काठमाडौँ । भारतमा हुने कोल्डप्ले कन्सर्टको टिकटको ठूलो मात्रामा कालोबजारी भएको पाइएको छ । कन्सर्टको ३५ सय रुपैयाँको टिकट ७० हजार रुपैयाँमा बिक्रि भएपछि यो विषय अब प्रहरीमा पुगेको छ ।
अनलाइन टिकट बिक्री प्लेटफर्म बुक माई शोले नक्कली कोल्डप्ले कन्सर्ट टिकट बेच्ने विरुद्ध उजुरी दिएको छ । बुक माई शो कोल्डप्लेको कन्सर्टको आधिकारिक टिकटिङ पार्टनर हो । बुक माई शोद्वारा जारी विज्ञप्तिमा भारतमा कोल्डप्लेको म्युजिक अफ द स्फियर्स वर्ल्ड टुर २०२५ को टिकट बिक्री र बिक्रीका लागि भियागोगो र गिग्सबर्ग र कुनै तेस्रो पक्षसँग सम्बन्धित नरहेको बताएको छ । कम्पनीले प्रहरीमा उजुरी दिएको र घटनाको छानबिनमा पूर्ण सहयोग गर्ने बताएको छ ।
त्यस्तै बुक माई शो एपमा पनि ५०० करोडको ठगीको आरोप छ । भारतीय जनता युवा मोर्चाले पनि बुक माई शोलाई ठगीको आरोप लगाउँदै अपराध शाखामा उजुरी दर्ता गरेको छ । बुक माई शोमा टिकट बिक्रीको नाममा ५ सय करोड रुपैयाँको ठगी गरेको आरोप लागेको छ ।
संगीत कन्सर्ट टिकटहरू थोकमा खरिद गर्नुलाई स्केलिंग भनिन्छ । त्यसपछि टिकट नपाएपछि सोही टिकट महँगोमा बेचिन्छ । ब्लाकमा किनेका वा बेचिएका टिकटहरूको कुनै डाटा नै नहुने बताइन्छ । यो सीधा कर छली पनि हो । बजारमा आधिकारिक रुपमा सस्तो दरमा टिकट बिक्री हुन्छ भने बाहिर महँगो दरमा टिकट बिक्री भइरहेको हुन्छ । यसबाहेक टिकट ब्ल्याकमा बिक्री भइसकेकोले पनि यस्ता कार्यक्रमको टिकट सर्वसाधारणले पाउँदैनन् ।
कोल्डप्ले ब्यान्डले २०१६ मा मुम्बईमा आयोजित गोल्डेन सिटिजन फेस्टिभलमा कन्सर्ट गरेको थियो । ८० हजार दर्शक यस शोको हिस्सा बनेका थिए, जसमा धेरै बलिउड सेलिब्रेटी पनि थिए । अब ९ वर्षपछि ब्याण्ड फेरि भारत आउँदैछ । कोल्डप्ले ब्याण्डले आगामी जनवरी २१ मा मुम्बईस्थित डिवाई पाटिल स्टेडियममा यो कन्सर्ट हुने छ । कोल्डप्लेका गीतहरू भारतमा पनि धेरै लोकप्रिय छन्।
यो ब्याण्डले ७ ग्रामी अवार्ड जितेको छ । कोल्डप्ले ब्यान्ड सन् १९९७ मा लण्डनमा सुरु भएको थियो । क्रिस मार्टिन, जोनी बकल्याण्ड, गाय ब्यारीम्यान, विल च्याम्पियन र फिल हार्वे यस ब्यान्डका सदस्य हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - ०९:५६
काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...
आषाढ़ १२ गते, २०८३ - ०९:१३
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...
आषाढ़ १२ गते, २०८३ - ०८:३०
सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...
आषाढ़ १२ गते, २०८३ - ०८:२३
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...
आषाढ़ १२ गते, २०८३ - ०८:१८
काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनले ...
आषाढ़ १२ गते, २०८३ - ०७:५७
बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी
आषाढ़ १२ गते, २०८३ - ०७:५४
फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो
आषाढ़ १२ गते, २०८३ - ०७:४८
१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति
आषाढ़ १२ गते, २०८३ - ०७:४५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...
आषाढ़ ११ गते, २०८३ - २०:३४
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...



प्रतिकृया लेख्नुहोस्: