काठमाडौँ । भारतमा हुने कोल्डप्ले कन्सर्टको टिकटको ठूलो मात्रामा कालोबजारी भएको पाइएको छ । कन्सर्टको ३५ सय रुपैयाँको टिकट ७० हजार रुपैयाँमा बिक्रि भएपछि यो विषय अब प्रहरीमा पुगेको छ ।
अनलाइन टिकट बिक्री प्लेटफर्म बुक माई शोले नक्कली कोल्डप्ले कन्सर्ट टिकट बेच्ने विरुद्ध उजुरी दिएको छ । बुक माई शो कोल्डप्लेको कन्सर्टको आधिकारिक टिकटिङ पार्टनर हो । बुक माई शोद्वारा जारी विज्ञप्तिमा भारतमा कोल्डप्लेको म्युजिक अफ द स्फियर्स वर्ल्ड टुर २०२५ को टिकट बिक्री र बिक्रीका लागि भियागोगो र गिग्सबर्ग र कुनै तेस्रो पक्षसँग सम्बन्धित नरहेको बताएको छ । कम्पनीले प्रहरीमा उजुरी दिएको र घटनाको छानबिनमा पूर्ण सहयोग गर्ने बताएको छ ।
त्यस्तै बुक माई शो एपमा पनि ५०० करोडको ठगीको आरोप छ । भारतीय जनता युवा मोर्चाले पनि बुक माई शोलाई ठगीको आरोप लगाउँदै अपराध शाखामा उजुरी दर्ता गरेको छ । बुक माई शोमा टिकट बिक्रीको नाममा ५ सय करोड रुपैयाँको ठगी गरेको आरोप लागेको छ ।
संगीत कन्सर्ट टिकटहरू थोकमा खरिद गर्नुलाई स्केलिंग भनिन्छ । त्यसपछि टिकट नपाएपछि सोही टिकट महँगोमा बेचिन्छ । ब्लाकमा किनेका वा बेचिएका टिकटहरूको कुनै डाटा नै नहुने बताइन्छ । यो सीधा कर छली पनि हो । बजारमा आधिकारिक रुपमा सस्तो दरमा टिकट बिक्री हुन्छ भने बाहिर महँगो दरमा टिकट बिक्री भइरहेको हुन्छ । यसबाहेक टिकट ब्ल्याकमा बिक्री भइसकेकोले पनि यस्ता कार्यक्रमको टिकट सर्वसाधारणले पाउँदैनन् ।
कोल्डप्ले ब्यान्डले २०१६ मा मुम्बईमा आयोजित गोल्डेन सिटिजन फेस्टिभलमा कन्सर्ट गरेको थियो । ८० हजार दर्शक यस शोको हिस्सा बनेका थिए, जसमा धेरै बलिउड सेलिब्रेटी पनि थिए । अब ९ वर्षपछि ब्याण्ड फेरि भारत आउँदैछ । कोल्डप्ले ब्याण्डले आगामी जनवरी २१ मा मुम्बईस्थित डिवाई पाटिल स्टेडियममा यो कन्सर्ट हुने छ । कोल्डप्लेका गीतहरू भारतमा पनि धेरै लोकप्रिय छन्।
यो ब्याण्डले ७ ग्रामी अवार्ड जितेको छ । कोल्डप्ले ब्यान्ड सन् १९९७ मा लण्डनमा सुरु भएको थियो । क्रिस मार्टिन, जोनी बकल्याण्ड, गाय ब्यारीम्यान, विल च्याम्पियन र फिल हार्वे यस ब्यान्डका सदस्य हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...




प्रतिकृया लेख्नुहोस्: