Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

पूर्वी पहाडमा रहेका विद्युत आयोजना बन्द

खबरडबली संवाददाता

इलाम । असोज १० देखि १२ गतेसम्म परेको वर्षे बाढीका कारण काबेली कोरिडोरको तीन वटा विद्युत पोलमा क्षति भएपछि पूर्वी पहाडमा रहेका विद्युत आयोजना बन्द भएका छन् ।

इलामको महमाईमा माई खोलाको कटानका कारण काबेली कोरिडोरका विद्युत पोल ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालित विद्युत आयोजना बन्द भएका हुन् । पुरानो १३३ केभी प्रसारण लाइनलाई मर्मत गरेर विद्युत सेवा सञ्चालन गरिएको छ । यसका लागि इलाममा रहेको पुवाखोला जलविद्युत आयोजना मात्र सञ्चालन गरिएको विद्युत प्राधिकरण इलामका प्रमुख बिजलीप्रसाद यादवले बताए । 

काबेली कोरिडोरको विद्युत पोलमा क्षति भएपछि इलाममा रहेका १६ वटा, पाँचथरमा रहेका दुई र ताप्लेजुङमा रहेका सात विद्युत आयोजनाको विद्युत उत्पादन ठप्प भएको छ । यी तीन जिल्लामा करिब २५० मेगावाट विद्युत उत्पादन भइरहेको थियो । विद्युत उत्पादन ठप्प हुँदा त्यसबाट आयोजनाले पनि करोडौंको क्षति व्यहोर्नु परेको आयोजनाका प्रतिनिधिले जनाएका छन् । 

‘अहिले प्रतिमेगावाट एक लाख १५ हजार रुपियाँ क्षति भएको छ’ आयोजनाका एक कर्मचारीले भने, ‘विपद्ले ओजनाको काममा ठूलो आर्थिक क्षति गरेको छ ।’ काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति गरेको दुहवी ग्रीडका प्रमुख रोशन खड्काले बताए । 

खड्काका अनुसार बाढीले ५१ र ५२ नम्बर टावरमा पूर्ण क्षति गरेको छ । त्यस्तै, ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको छ । ‘क्षति त धेरै ठूलो छ । यसलाई निर्माण कहिलेसम्म गर्न सकिन्छ भन्ने समय पनि यकिन गर्न सकिंदैन, तर हामीले चाँडोभन्दा चाँडो गरेर निर्माणको काममा लाग्ने छौं’ खड्काले भने, ‘पोलमा भएको क्षतिबाट तीन जिल्लाका सबै आयोजना बन्द छन् । यसबाट कति आर्थिक क्षति भयो भन्ने त हिसाब नै गर्नुपर्ने अवस्था छ ।’ 

तत्कालका लागि भने पुरानो अर्थात १३३ केभी प्रसारण लाइनलाई सञ्चालनमा ल्याएर सबै जिल्लामा पुगाएको खड्काले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending