङकोट र तोरीपानीबाट उडेका सबै प्याराग्लाइडिङ फेवाताल किनारमै अवतरण गर्छन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिका प्रतियोगिताको प्रवर्धकका रूपमा रहेका छन् भने प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा पर्यटन परिषद, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ (नेफा), नेपाल प्याराग्लाइडिङ पाइलट क्लब लगायतको सहयोग रहने जनाइएको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोल्ने समय नपाएको भन्दै श्रम संस्कृति पार्टीद्वारा संसद्को वेल घेराउ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभामा बोल्ने समय नपाएको भन्दै संसद्को वेल घेराउ गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले आफ्नो दललाई...

बोल्न नपाएको भन्दै श्रम संस्कृति पार्टीको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न नपाएको भन्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनीहरूले आफ्नो दललाई बो...

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म संसद् चल्न सक्दैन: एमाले

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताएका छन्...

राष्ट्रियताका सवालमा नेपालीहरू अहिलेसम्म कहिल्यै विभाजित भएका थिएनन्: नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा, राष्ट्रियता र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा संसद विभाजित भएर छलफल गर्नुपर...

केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलिदेखि सञ्चालन हुने

काठमाडौं । विवादका कारण स्थगित गरिएको केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलि (बिहीबार)देखि पुन: सञ्चालन हुने भएको छ। परीक्षा सञ्चालन गर्ने संस्था सीआईए...

सांसद आङ्देम्बेको अभिव्यक्तिप्रति रास्वपाको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएको छ...

प्रधानमन्त्री संसदमा आउनुस् वा नआउनुस्, अब हामीलाई सरोकार भएन: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर अब आफूहरूको विशेष चासो नरहेको जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मरा...

रवीलाई कांग्रेसको प्रश्न: दिल्लीमा हुँदा सीमाको ‘स’ र कालापानीको ‘क’ उच्चारण नगरी किन फर्किनुभयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भ...

प्रधानमन्त्रीको विवादित अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित भएको परराष्ट्रमन्त्रीको स्पष्टीकरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन्। उनले प्रधानमन्त्रीको भनाइ न...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस: कहिले छापामार शैलीमा आएर फेरि केही बोल्नुहोला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending