राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा परीक्षा फारम भर्ने विषयलाई लिएर विद्यार्थी र विद्यालय प्रशासनबिच विवाद उत्पन्न भएको छ ।
विवादका कारण केही विद्यार्थीले विद्यालयको कार्यालय कक्षमा तालाबन्दी समेत गरेका छन् ।विद्यालयमा डिप्लोमा सिभिल इन्जिनियरिङ अध्ययनरत तेस्रो सेमेस्टरका नियमित विद्यार्थी अशुकुमार मण्डलसहित केही विद्यार्थीले आफूहरूलाई परीक्षा दिनबाट वञ्चित गरिएको भन्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन ।
विद्यार्थीका अनुसार शैक्षिक सत्र २०८१-०८२ मा पहिलो सेमेस्टरमा केही दिन मात्रै कक्षा सञ्चालन भएको र त्यसपछि दोस्रो तथा तेस्रो सेमेस्टरमा एक दिन पनि कक्षा सञ्चालन नभएको आरोप लगाएका छन् ।
विद्यार्थीले परीक्षा फारम भर्नका लागि सिटिइभिटीले तोकेको शुल्क प्रति विद्यार्थी पाँच सय रुपियाँ भए पनि विद्यालयले २५ सय रुपियाँ मागेको र शुल्क तिरेपछि पनि रसिद नदिएको आरोप लगाएका छन् ।
साथै, तोकिएको शुल्क तिर्दा समेत विद्यालयले परीक्षा फारम नभरिदिएको उनको भनाइ छ ।विद्यार्थी मण्डलले भने, “गत फागुन २९ गतेदेखि परीक्षा सुरु भएको थियो । प्रवेशपत्र माग्दा विद्यालयका कोअर्डिनेटर इन्जिनियर दिनेश साहले प्रवेशपत्र दिन अस्वीकार गरे, जसका कारण हामीमध्ये तीन चार जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भयौँ ।”
त्यसपछि विद्यार्थीले सोही दिन विद्यालयको कार्यालय कक्षमा तालाबन्दी गरेको विद्यार्थी अंशुले जानकारी दिए । तालाबन्दीपछि केही विद्यार्थीलाई सो दिनको परीक्षामा सहभागी गराइएको भए पनि आफूलाई अझै प्रवेशपत्र नदिई परीक्षामा बस्न नदिएको उनको आरोप छ ।
विद्यार्थीले विद्यालय प्रशासनले आफ्नो भविष्यसँग खेलवाड गरेको भन्दै सम्बन्धित व्यक्तिमाथि कारबाही गरी न्याय दिलाउन माग गरेका छन्।
उनीहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मधेश प्रदेश सरकारको शिक्षा मन्त्रालय, सिटिइभिटी जनकपुर, जिल्ला प्रशासन कार्यालय सप्तरी, शिक्षा समन्वय एकाइ सप्तरी र इलाका प्रहरी चौकी सखडालाई समेत बोधार्थसहित निवेदन दिएका छन् ।
यता सो विषयमा विद्यालयका प्रधानाध्यापक लालबहादुर मण्डलले विद्यार्थीको आरोप असत्य भएको दाबी गरेको छन्।
उनका अनुसार विद्यार्थी अंशुकुमार मण्डल नियमित विद्यालय नआउने विद्यार्थी हुन।उनलाई पटकपटक परीक्षा फारम भर्न आग्रह गर्दा पनि फारम नभरेका कारण उहाँ परीक्षा दिनबाट वञ्चित भएका हुन् ।
प्रधानाध्यापक मण्डलले भने, “विद्यालयले सिटिइभिटीले तोकेको राजश्व दस्तुरभन्दा एक रुपियाँ पनि बढी शुल्क मागेको छैन ।परीक्षा फारम भर्ने समयमा अंशु भारतमा थिए। विभिन्न माध्यमबाट सम्पर्क गरी फारम भर्न आग्रह गर्दा पनि आउनुभएन ।”
उनले केही स्थानीयले विद्यालय, संयोजक तथा आफूलाई बदनाम गराउने उद्देश्यले षड्यन्त्र गरी तालाबन्दी गराएको आरोप समेत लगाए। प्रधानाध्यापक मण्डलका अनुसार परीक्षा सुरु भइसकेपछि विद्यार्थी एकै पटक विद्यालय आएर असहज वातावरण सिर्जना गरेको छ ।
सो विषयमा कोअर्डिनेटर इन्जिनियर दिनेश साहसँग थप बुझ्न सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।यस विषयमा सम्बन्धित निकायले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने स्थानीयले माग गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १७:१३
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...
चैत्र ४ गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...
चैत्र ४ गते, २०८२ - १६:४३
ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...
चैत्र ४ गते, २०८२ - १६:३५
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...
चैत्र ४ गते, २०८२ - १६:३३
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...
चैत्र ४ गते, २०८२ - १६:२५
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । चुनाव...
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...


प्रतिकृया लेख्नुहोस्: