प्युठान। जिल्लाको पहिचान भएको ‘प्युठानी रातो मुला’ को वीऊ उत्पादन सुरु भएको छ। केही वर्षअघि सम्म प्युठानलाई चिनाउने यस विशेष रातो मुलालाई संरक्षण गर्दै विस्तार गर्नका लागि वीऊ उत्पादन थालिएको हो।
नौबहिनी गाउँपालिका–५, डामृ मा छ रोपनी क्षेत्रफलमा वीऊ उत्पादनका लागि खेती गरिएको छ। यसका लागि राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना ९नार्क०, परियोजना कार्यान्वय इकाई प्युठान का प्रमुख चुमानसिंह गिरी ले जानकारी दिए, “नार्कबाट मुल वीऊ ल्याएर यहाँ वीऊ उत्पादन गर्न थालिएको हो। किसानलाई वीऊ, मल, विषादी र प्राविधिक सहयोग उपलब्ध गराइएको छ।”
नौबहिनी गाउँपालिकाले सिँचाइको व्यवस्था गरेको छ भने किसानले उत्पादन गरेको वीऊ खदिर गर्नका लागि काठमाडौँको एक कम्पनीसँग समझदारी गरिएको छ। अघिल्लो वर्ष पनि कार्यालयले २५ रोपनी क्षेत्रफलमा प्युठानी रातो मुलाको वीऊ उत्पादनमा सहयोग गरेको थियो र बजार व्यवस्थापन समेत गरेको थियो।
रातो मुला स्वास्थ्यका दृष्टिकोणले लाभदायक रहेको मानिन्छ। वीऊ उत्पादनले जिल्लाको पहिचान मात्र नभई स्थानीय कृषकको आम्दानीमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। कृषकहरूले वीऊ उत्पादनसँगै यसलाई व्यवसायिक खेती र बजार व्यवस्थापनमा पनि प्रयोग गर्नुपर्ने बताउँछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १३:४३
कास्की। नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजनामा पाँच वर्षपछि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । आगामी चैत ५ गतेदेखि ७ गतेसम्म प...
चैत्र २ गते, २०८२ - १३:३०
काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय माग्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ। काठमाडौंको माइतीघर मण्ड...
चैत्र २ गते, २०८२ - १३:१९
कालीकोट। कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको रास्कोट नगरपालिका –८ बाँखरकोटका अन्दाजी ५० वर्षे मन वरालको करेन्ट लागेर मृत्यु भएको ह...
चैत्र २ गते, २०८२ - १३:०९
इनरुवा। सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ । खुल्ला सीमाको मौका छोपी भारतीय बजारबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा...
चैत्र २ गते, २०८२ - १२:५६
काठमाडौँ । पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्लले व्यक्तिगत उपलब्धि भन्दा पनि देशको जीत नै सबैभन्दा महत्वपूर्ण भएको बताएका छन्। मल्लले क्रिकेटबाट सिकेको ...
चैत्र २ गते, २०८२ - १२:४१
काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्सले गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न र सरकारका पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर...
चैत्र २ गते, २०८२ - १२:२६
नवलपरासी। ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् । गत भ...
चैत्र २ गते, २०८२ - १२:२२
इनरुवा। सुनसरीमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरू र उद्योग...
चैत्र २ गते, २०८२ - १२:०४
प्युठान। जिल्लाको पहिचान भएको ‘प्युठानी रातो मुला’ को वीऊ उत्पादन सुरु भएको छ। केही वर्षअघि सम्म प्युठानलाई चिनाउने यस विशेष रातो मुलालाई संरक्षण गर्द...
चैत्र २ गते, २०८२ - ११:३०
पर्वत। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्वत जिल्लाबाट एक हजार ६८४ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षा चैत्र १९ गतेदेखि सुरु हुने...


प्रतिकृया लेख्नुहोस्: