इलाम । असोज १० देखि १२ गतेसम्म परेको वर्षे बाढीका कारण काबेली कोरिडोरको तीन वटा विद्युत पोलमा क्षति भएपछि पूर्वी पहाडमा रहेका विद्युत आयोजना बन्द भएका छन् ।
इलामको महमाईमा माई खोलाको कटानका कारण काबेली कोरिडोरका विद्युत पोल ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालित विद्युत आयोजना बन्द भएका हुन् । पुरानो १३३ केभी प्रसारण लाइनलाई मर्मत गरेर विद्युत सेवा सञ्चालन गरिएको छ । यसका लागि इलाममा रहेको पुवाखोला जलविद्युत आयोजना मात्र सञ्चालन गरिएको विद्युत प्राधिकरण इलामका प्रमुख बिजलीप्रसाद यादवले बताए ।
काबेली कोरिडोरको विद्युत पोलमा क्षति भएपछि इलाममा रहेका १६ वटा, पाँचथरमा रहेका दुई र ताप्लेजुङमा रहेका सात विद्युत आयोजनाको विद्युत उत्पादन ठप्प भएको छ । यी तीन जिल्लामा करिब २५० मेगावाट विद्युत उत्पादन भइरहेको थियो । विद्युत उत्पादन ठप्प हुँदा त्यसबाट आयोजनाले पनि करोडौंको क्षति व्यहोर्नु परेको आयोजनाका प्रतिनिधिले जनाएका छन् ।
‘अहिले प्रतिमेगावाट एक लाख १५ हजार रुपियाँ क्षति भएको छ’ आयोजनाका एक कर्मचारीले भने, ‘विपद्ले ओजनाको काममा ठूलो आर्थिक क्षति गरेको छ ।’ काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति गरेको दुहवी ग्रीडका प्रमुख रोशन खड्काले बताए ।
खड्काका अनुसार बाढीले ५१ र ५२ नम्बर टावरमा पूर्ण क्षति गरेको छ । त्यस्तै, ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको छ । ‘क्षति त धेरै ठूलो छ । यसलाई निर्माण कहिलेसम्म गर्न सकिन्छ भन्ने समय पनि यकिन गर्न सकिंदैन, तर हामीले चाँडोभन्दा चाँडो गरेर निर्माणको काममा लाग्ने छौं’ खड्काले भने, ‘पोलमा भएको क्षतिबाट तीन जिल्लाका सबै आयोजना बन्द छन् । यसबाट कति आर्थिक क्षति भयो भन्ने त हिसाब नै गर्नुपर्ने अवस्था छ ।’
तत्कालका लागि भने पुरानो अर्थात १३३ केभी प्रसारण लाइनलाई सञ्चालनमा ल्याएर सबै जिल्लामा पुगाएको खड्काले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: